साउथ सुपरस्टार विजय देवरकोंडाले चलचित्र ‘लाइगर’मार्फत बलिउड चलचित्रमा डेब्यु गरेका छन् । उनीसँगै बलिउड अभिनेत्री अनन्या पाण्डे पनि चलचित्रमा देखिएकी छिन् । चलचित्रलाई पुरी जगन्नाथले निर्देशन गरेका हुन् । पुरीले यसअघि सलमान खानको वान्टेडको मूल साउथ चलचित्र पोकरी निर्देशन गरिसकेका छन् । चलचित्रले आमा बालामणि (रमैया कृष्णन) र छोरा लाइगर (विजय देवरकोंडा)को अनौठो सम्बन्ध देखाउँछ । बालामणि आफ्नो मृत्यु भइसकेका श्रीमान्को अन्तिम इच्छाअनुसार आफ्नो छोरालाई विश्वभर (मार्सल आर्ट)मार्फत चिनाउन चाहन्छिन् । यता लाइगर भने आफ्नी आमाले चाहेअनुसार गर्न सकिरहेका हुँदैनन् । चलचित्रमा आमालाई धेरै शक्तिशाली देखाइएको छ भने आमा आफ्नो छोरालाई पनि शक्तिशाली बनाउन चाहन्छिन् । उनी सधैँ आफ्नो छोरालाई केही न केही राम्रा–राम्रा कुरा गरेर हौसला दिइरहेकी हुन्छिन् ।
ओजस थिएटरमा भदौ १५ बाट नाटक ‘असुर’ मन्चन हुने भएको छ। सो नाटकलाई विवेक न्यौपाने (घने)ले निर्देशन तथा रविन दोङले लेख्नुभएको हो। ‘असुर’ एउटा गाउँको पारिवारिक कथा हो, जसमा एकै परिवारका दुई पुस्ताको विचार मिल्दैन। गाउँमा कोही पुरानो सोचको प्रतिनिधित्व गर्छन् भने कोही नयाँको। असुर एउटा शक्ति भोको पात्र पनि हो। जो शक्ति प्राप्त गर्नका लागि जे पनि गर्न तयार हुन्छ। उसले कहिले देवताको रूप धारण गर्न सक्छ भने कहिले दानव पनि बन्न सक्छ। हाम्रो समाजको वरपर पनि यस्ता पात्रहरू छन् त ? यही प्रश्नको निचोड हो नाटक ‘असुर’ । यिनै कुराहरूको वरपर घुमेको छ नाटक। नाटकले उत्पिडित वर्गको पीडाहरूलाई देखाउन खोजेको छ। क्रान्तिको नाममा आम जनताले भोगेको सास्ती नै नाटकको मुख्य अभिप्रायः हो।
महिलाहरूको महान् चाड तीजको रौनक बढ्दो छ। केही वर्ष कोरोनाले निराशापूर्ण बनाएको यो चाड अहिले महिलाहरू धुमधामले मनाउन थालेको पाइएको छ। विशेष गरेर नयाँ पुस्ताका महिलाले तीज आउनुपूर्व नै दर खान सुरु गरिसकेकाले यसमा थप रौनक देखिन थालेको छ भनेर अर्कोतर्फ केही दिनअगावैको तडकभडकले तीजको असली संस्कृति उनीहरूले बिर्सन थालेका हुन् कि भन्ने जस्तो पनि देखिन्छ।
नेपालमा सरोगेसीमा केन्द्रित रहेर निकै कम चलचित्र प्रदर्शनमा आएका छन्। केही वर्षअघि निर्देशक अमरदीप सापकोटाले सरोगेसीको कथा उठान गरेर ‘कारखाना’ नामक चलचित्र ल्याएका थिए। चलचित्र कारखाना दर्शकमाझ खासै जम्न सकेन र त्यसपछि सरोगेसीको कथामा चलचित्र खासै निर्माण पनि भएनन्। धेरै वर्षको अन्तरालपछि रञ्जित रौनियार निर्देशित डेब्यु चलचित्र ‘माइकल अधिकारी’ प्रदर्शनमा आएको छ। चलचित्रले सरोगेसीको कथावस्तु बोकेको छ। एउटा आमाले आफ्नो कोख नौ–नौ महिना कसरी अरूका लागि भाडामा दिन सक्छिन् भन्ने कुरा चलचित्रमा प्रस्ट्याइएको छ।
पुरानो घर थिएटर अहिले नयाँ नाटकको तयारीमा जुटेको छ। ‘म’, ‘लाटीको छोरो’, ‘खत’ लगायत एकपछि अर्को नाटक मञ्चन गरिरहेको पुरानो घरले यसपालि नेपाली अनुवादमा नाटक ‘एन इन्स्पेक्टर कल्स’ गर्न लागेको छ। डिटेक्टिभ जनरामा आधारित ‘एन इन्स्पेक्टर कल्स’ जेबी प्रिस्टलीद्वारा सन् १९४५ मा प्रकाशित नाटक हो। नाटकलाई नैतिकतावादी ‘मोरालिटी प्ले’ भनेर पनि व्याख्या गरिन्छ। सन् १९१२ को ब्रिटिस समुदायको सेटिङ बनाएर लेखिएको नाटक आज २०२२ मा नेपालमा नाट्यकरण गर्दा पनि नाटकको विषयवस्तु उत्तिकै सान्दर्भिक छ।
चलचित्र ‘दोबारा’को कथा रोचक बनेको छ। चलचित्रले सुरुदेखि अन्त्यसम्म दर्शकलाई उत्साह जगाउने काम गर्छ। यो एउटा थ्रिलर चलचित्र हो, जसमा तापसी पन्नु, पावेल गुलाटी, राहुल भट्ट जस्ता कलाकारको अभिनय देख्न सकिन्छ। स्पेनिस चलचित्र ‘मिराज’को रिमेक हो ‘दोबारा’ ।
सैद्धान्तिक रूपमा सामाजकि परिवर्तन तथा राजनीतिक परिवर्तनले आजको समयमा हरेक मान्छेको विचारलाई सम्मान गर्न सकेको छ तर व्यावहारिक पाटोलाई नियाल्ने हो भने आफ्ना विचार प्रस्तुत गर्न अथवा भावना प्रकट गर्न‘ निकै नै गाह्रो काम हो । हाम्रो देशमा हरेक निर्णय बहुमतले पारित गर्ने चलन छ । यदि अदालतलाई कुनै निर्णय गर्न गाह्रो भएमा वा विशेष कारणवश कुनै मुद्दामा गम्भीर शङ्का देखेमा फरक पेसाका १२ जना आम नागरिकलाई त्यस मुद्दामा छलफल गर्न लगाएर निर्णय गर्न लगाइने अभ्यास भएका छन्, केही देशहरूमा । नाटक यही पृष्ठभूमिबाट सुरु भएको छ । १२ जना आम नागरिक एउटा बन्द कोठाभित्र निर्णय गर्न लागिपरेका छन् । १२ जनाले सर्वसम्मतिमा नै निर्णय गर्न‘ परेकाले १२ जनाको विचारको बीचमा भएको सङ्घर्षको कथा हो, ‘१२ दुर्वासा’ ।
चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ रिलिज भएको करिब चार वर्षपछि आमिर खानद्वारा अभिनित चलचित्र ‘लालसिंह चड्डा’ प्रदर्शनमा आएको छ। चलचित्र टम ह्यान्क्स अभिनित हलिउड चलचित्र ‘फरेस्ट गम्प’ को रिमेक हो। चलचित्रलाई अद्वैत चन्दनले निर्देशन गरेका छन्। रिमेक चलचित्र भए पनि निर्देशकले कथालाई बलिउडको ढाँचामा पस्कन खोजेका छन्। कथा पञ्जाबमा जन्मिएको एक अपाङ्ग भएको बालकबाट सुरु हुन्छ । जो कसैको सहाराबिना हिँडडुल गर्न सक्दैन। उक्त बालकको नाम लालसिंह चड्डा हुन्छ। उसलाई आमाले मायाले लाल भन्ने गरेकी हुन्छिन्। अरू केटाकेटीभन्दा केही फरक भएको हुनाले लालको प्रायः मान्छेले मजाक बनाइरहेका हुन्छन्। तर लालकी आमाले उनलाई सधैँ प्रोत्साहन गर्दै भन्ने गरेकी हुन्छिन् कि ऊ कोहीभन्दा कम छैन। यसपछि लालको जीवनमा रूपाको प्रवेश हुन्छ, जसलाई उसले स्कुलमा भेट्छ। लाल रूपाको प्रेममा पर्छन्। उनको जीवनमा केही यस्तो घटना घट्छ जसले गर्दा लालसिंह चड्डा सोचेको भन्दा अघि बढ्न थाल्छन्। यसपछि चलचित्रको कथामा विभिन्न मोड आउँछ।
साहित्य सिर्जनामा जाने भन्ने कुरा आफूले चाहेर मात्र नहुने बताउनुहुन्छ कवि आनन्द भण्डारी। उहाँ भन्नुहुन्छ, “यहाँ सिर्जनालाई सृष्टिको हिसाबले हेरिने गरिन्छ। त्यस्तै साहित्यलाई एउटा दृष्टिको हिसाबले हेरिन्छ। समय परिस्थिति, बाहिरी वातावरण र आफ्नो अन्तरीय मनले सृष्टिलाई प्रस्फुटन गर्छ। आफूलाई एकदमै ठूलो साहित्यकारको विज्ञ हुँ भनेर मैले कहिले भनिनँ र भन्ने आँट पनि गर्दिनँ। म त खाली सिकारु हुँ।” भण्डारी साहित्य सिर्जना गर्नु भनेको प्राकृतिक स्वभाव भएको बताउनुहुन्छ। जसमा विभिन्न अनुभव, अनुराग र चैतन्यहरूलाई एक खालको अनुभूतिको उपज दिने काम गर्छ। त्यही उपजले एउटा सिर्जना सोच बनाउँछ र त्यसैलाई हामीले शब्द भावमा उतार्ने हो। उहाँ भन्नुहुन्छ, “जब आफ्नो विचार भाव शून्य अवस्थामा आउँछ त्यसपछि सिर्जनाहरू फक्रिने काम गर्छन्। यो एउटा चैतन्यको सिर्जना पनि हो जुन एउटा बाहिरी वातावरणको असर पनि हो।”
आलिया भट्ट अभिनित चलचित्र ‘डार्लिंग्स’ नेटफ्लिक्समा रिलिज भएको छ। चलचित्रमा हरेक कलाकारको अभिनय बेजोड छ। आलियाबाहेक विजय बर्मा, रोशन म्याथ्यू र सेफाली शाह जस्ता उत्कृष्ट कलाकार मुख्य भूमिकामा देखिएका छन्। चलचित्रको कथा घरेलु हिंसामा आधारित छ, जहाँ श्रीमान्ले दिनहुँ श्रीमतीलाई यातना दिने गर्छ। यसै चलचित्रबाट आलिया निर्मात्री पनि बनेकी छिन्।
गाईजात्रा अर्थात् हाँसोको उत्सव सुरु हुन अब केही दिन मात्र बाँकी छ तर पनि हास्यकलाकारको दशैँ मानिने गाईजात्राको चर्चा भने सुरु हुन थालिसकेको छ। धेरैको मनमा यो वर्ष हास्य कलाकारले गाईजात्रामा कस्तो प्रहसन देखाउलान् भन्ने कुतूहलता जाग्न थालिसकेको छ। पछिल्लो वर्ष झैँ यस वर्ष पनि धेरै कलाकार गाईजात्रामा स्टेज सो नगर्ने सुरसारमा देखिनुहुन्छ। कोही आफ्नै युट्युब च्यानलमार्फत गाईजात्रा प्रहसन देखाउने सुरमा हुनुहुन्छ भने केही काठमाडौँबाहिर जाने सुर कसिरहनुभएको छ।
‘लक्ष्मीपूजा’को कथा गोविन्दबहादुर मल्ल गोठाले (१९७९–२०६७) द्वारा लेखिएको बालमनोविज्ञान कथामा आधारित नाटक हो । निम्न तथा कमजोर वर्गको मानिसलाई हरेक चाडपर्व बोझिलो बनेर आउने गर्दछ । चाडपर्वले गरिबलाई थप आर्थिक सङ्कटतिर धेकलिरहेको कुरा हामीले देखी नै रहेका हुन्छौँ ।
चलचित्र ‘पानीफोटो’ले नेपाली समाजमा भएका हिंसा र द्वन्द्वका पाटाहरूलाई झल्काउने काम गरेको छ। चलचित्रले आम मानिसले भोगिरहेका समस्या देखाउन मद्दत गर्छ। ‘पानीफोटो’ बेपत्ता पारिएको छोरा जीवित छ या मृत्यु भइसक्यो भन्ने कुराको निक्र्योल हो। युद्धलाई प्रत्यक्ष रूपमा अनुभूति नगरेकाका लागि चलचित्र रमाइलो लाग्न सक्छ। युद्धले सर्वसाधारणको जीवनमा पारेको असरको पक्षबाट चलचित्रको कथा बुनिएको छ।
चिकित्सा, लेखन र प्राध्यापनमा व्यस्त कवि मानसाग्नि (डा. हरिप्रसाद पोखरेल) कक्षा ९ मा पढ्दा जोगी बन्छु भनेर भारततिर पस्नुभएको थियो। यसपछि बिस्तारै मानसाग्निले योग प्राकृतिक चिकित्सा आयुर्वेदजस्ता विषयहरूमा पढाइ सुरु गर्नुभयो। उहाँ अहिले यही क्षेत्रबाट सम्बन्धित भएर अगाडि बढिरहनुभएको छ।
झन्डै चार वर्षको लामो अन्तरालपछि रणवीर कपुर अभिनित चलचित्र ‘शमशेरा’ प्रदर्शनमा आएको छ। शमशेरा कोरोनापछि सबैभन्दा धेरै सिनेमाघरहरूमा प्रदर्शनमा आएको चलचित्र हो। चलचित्र सन् २०१९ को डिसेम्बरमा प्रदर्शन हुने तयारीमा थियो तर कोरोनाका कारण करिब साढे दुई वर्ष चलचित्रको प्रदर्शनमा ढिलाइ भयो। चलचित्रको कथा खमेरान र काजा नामक जातका मानिसमा आधारित छ, जसभित्र दर्शकहरूले आमा–छोरा र श्रीमान्–श्रीमतीबीचको प्रेम र उनीहरूले आफ्नो जातका मानिसका लागि गरेको लडाइँ पाउँछन्।