दुई मिल्ने साथी छिरिङ (दयाहाङ राई), हिमाल (सौगात मल्ल) जो सधैँ जनावरको सिकार गर्न रुचाउनुहुन्छ। यही दुई सिकारीको कथा हो– चलचित्र ‘दुई नम्बरी’ । दुवै जङ्गली जनावर मारेर बेच्छन् र आ–आफ्नो जीविकोपार्जन चलाइरहेका हुन्छन्। चलचित्रमा छिरिङ हिमाललाई बन्दुक चलाउन सिकाउने गुरु पनि हुनुहुन्छ। पोखराको ल्वाङ गाउँमा छायाङ्कन गरिएको चलचित्रमा एउटा प्लेन दुर्घटनालाई चलत्रिचको मुख्य विषय बनाइएको छ। त्यही दुर्घटनालाई आधार बनाएर भुटानी नागरिक उगेन छोदेन चलचित्रमा देखिनुहुन्छ। यता पहिलाबाटै हिमालको प्रेमिकाका रूपमा बाली (उपासना सिंह ठकुरी)लाई देखाइएको छ।
नेपाली चलचित्र क्षेत्रमा सबै कलाकार मांसाहारी छैनन्। सबै तास खेल्दैनन् र सबै मद्यपान पनि गर्दैनन्। तैपनि कलाकारले दशैँको भरपुर मनोरञ्जन चाहिँ उठाउँछन्। आफ्ना परिवारसँग रमाइलो गरी मीठामीठा परिकारसहित टीका–जमरामा रमाउन हाम्रा कलाकार पनि पछि परेनन्। प्रायः सबै कलाकारले आफूहरूले टीका लगाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको छ।
जीवनको अन्तिम सत्य हो मृत्यु । हामी हाम्रो जन्मदिनमा के गर्ने भनेर धेरै योजना बनाउँछौँ तर हामी आफैँलाई थाहा छैन हामी यो संसारमा कति समयका लागि आएका हौँ। यस्तै विषयवस्तु लिएर निर्देशक तथा लेखक विकास बहलले चलचित्र ‘गुडबाई’ बनाउनुभएको छ।
नाटक ‘२४ मा १२’ हामी सबैले देख्दै र भोग्दै आएको समयको कथा हो। नाटकमा दुईवटा पात्रको जीवनमा आउने उतारचढावलाई प्रस्तुत गर्न खोजिएको छ। हाम्रो समाजमा रहेका जातीय विभेद, लैङ्गिक विभेदजस्ता कुराको सम्मिश्रण हो, नाटक। यी दुवै कुरालाई जरैदेखि निर्मूल पार्नुपर्छ भन्ने नाटकको मुख्य उद्देश्य हो। नाटकमा समयको मारमा परेका पात्रलाई चित्रण गर्न खोजिएको छ। समयको मारबाट ती पात्रले बाहिर निस्कन र समान अधिकारमा बाच्न के कस्ता सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा नाटकमा प्रस्ट्याउन खोजिएको छ।
‘आमा’ शब्दले जोकोहीको मनमा पनि आत्मीयता जगाउँछ। आमालाई आदर गर्नु भनेको भगवान्लाई पुजेसरह हो। समाज एउटा पाठशाला हो। समाजमा विद्यमान सासू र बुहारीबीचको मनोवैज्ञानिक अन्तरद्वन्द्व, भ्रम र यथार्थको सम्मिश्रण हो छोटो चलचित्र, ‘आमा’ । आमा सासू र बुहारीबीचको द्वन्द्व हो। सानो परिवार जो खुसियाली जीवन बाँचिरहेछ तर अचानक त्यो परिवारभित्र कलह तब आउँछ जब बुहारीले आफ्नो सासूलाई अनेकन लाञ्छना लगाउन थाल्छिन्। चलचित्र ‘आमा’को कथा पनि यही वरिपरि घुमेको छ।
नेपालीको महान् चाड दशैँको चहलपहल सुरु भइसकेको छ। दशैँमा किनमेल गर्नेदेखि घर जानेहरूसम्मको तयारी बढ्दो छ। कोही नयाँ नोट साट्ने हतारोमा देखिन्छन् भने कोही घर जानका लागि टिकटको व्यवस्था मिलाउन लागिपरेका छन्। रङ्गमञ्चका कलाकारहरूको पनि कोही दशैँमा घर जाने योजनामा हुनुहुन्छ त कोही दशैँ यहीँ मनाउने सोचमा।
गाउँघरमा हुने राजनीतिको कथा हो नाटक ‘तन्त्र’ । शान्तिराम गाउँमा गाउँलेहरू बाटो खन्न व्यस्त छन् तर बाटोको काम कहिले सकिने हो, कसैलाई थाहा छैन। यसमा पनि राजनीति मिसिएको छ। मनबहादुर (रोमर्श राय ठकुरी) र धनबहादुर (लक्ष्मण केसी) मिल्ने साथी हुन्। दुवै एकअर्काका लागि ज्यानसमेत दिन तयार छन् तर उनीहरूले गर्ने राजनीतिको बाटो भने अलग छ। त्यही राजनीतिले गर्दा पछि दुवैबीच बोलचाल नै बन्द हुनेसम्मको अवस्था आउँछ। यी दुवैबीचको मित्रताको उतारचढावको कथा हो नाटक ‘तन्त्र’ ।
चलचित्र ‘सीता रामम’मा राम–सीताको सुन्दर प्रेमकथा देखाइएको छ। चलचित्रको कथा एकदमै फरक छ, जुन अवश्य नै धेरै दर्शकले रुचाउनेछन्। साउथ कलाकार दुल्कर सलमान, रश्मिका मन्डन्ना र मृणाल ठाकुर अभिनीतलाई हनु राघवपुडीले निर्देशन गरेका हुन् । चलचित्रले नपत्याउने कथा बोलेको छ। कसैले पनि यस्तो कथा पनि चलचित्र हुन्छ भनेर अनुमान लगाउन सक्दैन।
विद्या (कञ्चन चिमोरिया)को इच्छा अनेक छन्, उनी पुतलीझैँ उड्न चाहन्छिन् तर घरको आर्थिक अवस्थाले उनी धेरै कुरा पु¥याउन असमर्थ छिन् अर्थात् उड्न सक्दिनन्। उनलाई पनि उनका अन्य साथीझैँ काठमाडौँ गएर पढ्न रहर छ तर उनको त्यो सपना पूरा हुँदैन। सधैँ स्कुलमा पहिलो हुने विद्या दोस्रो हुन्छिन् र उनको स्कुलबाट छात्रवृत्ति पाउने सपना चकनाचुर हुन्छ। चलचित्र ‘ऐना झ्यालको पुतली’ विद्या र उनको भाइ वसन्त (दिनेश खत्री)को कथा हो। वसन्त पहिला आफ्नो दिदीसँग एकदमै झगडालु हुन्छन् तर पछि दिदीकै मायाले गर्दा दिदीभाइको सम्बन्धमा एकाएक परिवर्तन आउँछन्।
विराटनगरमा विद्यालय नाटक महोत्सव सुरु भएको छ। बुधबारबाट पहिलो दिन आयोजक आरोहण–गुरुकुल विराटनगरले नाटक ‘साँढे’ मञ्चन गरेर महोत्सवको सुरुवात गरेको हो। नाटक ‘साँढे’ राजनीतिक प्रवृत्तिमाथिको झटारो हो। देशमा चलिरहेको राजनीतिक हस्तक्षेपको उजागर हो नाटक ‘साँढे’ । ‘साँढे’ राजनीतिक दललाई गरिने एउटा व्यङ्ग्यात्मक शैलीको नाटक हो। हिजो शासकीय प्रवृत्ति र आजको शासकीय प्रवृत्ति उही छ, स्वरूप मात्र बदलिएको हो। हामीकहाँ साँढे प्रवृत्तिका मान्छेहरू छन्। हाम्रो समाजमा घाँसमा छरिएको नुन खाने ‘साँढे’हरू दिनप्रतिदिन बढ्दै छन्। त्यसको विरुद्धमा मान्छेले कतै न कतैबाट रचनात्मक विद्रोह गरिरहेका छन्। नाटक यही कथावरपर घुमेको छ।
बलिउड अभिनेता अक्षय कुमार अभिनीत ‘कटपुतली’ सस्पेन्सले भरिएको चलचित्र हो। चलचित्रले दर्शकलाई अन्त्यसम्म नै उत्साहित बनाउँछ। चलचित्रमा अक्षयसँगै रकुल प्रीत सिंह, चन्द्रचुर सिंह, सरगुन मेहताको पनि अभिनय देख्न सकिन्छ। चलचित्रलाई ज्याकी भगवानीले निर्माण गरेका हुन् भने रञ्जित एम तिवारीले निर्देशन गरेका छन्। चलचित्र २०१८ को तमिल साइकोक्राइम थ्रिलर ‘रत्सासन’को रिमेक हो।
कौसी थिएटरमा नाटक ‘धूमधामको घुमघाम’को मञ्चन सुरु भएको छ। कनकमणि दीक्षितद्वारा लिखित बाल कथा शृङ्खलामा आधारित नाटकलाई आकाङ्क्षा कार्कीको निर्देशन गर्नुभएको हो। २५ वर्षअघि प्रकाशित पुस्तकमा एउटा भक्तप्रसाद नाम गरेको भ्यागुताको नेपाल भ्रमणको कथा रहेको छ। काठमाडौँको भ्यागुताले चितवन, पोखरा, मुस्ताङ हुँदै डोल्पासम्मको यात्रा गर्दा देखेका र भोगेका रोचक घटना कथामा समेटिएको छ। पुस्तक नेपाली र अङ्ग्रेजीसहित विभिन्न भाषा र ब्रेललिपिमा पनि प्रकाशित छ। आफूले बाल्यकालमा पढेको र मनमा गढेर बसेको पुस्तकलाई नाटकको स्वरूप दिने यात्रा उत्साहजनक रहेको निर्देशक कार्की बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “भक्तप्रसाद भ्यागुतो बाल्यकालमा यो किताब पढ्ने अवसर पाएका सबैको मनमा गढेर बसेको छ। मेरा लागि पनि यो यस्तै गढेर बसेको सम्झना हो। यो प्रख्यात बालकथा शृङ्खलालाई नाटकमा ढाल्नु मेरा लागि साह्रै उत्साहजनक अवसर रह्यो।”
साउथ सुपरस्टार विजय देवरकोंडाले चलचित्र ‘लाइगर’मार्फत बलिउड चलचित्रमा डेब्यु गरेका छन् । उनीसँगै बलिउड अभिनेत्री अनन्या पाण्डे पनि चलचित्रमा देखिएकी छिन् । चलचित्रलाई पुरी जगन्नाथले निर्देशन गरेका हुन् । पुरीले यसअघि सलमान खानको वान्टेडको मूल साउथ चलचित्र पोकरी निर्देशन गरिसकेका छन् । चलचित्रले आमा बालामणि (रमैया कृष्णन) र छोरा लाइगर (विजय देवरकोंडा)को अनौठो सम्बन्ध देखाउँछ । बालामणि आफ्नो मृत्यु भइसकेका श्रीमान्को अन्तिम इच्छाअनुसार आफ्नो छोरालाई विश्वभर (मार्सल आर्ट)मार्फत चिनाउन चाहन्छिन् । यता लाइगर भने आफ्नी आमाले चाहेअनुसार गर्न सकिरहेका हुँदैनन् । चलचित्रमा आमालाई धेरै शक्तिशाली देखाइएको छ भने आमा आफ्नो छोरालाई पनि शक्तिशाली बनाउन चाहन्छिन् । उनी सधैँ आफ्नो छोरालाई केही न केही राम्रा–राम्रा कुरा गरेर हौसला दिइरहेकी हुन्छिन् ।
ओजस थिएटरमा भदौ १५ बाट नाटक ‘असुर’ मन्चन हुने भएको छ। सो नाटकलाई विवेक न्यौपाने (घने)ले निर्देशन तथा रविन दोङले लेख्नुभएको हो। ‘असुर’ एउटा गाउँको पारिवारिक कथा हो, जसमा एकै परिवारका दुई पुस्ताको विचार मिल्दैन। गाउँमा कोही पुरानो सोचको प्रतिनिधित्व गर्छन् भने कोही नयाँको। असुर एउटा शक्ति भोको पात्र पनि हो। जो शक्ति प्राप्त गर्नका लागि जे पनि गर्न तयार हुन्छ। उसले कहिले देवताको रूप धारण गर्न सक्छ भने कहिले दानव पनि बन्न सक्छ। हाम्रो समाजको वरपर पनि यस्ता पात्रहरू छन् त ? यही प्रश्नको निचोड हो नाटक ‘असुर’ । यिनै कुराहरूको वरपर घुमेको छ नाटक। नाटकले उत्पिडित वर्गको पीडाहरूलाई देखाउन खोजेको छ। क्रान्तिको नाममा आम जनताले भोगेको सास्ती नै नाटकको मुख्य अभिप्रायः हो।
महिलाहरूको महान् चाड तीजको रौनक बढ्दो छ। केही वर्ष कोरोनाले निराशापूर्ण बनाएको यो चाड अहिले महिलाहरू धुमधामले मनाउन थालेको पाइएको छ। विशेष गरेर नयाँ पुस्ताका महिलाले तीज आउनुपूर्व नै दर खान सुरु गरिसकेकाले यसमा थप रौनक देखिन थालेको छ भनेर अर्कोतर्फ केही दिनअगावैको तडकभडकले तीजको असली संस्कृति उनीहरूले बिर्सन थालेका हुन् कि भन्ने जस्तो पनि देखिन्छ।