यति बेला सहरमा चार वटा नाटक मञ्चन भइरहेका छन् । ‘ह बिन्दु राम पण्डित’, ‘दमिनी भिर’, ‘वेडिङ एल्बम’ र ‘म पनि मान्छे हुँ’ क्रमशः शिल्पी थिएटर, मण्डला थिएटर, कौसी थिएटर र कुञ्ज थिएटर (गुरुकुल) मा मञ्चन भइरहेका छन् । यी चार वटै नाटकले दर्शकलाई अलग्गै स्वादको कथा पस्कन खोजेको छ ।
चलचित्र ‘नाङ्गो गाउँ’ राजनीतिमा देखिने सही र गलत अभ्यासका कुराको सेरोफेरोमा बनाइएको कथा हो। चलचित्रको कथाले देशमा देखिएका विभिन्न राजनीतिक नेतृत्वको कामकाजलाई उठान गर्न खोजेको छ। नाङ्गो बन्न लागेको गाउँका लागि जनताले कस्तो नेता खोजिरहेका छन् र ती नेताले गाउँलाई नाङ्गो हुनबाट बचाउँछन् या आफैँ नाङ्गो भएर गाउँ छाड्न कसरी बाध्य हुन्छन् भन्ने कुरा चलचित्रको कथामा पाइन्छ। सधैँ जसो जनताको मुखमा एउटा कुरा सुनिन्छ नेताले देश बिगारे। बजारदेखि युवाको गफिने थलोसम्म नेताले देश बिगारे अब कसले बनाउने देश भन्ने चिन्ता मात्र सुनिन्छ। नेपालको विकास नहुनुमा नेताहरूको ठुलो हात छ। भ्रष्ट नेता र उनीहरूले गर्ने काम नै यसको मुख्य जड हो। यिनै कुराको सेरोफेरोमा चलचित्र ‘नाङ्गो गाउँ’ को कथा घुमेको छ।
काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रका हिन्दु धर्मावलम्बी महिलाहरूले सनातन पर्वका रूपमा मनाउँदै आएको तिज सोमबार विशेष उल्लास र उमङ्गका साथ मनाउँदै छन् । आइतबार भाद्र शुक्ल द्वितीयका दिन मध्य रातअघि नै घर घरमा आफन्त र चेलीबेटीहरू जम्मा भएर सात्त्विक भोजनलाई दरका रूपमा खाएर तृतीयाको दिन निर्जल निराहार व्रत बसी आराध्यदेव भगवान् शिवको पूजाआराधना गर्ने परम्परा रहेको छ । कसै कसैले यस दिन मध्यान्नमा उमामहेश्वरको पूजा लगाउने पनि गर्छन् ।
‘पठान’ पछि अभिनेता शाहरुख खानको चलचित्र ‘जवान’ ले अहिले दर्शकबाट राम्रो चर्चा कमाइरहेको छ । शाहरुख खान, नयनतारा र विजय सेतुपतिको अभिनय माध्यमबाट साउथ निर्देशक एटलीले उत्कृष्ट निर्देशकीय क्षमता देखाएका छन् । खराब सरकारी प्रणालीका कारण सिपाहीको जीवन कसरी बिग्रन्छ र सरकारलाई प्रयोग गरेर कसरी एक एक गरी सिपाहीहरू व्यवस्थित हुन्छन् भन्ने कुरा चलचित्रको मुख्य कथा हो । चलचित्रमा सामाजिक समस्यालाई उजागर गरिएको छ । गरिबको अधिकार, किसानको आत्महत्या, कमजोर स्वास्थ्य प्रणाली, भ्रष्टाचारविरुद्धको लडाइँ, सही नेतालाई भोट दिने, यी सबै विषय चलचित्रमा समेटिएको छ ।
उद्योगपति एवं व्यवसायीका रूपमा चिनिँदै आउनुभएका सौरभ ज्योति पछिल्लो समय आफूलाई गीतकारका रूपमा पनि चिनाउने प्रयासमा लाग्नुभएको छ । ज्योति ग्रुपको उत्पादन, व्यापार, सेवा र लगानीको बागडोर सम्हाल्दा सम्हाल्दै पनि उहाँ गीत गायन र सङ्गीत सिर्जनामा आफूलाई लगाउन थाल्नुभएको छ । हालै मात्र उहाँले नयाँ गीत ‘छ–जी’ सार्वजनिक गर्नुभएको छ । नेवारी भाषामा गाउनुभएको प्रेम भावको यो गीतको माधुर्य धुनका कारण धेरैले रुचाएका छन् । यसअघि उहाँ ‘मेरो देश’ बोलको पहिलो गीत ल्याइसक्नुभएको थियो । बाल्यकालदेखि नै गीत सङ्गीतप्रति औधी रुचि रहेको सौरभ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ
काठमाडौँको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा देखाइएको ‘८० सालको गाईजात्रा’ मा सरकार, सदन, सडकदेखि समाजसम्मका व्यक्तिलाई गाईजात्राको तगारोमा हालिएको छ । नेतादेखि अभिनेतासम्म, मन्त्रीदेखि कर्मचारीसम्म, सर्वसाधारणको घरदेखि शीतल निवाससम्मको गाईजात्रे झटारोलाई कलाकारले मुख्य विषय बनाउनुभएको छ । हलभित्र व्यङ्ग्यको झटारो यति सुन्न पाइन्छ कि कार्यव्रmम सकिएपछि पनि दर्शकलाई कार्यव्रmमस्थल छाडेर आउन मन लाग्दैन ।
राजनीतिले समाजमा पारेको प्रभावलाई सशक्त ढङ्गले चलचित्र ‘ऐँचो पैँचो’ मा देखाउन खोजिएको छ । मुलुककोे राजनीतिमा देखिँदै आएको परिदृश्यलाई चलचित्रको पर्दामा कटाक्ष र व्यङ्ग्य गरिएको छ । चलचित्रले राजनीतिकर्मीलाई अब सच्चिनुपर्ने सन्देश दिएको छ । चलचित्रमा बनावटी होइन राजनीतिज्ञकै यथार्थ कथा प्रस्तुत गरिएको छ । दिलेन्द्र (मुकुन भुसाल) पार्टीका लागि आफ्नै नैतिकताले दिएसम्म जे गर्न पनि तयार हुनुहुन्छ । उहाँलाई राजनीतिमा रुचि छ तर राजनीतिको फोहोरी खेलसँग
सहज र स्तरीय जीवनयापनको खोजीमा मानिस आफ्नो थाकथलो छोडेर हिँड्न तयार हुन्छ । आफ्नै देशमा कुनै सम्भावना रहेन भने उज्ज्वल भविष्यको सपना देख्दै उसको पाइला विदेशतिर नै लम्कन्छ । कम विकसित देशका मानिसको यस्तो बाध्यता अझै बढी हुन्छ । अझ देशभित्रै युद्ध चलिरहेको छ भने त आयआर्जनको मात्र पनि सवाल रहँदैन जिउज्यानकै सुरक्षाका लागि पनि बाहिरिनु उसको नियति बन्छ । यस्तै जीवन सङ्घर्षलाई चलचित्र ‘अकेली’ मा देखाउन खोजिएको छ ।
पछिल्लो समय रङ्गकर्ममा महिलाको उपस्थिति बढ्दो छ । सङ्ख्यात्मक वृद्धि सँगसँगै महिला प्रमुख पात्र नै भएर नाटकहरू मञ्चन हुने क्रमले पनि तीव्रता पाएको छ । यसले महिला कलाकारका लागि उत्साह जगाएको छ । निशा शर्मा, दीया मास्के, सरिता गिरी, पशुपति राई, सिर्जना सुब्बा, सरस्वती चौधरी, मेनुका प्रधान, आकाङ्क्षा कार्की, रेणुनाथ योगी अहिलेको रङ्गमञ्चका चर्चित नाम हुन् ।
हास्यव्यङ्ग्यले दर्शकको मनमा स्थान बनाएको चलचित्र ‘ओएमजी’ को सिक्वेल ‘ओएमजी–२’ ले पनि दर्शकलाई पेट मिचिमिची हास्न बाध्य बनाउँछ । ओएमजीमा जहाँ भगवान् स्वयम् नास्तिक कान्जी लालजी मेहताको समस्या समाधान गर्न पृथ्वीमा आउँछन् । ओएमजी–२ को कथा भने केही फरक छ । चलचित्रमा भगवान् शिवले आस्तिक कान्तिशरण मुद्गलको समस्या समाधान गर्न आफ्नो दूतलाई पृथ्वीमा पठाउँछन् । भगवान्को रूप धारण गरेका अक्षय कुमारलाई अघिल्लाभन्दा यसमा केही भिन्न देखाइएको छ । उनको सिक्सप्याक एब्स र अनुहारको भाव यसमा केही फरक देखाउन खोजिएको छ । यसअघि ‘ओएमजी’ मा भगवान् कृष्णको अवतारमा देखिएका अक्षयलाई दर्शकले अत्यधिक रुचाएका थिए ।
नेपालको कर्णाली र गण्डकीलगायतका जिल्लामा बढी गाइने ‘झ्याउरे गीत’ अहिले अन्यत्र पनि उत्तिकै रुचाउन थालिएको छ । गीत सङ्गीतको बजारमा झ्याउरे गीतको छुट्टै महत्व र पहिचान बन्न थालेको छ । नेपालमा झ्याउरे गीतका युवा पुस्तालाई प्रतिनिधित्व गर्ने गायक हुनुहुन्छ शिव सङ्गीत । आधुनिक र पप गीतको रमझममा मौलिक संस्कृतिलाई बचाउनमा शिव सङ्गीतले युवा पुस्ताको प्रतिनिधित्व गर्नुभएको छ । बजारमा झ्याउरे गीत नभएका होइनन् तर सुर्खेती पश्चिमेली झ्याउरे गीतलाई सङ्गीत बजारमा चिनाउने काममा शिव सङ्गीतको योगदान विशेष छ ।
कलाकारको दसैँ मानिने गाईजात्रामा यो वर्ष पनि कलाकारहरू दर्शक हँसाउने तयारी गर्दै हुनुहुन्छ । सधैँ झैँ यस पटक पनि गाईजात्रा महोत्सवमा अधिकांश हँसाउने मसला राजनीतिक र सामाजिक नै हुने कलाकारहरू बताउनुहुन्छ । धेरैजसो कलाकार देश चलाउने नेता, सभासद्का कुकृत्यलाई तारो बनाउँदै दर्शकलाई पेट मिच्न बाध्य पार्दै हुनुहुन्छ ।
काठमाडौँको पुरानो बानेश्वरस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘ट्रान्जिट’ मा ‘मायावी’ पात्रका रूपमा तीन जना अभिनेत्रीले अभिनय गरेका छन् । भूतकालको यात्रा गर्दै इतिहासका विख्यात नाटक निर्देशक मानवको स्टुडियोमा पुगेका यी तीन अभिनेत्रीद्वारा मायावीको रहस्यमय कथालाई रोचक ढङ्गबाट प्रस्तुत गरिएको छ । नाटकका मुख्य पात्रहरू एक ट्रान्जिटमा भेट भएपछि अघि बढ्छन्, जहाँ भूत र भविष्यत् कालको ट्रान्जिटका रूपमा वर्तमानलाई मञ्चन गरिएको छ । नाटकका मुख्य पात्र नाटककारकै भूमिकामा देखिएका छन् । उनको नाटकप्रतिको गहिराइ र त्यसमै समर्पित हुँदा एक परिकल्पनामा बाँचेको अवस्थालाई नाटकमा उजागर गर्न खोजिएको छ ।
‘जेलर’ को कथा टाइगर मुथुवेल पाण्डियनको वरिपरि घुमेको छ। चलचित्रका प्रमुख कलाकार रजनीकान्त एक सेवानिवृत्त व्यक्ति हुनुहुन्छ। उहाँले घरपरिवारसँगै आफ्नो समय बिताइरहनुभएको छ। उहाँका छोरा अर्जुन (वसन्त रवि) जो एक प्रहरी सहायक आयुक्त वर्मा (विनायकन) को नेतृत्वमा माफिया गिरोहको खोजी गर्दा बेपत्ता हुन्छन्। यसपछि उहाँका बुवा आफ्नो छोराको खोजीमा निस्कनुहुन्छ। आफ्नो विगतका साथीहरूको सहयोगमा उहाँ अपराधीका अनेकन गतिविधि पत्ता लगाउन सफल हुनहुन्छ। यसपछि कथामा ठुलै ट्विस्ट आउँछ। चलचित्रमा टाइगरले पनि अनुमान गर्न नसकेका घटना हुँदै जान्छ।
चलचित्र ‘गदर २’ को कथा सन् १९७१ को भारत–पाकिस्तान युद्ध सुरु हुनुअघिको हो । अघिल्लो चलचित्रमा तारा सिंहले आफ्नी श्रीमती सकिनालाई धेरै कठिनाइसँग जुधेर पाकिस्तानबाट फिर्ता ल्याएका थिए । यस पटक पनि चलचित्रको कथा त्यससँगै मिल्दोजुल्दो छ । दुई दशकअघिकै ‘गदर एक प्रेम कहानी’ को समाप्तिको कथालाई ‘गदर २’ मा फेरि दोहोर्याउने प्रयास गरिएको छ ।