‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नाराका साथ नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७९ (निटफेस्ट–२०२२) मा मञ्चन भएको नाटक हो, ‘द ब्ल्याकबोर्ड ल्यान्ड’ । कार्ज हिमलस्टपले लेख्नुभएको र राजेश सिंह निर्देशित ९० मिनेट लामो भारतको नाटक ‘द ब्ल्याकबोर्ड ल्यान्ड’ युद्धको समयमा कुनै एकान्त ठाउँमा भेटिएका तीन व्यक्तिको वरिपरि घुम्छ । उनीहरूबीचको मतभेद र भिन्नताले द्वन्द्व निम्त्याउँछ । फलस्वरूप उनीहरू शारीरिक हिंसामा उत्रन्छन् । बोर्डमा बस्ने नायकहरू जसलाई यो पनि थाहा हुँदैन कि उनीहरू यही राज्यको मान्छे हो होइनन्; नाटक यही विषयमा आधारित छ ।
वर्षौंदेखि अभिनेता आयुष्मान खुरानाका बर्जित विषयहरूमा बनेका चलचित्रहरू बक्स अफिसमा सफल भएका छन् तर यसै वर्ष प्रदर्शनमा आएका चलचित्र ‘अनेक’ र ‘डक्टरजी’ले बक्स अफिसमा खासै व्यापार गर्न सकेनन् । अहिले उनी अभिनीत चलचित्र ‘एन एक्सन हिरो’ प्रदर्शनमा आएको छ । मानव (आयुष्मान खुराना) हरियाणाको एउटा गाउँमा आफ्नो चलचित्रको सुटिङमा व्यस्त हुनुहुन्छ । युवाहरूको ढुकढुकी बनेका मानव आफू युथ आइडल भएकाले ग्याङस्टरको बायोपिक गर्न अस्वीकार गर्नुहुन्छ । उहाँलाई उक्त चलचित्रको स्क्रिप्ट सान्दर्भिक लाग्दैन ।
चलचित्र ‘स्त्री’का निर्देशकले फेरि एक पटक हरर कमेडी विधामा नयाँ चलचित्र ‘भेडिया’ बनाउनुभएको छ । चलचित्रले दर्शक र समीक्षकबाट राम्रै प्रतिक्रिया पाइरहेको छ । यस चलचित्रको अधिकांश छायाङ्कन अरुणाचल प्रदेशको जङ्गलमा गरिएको छ । यसले चलचित्रको सिनेमेटोग्राफी बेजेड देखिएको छ । चलचित्रका अधिकांश कलाकार पनि त्यहीँका छन् । चलचित्र धेरै हदसम्म प्रभावशाली बनाउने कोसिस गरिएको छ । चलचित्रमा वरुण धवन, कृति सेनन, दीपक डोबरियाल, सौरभ शुक्ला र अभिषेक बनर्जीको मुख्य भूमिका छ । चलचित्रको गीत र सङ्गीत राम्रा छन्; जुन अहिले निकै चर्चामा छन् । सङ्गीत सचिन जिगरको रहेको छ ।
बलिउडमा कुशल अभिनेत्रीका रूपमा चिनिनुहुन्छ शबाना आजमी । १८ सेप्टेम्बर १९५० मा जन्मनुभएकी शबानाका पिता कैफी आजमी आफ्नो समयका प्रसिद्ध कवि र गीतकार हुनुहुन्थ्यो भने आमा शौकत आजमी थिएटर कलाकार हुनुहुन्थ्यो । शबानाले दिल्लीको सेन्ट जेभियर कलेजबाट स्नातक पूरा गर्नुभयो र त्यसपछि उहाँ पुणेको फिल्म इन्स्टिच्युटमा भर्ना हुनुभएको थियो ।
सन् २०१५ मा प्रदर्शनमा भएको अजय देवगन अभिनीत चलचित्र ‘दृश्यम’को सिक्वेल हो ‘दृश्यम २’ । पहिलो सिक्वेलजस्तै यस चलचित्रले पनि थ्रिलर विधा बोकेको छ । जुन अहिले धेरै दर्शकको पहिलो रोजाइ बनेको छ । चलचित्रले दर्शकलाई सुरुदेखि अन्त्यसम्म सिनेमाघरमा बाँधेर राख्न बाध्य बनाउँछ ।
सिनामङ्गलस्थित पुरानो नाटकघरमा नाटक ‘एन इन्स्पेक्टर कल्स’को मञ्चन सुरु भएको छ। नाटकलाई नैतिकतावादी ‘मोरालिटी प्ले’ भनेर पनि व्याख्या गरिएको छ। नाटक एउटा धनाढ्य मल्ल परिवारको घरमा भइरहेको पार्टीबाट सुरु हुन्छ। सौर्य मल्लकी छोरी शिला मल्लको इन्गेजमेन्ट आफूभन्दा समाजमा अझ उच्च दर्जामा गनिने शिशिरशमशेर राणासँग हुँदै छ। यसैको पार्टीमा खुसी मनाइरहेका बेला डोरबेल बज्छ र भित्र छिर्छ एउटा इन्स्पेक्टर।
चलचित्र ‘उचाइ’ चार पाका उमेरका साथी अमित श्रीवास्तव (अमिताभ बच्चन), ओम शर्मा (अनुपम खेर), जावेद सिद्दिकी (बोमन इरानी) र भूपेन (डैनी डेन्जोङ्पा)को कथामा आधारित छ। यी चारै जना साथीबीचको मित्रता लोभ लाग्दो छ। चारै जनाले रमाइलोसँग आफ्नो जीवन बिताइरहेका हुन्छन्। जब भूपेनको हृदयाघातबाट मृत्यु हुन्छ त्यसपछि चलचित्रको कथाले नयाँ मोड लिन्छ।
तपाईंलाई थ्रिलरहरू मन पर्छ भने चलचित्र ‘मिली’ उपयुक्त हुन सक्छ। यस चलचित्रमा बाबुछोरीको सुन्दर भावुक सम्बन्धलाई दर्शाइएको छ। मथुकुट्टी जेभियरले निर्देशन गर्नुभएको चलचित्रमा नायिका जान्हवी कपुर ‘मिली’को बलियो भूमिकामा देखिनुभएको छ। चलचित्र सत्य घटनामा आधारित छ।
‘सुनकेशरी’ कर्णाली प्रदेशको प्रचलित लोककथामा आधारित नाटक हो। एक युवतीले आफ्नो सुन्दरताका कारण भोग्नु परेका तीतामीठा सङ्घर्षको कथालाई नाटकमा बुनिएको छ। सुनकेशरी नाटककी प्रमुख चरित्र हुनुहुन्छ। कर्णालीका सांस्कारिक गतिविधिमा गाइने मागलगान गाउन सिपालु सुनकेशरी आफ्नो आकर्षक रूप तथा सुनौला केशराशिका कारण पनि अत्यन्तै प्रसिद्ध हुनुहुन्छ।
एकल पिताको कथामाथि निर्माण भएको चलचित्र ‘महापुरुष’मा समाजले कसरी मान्छेलाई महापुरुष बनाउँछ भन्ने कुरा देखाइएको छ। चलचित्रको सुरुवात आदर्शनगर समाजबाट हुन्छ; जहाँ बालकृष्ण (हरिवंश आचार्य) अवकाशप्राप्त शिक्षकको भूमिकामा देखिनुभएको छ। श्रीमतीको मृत्युपछि एक्लिनुभएका बालकृष्णका दुई छोरा छन्। जेठो छोरा विदुर (रवीन्द्रसिंह बानियाँ) आफ्नी श्रीमती र बच्चासँग छुट्टै बस्नुहुन्छ भने कान्छो छोरा विज्ञान अरुण क्षेत्री बाहिर जाने कोसिसमा आफ्ना बुवासँग बसिरहनुभएको हुन्छ।
गरिब किसान र मजदुरहरूको जीवनमा आधारित नाटक ‘एक चिहान’ सामाजिक यथार्थवादी नाटक हो। स्व. उपन्यासकार हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित चर्चित उपन्यासको नाट्य रूपान्तरण निर्देशक परिवर्तन कार्कीले गर्नुभएको हो। वि.सं. २०११ तिरको निम्नवर्गीय जीवनको यथार्थ नाटकमा प्रस्तुत गरिएको छ।
होम्बाले फिल्म्सको अर्को प्रस्तुति हो ‘कान्तारा’ । जुन चलचित्र वास्तवमा कन्नड भाषामा बनेको भए तापनि हाल हिन्दी डबसहित अघिल्लो हप्ता प्रदर्शनमा आएको छ। लोककथामा आधारित ‘कान्तारा’ चलचित्रले अहिले विश्वकै सिनेमाघरहरूमा प्रशंसा बटुलिरहेको छ।
काठमाडौँमा घर हुने र डेरामा बस्नेको कथा हो चलचित्र ‘के घर के डेरा’ । घर हुँदा र नहुँदा के कस्ता समस्या झेल्नुपर्छ भन्ने कुरा चलचित्रमा प्रस्तुत गरिएको छ। काठमाडौँमा डेरामा बस्नेको आफ्नै समस्या छ तर घर हुनेको समस्या पनि कम छैन। चलचित्रमा यिनै कुरालाई रमाइलो शैलीमा देखाइएको छ। चलचित्रकै कथामा घर हुने र नहुने दुवैले अपनत्व महसुस गर्नेछन्।
फूलैफूलको चाड तिहारको रौनक सुरु भइसकेको छ। तिहारले सबैलाई छोइसक्यो। आममानिससँगै गायक–गायिकालाई पनि तिहारले छोपिसक्यो। तिहार सबैलाई मन पर्ने चाड पनि हो। गाउँघरदेखि सहरबजारसम्म झिलिमिली हुने भएकाले यो पर्व सबैलाई मन पर्छ। देउसीभैलोको रौनकले तिहारलाई झनै महत्त्वपूर्ण बनाइदिएको छ।
बलिउडका बहुमुखी अभिनेता हुनुहुन्छ, आयुष्मान खुराना । उहाँ अभिनीत चलचित्र ‘डक्टर जी’ अहिले धेरै चर्चामा छ । उहाँसँगै चलचित्रमा नायिका रकुलप्रीत सिंहको पनि अभिनय छ । सधैँ भिन्न किसिमको भूमिका गर्न रुचाउने अभिनेता खुरानाले यस पटक पनि दर्शकका लागि चलचित्रमा केही नयाँ कुरा पस्कन खोज्नुभएको छ । कमेडीसँगै चलचित्रले राम्रो सामाजिक सन्देशको कथा बोकेको छ ।