कोभिड–१९ का कारण थलिएकोे नेपाली रङ्गमञ्चमा यति बेला उत्साह छाएको छ । सर्वसाधारणको नाटकप्रतिको मोह देखेर रङ्गकर्मीमा खुसी छाएको छ । यति बेला सर्वसाधारणकै माग अनुरूप नाटकहरू मञ्चन भइरहेका छन् । यसले गर्दा नाटक मञ्चन गर्नेहरूमा प्रतिस्पर्धा बढेको देख्न पाइन्छ ।
सानो सहरको कथालाई निर्देशक तथा सहलेखक लक्ष्मण उतेकरले युवाको चाहना, आकाङ्क्षा, महत्त्वाकाङ्क्षा र विचारलाई प्रायः चित्रण गर्दै आइरहनुभएको छ । चलचित्र ‘लुका छुपी’ र ‘मिमी’ पछि, उहाँले रोमान्टिक कमेडी ‘जरा हट्के जरा बच्के’ मा एउटा सानो सहरको कथा पस्कन खोज्नुभएको छ। चलचित्रको कथा घरपरिवारमा आउने उतारचढावमा नै केन्द्रित छ।
वीरगन्ज निवासी अजमद अली अन्सारी पेसाले कलाकार हुनुहुन्छ । उहाँ चित्रमा रङ कोर्ने काम गर्नुहुन्छ । उहाँले बनाउनुभएका चित्रकला अहिले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणमा चलिरहेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ र नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिएको छ ।
नेपाली चलचित्रमा दर्शकले खोज्ने भनेको राम्रो कथावस्तु र मनोरञ्जन नै हो जुन अहिले फेरि खस्किन थालेको प्रतीत हुन्छ । पछिल्ला केही समयमा केही यस्ता चलचित्र पनि आए जसले दर्शकको मन मात्र जितेनन् व्यावसायिक रूपमा पनि उल्लेखनीय सफलता हात पा¥यो । महापुरुष, कबड्डी ४, छक्कापञ्जा ४, जारी त्यसका उदाहरण हुन् तर अहिले प्रदर्शनमा रहेका ‘प्रसाद २’, ‘हल्कारा’, ‘हुक्का’, र ‘टुल्की’ चलचित्रले भने खासै दर्शक तान्न सकेका छैनन् । प्रदर्शनको तयारीमा रहेका ‘नाङ्गो गाउँ’ ‘भष्मे डन’ ‘दिमाग खराब’ ‘महाजात्रा’ लगायतका चलचित्रको मूल्याङ्कन हुनै बाँकी छ ।
सङ्गीत मन नपर्ने वा सङ्गीतले मन नछुने मान्छे विरलै होलान् । यद्यपि, कस्तो सङ्गीतमा रमाउने भन्ने विषय व्यक्तिको उमेर वा परिवेश अनुसार फरक हुन सक्छ । युवावस्थामा पप रकमा रम्नेहरू परिपक्व हुँदै जाँदा आधुनिक वा कालजयी गीतमा रमाउँछन् भने आफ्नो जन्मथलो र गाउँठाउँबाट टाढिएपछि भने त्यही परिवेशको लोकभाका र लोकदोहोरीप्रति रुचि बढ्न सक्छ ।
आफ्नो देश छाडेर कसैलाई पनि विदेशिने रहर हुँदैन तर नाटक ‘मृत्यु कुण्ड’ आफ्नै देशमा बसेर काम गर्ने सपनालाई चकनाचुर पारेर विदेश पलायन हुने युवाको कथा हो । काठमाडौँबाट उड्न लागेको जहाजभित्र विमान परिचारिकाले त्यहाँभित्रका नियम उद्घोष गरेसँगै विमानले उडान भर्न थाल्छ । विमानमा रहेका नेपाली युवा वैदेशिक रोजगारीमा जाँदै छन् । साथै कोही पढ्नका लागि अस्ट्रेलिया जाँदै छन् । यसरी विदेशिनु युवाका आ–आफ्नै कारण र बाध्यता छन् ।
शृङ्गार गरेर हिँड्नु अधिकांश नारीको चाहना हुन्छ। गाउँ वा सहर बस्ने, घरेलु वा कामकाजी महिलाले धेरथोर शृङ्गार गरेकै हुन्छन्। पुराना पुस्ताका महिलाले शृङ्गारलाई सौभाग्यको परिपूरक मान्थे र धार्मिक संस्कारमा वर्णन गरिएका १६ शृङ्गार (टीका, गाजल, चुरा, पोते आदि) लगाउनुलाई आफ्नो दिनचर्यासँग जोड्थे। अहिलेका पुस्ताले शृङ्गारलाई व्यक्तित्व विकाससँग जोड्न थालेका छन्। उनीहरू प्राकृतिक शृङ्गारभन्दा पनि कपाल काट्नु, रङ्गाउनु, आँखीभौँ मिलाउनु, अनुहार र शरीरका रौँ हटाउनु, विभिन्न किसिमका व्रिक्रम र जेल प्रयोग गरेर छाला राम्रो बनाउनु जस्ता कृत्रिम शृङ्गारलाई अपनाउन थालेका छन्। उनीहरू सौन्दर्यका साथै छालाको स्वास्थ्यमा सचेत रहन थालेका छन्।
निर्देशक सुदिप्तो सेन निर्देशित चलचित्र ‘दी केरला स्टोरी’ हिन्दु केटीहरूको कथित धर्म परिवर्तन र कट्टरपन्थीको वरिपरि घुमेको छ। चलचित्र केरलाका तीन युवतीको सत्य कथामा आधारित छ। अनुसन्धान अधिकारीहरूमाझ घेरिनुभएकी फातिमा उर्फ शालिनी उन्नीकृष्णन (अदा शर्मा) ले आफ्नो डरलाग्दो र पीडादायी विगत सुनाउँदै चलचित्रको कथा सुरु हुन्छ। मानिसहरू आइएसआइएसमा कसरी पुग्छन् भन्ने कुरालाई चलचित्रले व्याख्या गर्न खोजेको छ।
पछिल्लो केही समययता नेपाली चलचित्रको स्तरोन्नति भएको प्रतिक्रिया प्राप्त भइरहेका छन् । नेपाली दर्शकमा परेको यस्तो सकारात्मक छापलाई जोगाइ हरेक दृष्टिकोणबाट थप परिस्कृत बनाउँदै जानु चलचित्र निर्माताहरूलाई ठूलौ चुनौती पनि थपिन्छ । दुई चारवटा राम्रा चलचित्रले चर्चा पाइसकेपछि त्यसपछि बन्ने चलचित्र हरेक दृष्टिले थप स्तरीय हुनसक्दा मात्र प्रतिस्पर्धी बजारमा त्यसले आफ्नोलाई स्थापित गर्न सक्छन् ।
भनिन्छ, अभिनय कहिल्यै मर्दैन । आफ्नो कलाको माध्यमबाट एउटा कलाकार दर्शकको मनमा सदैव बाँचिरहेको हुन्छ । तीन वर्षअघि निधन भएका भारतीय चलचित्रका अब्बल अभिनेता इरफान खान दर्शकमाझ नभए पनि उहाँ अभिनित चलचित्रहरू यतिबेला भारतीय चलचित्र भवनहरूमा प्रदर्शन भइरहेका छन् । विविध कारणले समयमा प्रदर्शन हुन नसकेको उहाँ अभिनित चलचित्र ‘द सङ्गस अफ स्कर्पियन्स’ उहाँको तेस्रो पुण्यतिथिको अवसरमा आएको छ ।
पछिल्लो दशक नेपाली चलचित्रहरूमा आइटम गीतलाई विशेष महत्व दिने गरिएको छ । आइटम गीतले बजार तताउने भएपछि गीत लेखन, सङ्गीत संयोजनदेखि छायाङ्कनका लागि चलचित्र निर्माण टोलीको ठूलै मेहनत पर्न थालेको छ । साथै त्यसका लागि ठूलै धनराशि खर्च गर्न निमार्ताहरू तयार हुने गरेका छन् ।
बिहेको मौसम सुरु हुनै लाग्दा धेरैलाई नृत्यप्रति आकर्षण बढेको छ । त्यसो त सामान्य कम्मर मर्काएर नाच्नेको जमात सानो छैन । बालबालिकादेखि वृद्धवृद्धासम्मले कम्मर मर्काई मर्काई नाचेको हामीले देखेका छौँ । अहिले सामाजिक सञ्चालको बढ्दो प्रभावसँगै मानिसमा प्रशिक्षण लिएरै नृत्य गर्नुपर्छ भन्ने सोचसमेत बढ्दै गएको देख्न पाइन्छ । त्यसैले होला, यति बेला मानिसहरू नृत्यका लागि प्रशिक्षण केन्द्र धाउन थालेका छन् ।
एमेनेसिया (भुल्ने रोग) एउटा यस्तो रोग हो, जुन रोग लागेपछि मानिस आफ्नो वर्तमान भुल्दै विगतमा फर्कन्छ । चलचित्र ‘नाइ नभन्नु ल ६’ ले पनि यही रोगलाई आधार बनाएर चलचित्रको कथालाई उल्ट्याएको छ । बालमनोविज्ञानमा शृङ्खलाबद्ध चलचित्र बनाउन खप्पिस निर्देशक विकासराज आचार्यले छैटौँ शृङ्खलामा आइपुग्दा साधारण कथालाई उल्ट्याइ पल्ट्याइ गरी दर्शकलाई भ्रमित पारेर साढे दुई घण्टाभन्दा बढी रोकिने बनाउनुभएको छ । चलचित्रले दर्शकलाई यति लामो विगततिर लैजान्छ कि चलचित्रको कथा कता मोडिएको हो त्यो दर्शकलाई नै थाहा हुँदैन ।
आफ्नो उत्पादनको प्रवद्र्धनका लागि व्यावसायिक कम्पनीले ख्यातिप्राप्त कलाकारलाई सद्भाव दूत राख्नु अहिले सामान्य बनेको छ । दर्शकमाझ चर्चित अनुहारलाई अनुबन्ध गरेर कम्पनीले आफ्नो उत्पादनको बिक्री वितरण बढाउँछन् नै कलाकारले पनि आर्थिक रूपमा सबल हुने अवसर पाउँछन् । भारतीय चलचित्र उद्योगमा नाम चलेका कलाकार विभिन्न ब्रान्डका ‘एम्बेसडर बनेका हामीले देख्दै आएका छौँ । अमिताभ बच्चन, शाहरुख खान, अक्षय कुमार मात्र होइन कैट्रिना कैफ र कृति सेननजस्ता कलाकार अभिनयसँगै ब्रान्ड एम्बेसडरका रूपमा पनि देखा पर्नुभएको छ ।
केही वर्षअघिसम्म मात्र पनि कलाकारलाई आफूले सिर्जना गरेको चित्रबाट जीवन निर्वाह गर्न गाह्रो थियो । प्रचारप्रसारका लागि उपयुक्त माध्यमको अभाव, कलाचेतनाको कमी र कला प्रवद्र्धनका लागि सङ्गठित निकायको अभावले कलाकार आफ्नो सिर्जना थन्क्याउन बाध्य थिए । अहिले समय बदलिएको छ । चित्रकला हजारौँ, लाखौँ रुपियाँमा बिक्री हुन थालेका छन् । ग्यालरीमा झुन्ड्याइएका चित्रका मूल्य हेर्दा दुई हजारदेखि दस लाख रुपियाँसम्मका देखिन्छन् । चित्रकला प्रदर्शनीमा पुग्दा प्रायः चित्र बिक्री भइसकेको बताइन्छ तर पनि कलाकारले आफ्ना समस्या भने दर्शाउन छोडेका छैनन्, कलाकारले कलाले बजार नपाएको गुनासो मात्र गरेका छैनन् कलाको पर्याप्त प्रवद्र्धन नभएको र सरोकारवाला निकायले ध्यान नदिएकोमा उनीहरू दुःखी छन् ।