‘आजको मत भोलिको परिवर्तन ! आज मैले मेरो अधिकार मात्र होइन, जिम्मेवारी पनि पूरा गरेँ ।’ प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट मतदान गरेपछि कलाकार विजय बरालले मतदान गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै उक्त भनाइ उल्लेख गर्नुभएको हो । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कलाकारको उत्साहजनक सहभागिता रह्यो । कलाकारले आआफ्नो मतदान केन्द्रमा पुगेर मत मात्र हालेनन्, सर्वसाधारणलाई लोकतान्त्रिक अधिकारका लागि मतदान गर्न प्रेरित पनि गरे ।
हिन्दी चलचित्र ‘ओ रोमियो’ अभिनेता शाहिद कपुर र निर्देशक विशाल भारद्वाजको चौथो चलचित्र हो । अघिल्ला तीन चलचित्र ‘कमिने’, ‘रङ्गुन’, र ‘हैदर’ ले आलोचनात्मक प्रशंसा पाएको थियो । ‘ओ रोमियो’ को कथा भने माफिया क्विन्स अफ मुम्बईको घटनामा आधारित छ ।
देशभरि नाट्यशाला खुल्ने क्रम उत्साहजनक छ । रङ्गकर्मीहरू दत्तचित्त भएर रङ्गकर्ममा होमिएका छन्, कोही निर्देशनमा त कोही अभिनयमा तल्लीन छन् तर विडम्बना ! लामो समयदेखि यसै क्षेत्रमा पसिना बगाएका कतिपय रङ्गकर्मी अझै पनि दर्शकको नजरमा पर्न सकेका छैनन् । बर्सौंको साधना भए पनि उनीहरूले आफ्नो बेग्लै पहिचान र वाह ! भन्ने खालको छवि निर्माण गर्न सकेका छैनन् । कसैलाई नाटकमा भूमिका नपाएको चिन्ता छ भने कोही मञ्चमा गरिने श्रमको न्यून पारिश्रमिकबाट सन्तुष्ट देखिँदैनन् । यही कारण कतिपयमा रङ्गमञ्च छाडेर चलचित्रको पर्दामा झुल्किने हुटहुटी जागेको छ, चाहे त्यो भूमिका छोटो नै किन नहोस् ।
निर्देशक अनुभव सिन्हाको निर्देशकीय पाटो र नायिका तापसी पन्नूले गर्नुभएको बेजोड अभिनयले दर्शकलाई मनोरञ्जन मात्र दिने काम गर्दैन, यसले समाजमा घटेका अनेकन् घटनालाई बहसको विषय बनाउन मद्दत पु¥याउँछ । चलचित्र ‘मुल्क’ र ‘थप्पड’ पछि, ‘अस्सी’ ले असहज र जरुरी दुवै विषयलाई उजागर गर्न खोजेको छ । चलचित्र तपाईं हामी बाँचिरहेको समाजभित्र रहेको अँध्यारो सत्यको कथा हो ।
निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारका परम्परागत प्रचारशैली फेरिएका छन् । गाउँबस्तीमा माइकिङ गर्ने र पर्चा बाँड्ने पुरानो चलनलाई विस्थापित गर्दै यस पटक सामाजिक सञ्जाल, भिडियो र साङ्गीतिक धुनहरू चुनावी अभियानको मेरुदण्ड बनेका छन् । आगामी फागुन २१ को निर्वाचनलाई लक्ष्यित गर्दै उम्मेदवारले मतदाताको मन जित्न लोकदोहोरीदेखि ¥याप र भोजपुरीदेखि देउडासम्मका भाका प्रयोग गरिरहेका छन् ।
प्रतिनिधि सभा चुनाव नजिकिएसँगै राजनीतिक दलहरूले कला क्षेत्रको विकासका लागि पनि आआफ्नो घोषणापत्रमा चासो देखाएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा विभिन्न दलले कलासंस्कृति क्षेत्रलाई विभिन्न तरिकाले सम्बोधन गरेका छन्
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा गुजरातका कलाकार अलपेस पटेलको एकल कला प्रदर्शनी भइरहेको छ । उहाँले बनाएका कला फरक किसिमका छन् । विगत तीन दशकदेखि प्रिन्ट मेकिङ र चित्रकलामा काम गरिरनुभएका उहाँ आफ्नो कलामार्फत जीवनमा विकसित सत्य व्यक्त गर्ने तरिका निरन्तर खोजिरहनुभएको थियो । अहिले ती सत्य उहाँको कलामा झल्किएको देखिन्छ ।
पशुपतिमा शिवरात्रिको अघिल्लो दिन शनिबारदेखि नै दर्शनार्थीको भिड लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी देशभर मनाउने गरिन्छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिवपुराणलगायतका ग्रन्थमा उल्लिखित छ ।
प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ । यसको मुख्य उद्देश्य भनेको प्रेमी र प्रेमिकाले आफ्नो प्रेमभाव आपसमा दर्साउनु हो । कसैले कार्डको माध्यमबाट आफ्नो प्रेम व्यक्त गर्छन् भने कसैले फूलको ।
पुण्यमाता र रोशी नदीको पावन सङ्गम, जहाँ ढुङ्गा ढुङ्गामा इतिहास मुस्कुराउँछ र हरेक बस्तीमा प्राचीन संस्कृतिको छाप छ, त्यही पवित्र भूमि पनौतीको काखमा जन्मिनुभएका एक शब्दशिल्पी हुनुहुन्छ सूर्यप्रसाद लाकोजू । २०५४ सालमा ‘फूल’ कविताबाट सुरु भएको उहाँको सिर्जनात्मक यात्रा अहिले एउटा यस्तो सागर बनेको छ, जहाँ साहित्य, शिक्षा र संस्कृतिका अनगन्ती लहर एकसाथ ठोकिन्छन् ।
माघ २४ गते काठमाडौँको बिहानी आकाश अलिक धमिलो थियो । ठिहीले कामिरहेको सहर पूर्ण रूपमा ब्युँझिन नपाउँदै एउटा खबरले मुटु नै चिसो बनाइदियो, ‘राते काइँला अब रहेनन् ।’ नेपाली चलचित्रको पर्दामा जसको नाम सुन्नेबित्तिकै दर्शकको आङ जिरिङ्ङ हुन्थ्यो, जसको एउटै हेराइले । नायकको वीरतालाई समेत चुनौती दिन्थ्यो, तिनै सुनील थापा शनिबार सधैँका लागि मौन हुनुभएको छ ।
सङ्गीत केवल श्रवण आनन्दको माध्यम मात्र नभई आत्मालाई झङ्कृत गर्ने गहन साधना हो । वास्तविक सङ्गीतले मानिसको अन्तस्करणलाई स्पर्श गर्नु पर्छ तर वर्तमान समयमा केही सिर्जनामा ‘आत्मारञ्जन’ भन्दा ‘सस्तो लोकप्रियता’ को मोह हाबी भएको देखिन्छ ।
जब अपराध कथा केवल रहस्य समाधान गर्नुभन्दा बाहिर जान्छन् र मानव मानसिकतामा डुब्छन्, तिनीहरूको प्रभाव फरक हुन्छ । चलचित्र ‘दलदल’ पनि त्यस्तै एउटा वेब शृङ्खला हो, जसले कसरी र कुन परिस्थितिमा अपराध उत्पन्न हुन्छ भन्ने कथालाई दर्शाउँछ । चलचित्रको पहिलो शृङ्खला सात भागमा प्रस्तुत गरिएको छ । प्रत्येक शृङ्खलामा फरक कथा समेटिएका छन् । चलचित्रभित्र यस्ता शृङ्खला छन् जहाँ एकपछि अर्को भाग आफ्नै सिर्जनाको दलदलमा गहिरो तरिकाले अपराध भुमरीमा डुब्दै जान्छन् ।
देश निर्वाचनमय बन्दै जाँदा यसको प्रभाव नेपाली चलचित्र क्षेत्रमा पनि देखिँदै छ । एकातिर कलाकार चुनावी मैदानमा होमिएको अवस्था छ भने अर्कोतफ प्रदर्शनरत भइरहेका र प्रदर्शनको लाइनमा रहेका चलचित्रको व्यापारिक अवस्था कस्तो हुने हो भन्ने अन्योलमा चलचित्रकर्मीहरू रहका छन् ।
नेपाली समाजमा एउटा स्थापित भाष्य छ, ‘कलाकार देशका गहना हुन्’ तर समय बदलिएको छ । हिजोसम्म पर्दामा समाजको ऐना देखाउने र मञ्चमा संस्कृति जोगाउने कसम खाने कलाकार आज देशको नीति निर्माण गर्ने थलो संसद्को कुर्सी खोज्न राजनीतिको मैदानमा उत्रिएका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा ‘स्क्रिप्ट’ कण्ठ गर्ने ओठ अहिले राजनीतिक घोषणापत्र र चुनावी नारा घन्काउन व्यस्त देखिन्छन् । निर्वाचन नजिकिँदा राजनीतिक दलका कार्यालयमा अहिले सुटिङ युनिटको भन्दा बढी चहलपहल