• २२ जेठ २०८२, बिहिबार

आगलागीबाट झण्डै १२ लाखको क्षति

blog

फाइल तस्बिर

राममणि दाहाल

मकवानपर, जेठ २० गते । मकवानपुरको भीमफेदी गाउँपालिका–८ धार्की, खन्कालेकमा घर, गोठमा आगलागी हुँदा सुन, नगदसहित ११ लाखभन्दा बढी क्षतिको क्षति भएको छ ।

स्थानीय शंखरसिं मुक्तानको जस्ताले छाएको भुइँतले काठ र ढुङ्गा माटोले बनेको घर र घरसँगै जोडिएको गोठमा सोमबार विद्युत् सर्ट भई आगलागी भएको थियो ।

आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको र ११ लाख ६२ हजार रुपियाँ बराबरको क्षति भएको मुक्तानले इलाका प्रहरी कार्यालय ठिंगनलाई जानकारी गराउनु भएको छ । आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको उहाँको भनाइ छ ।

घटना बारेमा अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । आगलागीबाट मकै १२ मुरी, तोरी चार मुरी, फापर तीन मुरी, नगद एक लाख पचास हजार रुपियाँ, सुन दुई तोला, कागजातहरू, लत्ताकपडालगायत जलेर नष्टभएको छ ।