बलिउडमा साउथ चलचित्रको रिमेक बनाउने चलन कुनै नौलो होइन । अहिले बलिउडका प्रायः चलचित्रहरू पनि रिमेक बनिरहेका छन् । एउटा समय यस्तो पनि थियो निकै कम दर्शकलाई मात्र थाहा हुन्थ्यो कि बलिउड चलचित्र साउथको रिमेक हो । त्यति बेला साउथ चलचित्रको हिन्दी संस्करण पनि खासै उपलब्ध हुँदैनथ्यो तर कोभिड–१९ को समयमा जब दर्शकले ओटीटी र युट्युबमा साउथ चलचित्रको हिन्दी रिमेकलाई मन पराएर हेर्न थाले त्यसपछि बलिउडमा साउथ चलचित्रको रिमेक बनाउनेहरूको लाइन लाग्न थाल्यो । त्यसैले पनि अहिले दर्शकलाई साउथ चलचित्रको हिन्दी रिमेक प्रदर्शन हुनुअघि नै त्यो कुन साउथ चलचित्रको रिमेक हो भन्ने थाहा भइहाल्छ ।
केही समयअघिसम्म नेपाली चलचित्र भनेपछि दर्शक नाक खुम्च्याउँथे तर आज त्यो अवस्थामा निकै सुधार भएको छ । पछिल्लो समय नेपाली चलचित्रहरूले आफ्नै कथावस्तु पस्कन थालेपछि चलचित्र हलहरूमा दर्शकको उपस्थितिमा निकै बढ्न थालेको देखिन्छ । मौलिक नेपाली कथावस्तुको गहिराइमा कलाकारहरूको उत्कृष्ट अभिनय हुन थालेपछि नेपाली दर्शकको रोजाइ पनि हिन्दी चलचित्रबाट नेपालीतर्फ बढ्न थालेको हो ।
नेपाली समाजमा ‘जार’ शब्दले आफ्नी श्रीमती भगाउने व्यक्तिलाई बुझाउँछ । अर्काकी श्रीमती भगाउनेले जसको श्रीमती भगाएको हो, उसलाई तिर्नुपर्ने रकमलाई जारी भनिन्छ । यही विषयवस्तुमा आधारित भएर चलचित्र ‘जारी’ बनेको छ । यस चलचित्रको मुख्य पात्रहरू नामसाङ (दयाहाङ राई), हाङमा (मिरुना मगर) विवाहित जोडी हुन् । दुवै लिम्बू समुदायका हुन् । नामसाङ सधैँ श्रीमतीसँग झगडा मात्र गरिरहन्छन् । त्यसमाथि बिहे गरेको पाँच वर्षसम्म सन्तान नभएकोमा उनी श्रीमतीसँग रुष्ट पनि छन् । यही निहुँमा बारम्बार उनीहरूबीच झगडा भइरहन्छ । एक दिन श्रीमान्को झगडालु व्यवहार सहन नसकेर हङमा घर छोडेर माइत जान्छिन् । यता नामसाङ पनि उनलाई लिन जाँदैनन् ।
भित्तामा फेरिने क्यालेन्डरसँगै धेरैले नयाँ सपना बुन्न थाल्छन्। विगतका दुःख र कष्ट, पीडा असफलता दोहोरिएर नआओस् भन्ने कामना गर्दै आगामी दिनको सुन्दर कल्पनासहित नयाँ योजना पनि तय गर्ने गर्छन्। यही मेसोमा नेपाली सिनेजगत्का विभिन्न व्यक्तिहरूले नयाँ वर्षमा के–कस्तो काम गर्ने योजना बनाएका छन् भनी गोरखापत्रले बुझ्ने प्रयास गरेको छ।
नेपाली ‘फ्लेबर’ मन पराउने चलचित्र पारखीका लागि विक्रम संवत् २०७९ निराशाजनक रहेन। उत्साहप्रद नै रह्यो। महापुरुष र झिँगेदाउ’ मात्र होइन छक्कापञ्जा–४, कबड्डी–४, प्रेमगीत–३ र फूलबारी दर्शकको मनमा मात्र बस्न सफल भएनन्, कमाइका दृष्टिले पनि अब्बल साबित भए। यी छ चलचित्रले मात्र ६० करोड रुपियाँभन्दा बढी व्यापार गरे भने केहीले औसत व्यापार गरे।
रङ्गमञ्च क्षेत्रका लागि २०७९ साल फलदायी रह्यो। २०७८ सालजस्तो यो वर्ष रङ्गमञ्च सुस्ताएर बस्नुपरेन । वरिष्ठ रङ्गकर्मी सुनील पोखरेलदेखि अनुप बराल, निशा शर्मा, घिमिरे युवराज, अशान्त शर्मा, सुलक्षण भारती, आकाङ्क्षा कार्की, राजन खतिवडा, दयाहाङ राई, विजय बराललगायत कलाकारहरूले कोभिड–१९ बाट थलिएको रङ्गमञ्चलाई उठाउने प्रयास गर्नुभयो। २०७९ सालको अन्त्यसम्म आउँदा पनि आरोहण गुरुकुलमा ‘माक्र्स फर्किए’, मण्डलामा ‘एउटा सपनाको अवसान’ मञ्चन भइरहेका छन्।
‘चुप होइन यो समय भनेको चुम्बनको हो’ चलचित्र ‘बहाव’को प्रदर्शनअघि यो संवाद दर्शकबीच धेरै नै चर्चामा रह्यो । अझ टिकटकमा त यो संवाद भाइरल नै बनेको थियो । चलचित्र प्रदर्शनअघि नायिका सुरक्षा पन्तको १८ सेकेन्डको लामो चुम्बनको दृश्यले पनि राम्रै चर्चा बटुल्न सफल भयो ।
नेपालमा पछिल्लो समय सञ्चारकर्मबाट चलचित्र लेखन, निर्माण र निर्देशनमा आउने सञ्चारकर्मीको सूची लामै बन्दै गएको छ। पत्रकारिता गर्दागर्दै चलचित्र निर्देशनमा आउने चलन खासै नयाँ भने होइन। जानेर होस् या रहरले, सबैलाई यो पेसाले उत्साहित बनाएको छ। दिनेश डीसी, यज्ञश, सुचित्रा श्रेष्ठ, फूलमान बल, दीपेन्द्र लामा, लक्ष्मण सुवेदी, सुव्रत आचार्य, डब्बु क्षेत्री, श्रीधर पौडेललगायतका चलचित्र पत्रकारले पत्रकारिता हुँदै चलचित्र क्षेत्रमा पनि हात हाल्नुभएको छ।
कोभिड–१९ को प्रभाव कम हुँदै गएपछि बिस्तारै दर्शक तान्न थालेको नेपाली चलचित्र क्षेत्र यति बेला आर्थिक रूपमा पनि सबल हुँदै गएको छ । यद्यपि सबै चलचित्रले सोचेजस्तो व्यापार गर्न नसक्दा चलचित्र चलाउन सङ्घर्ष गर्नुपर्ने स्थिति भने छ । त्यसमा पनि केहीले एकै पटक दुई/चारवटा चलचित्र एउटै मितिमा जुधाउँदा दर्शक बाँडिने अवस्था छ । यसरी एकआपसमै भिडेर ‘जसरी पनि चलचित्र चलाउ, जसरी पनि पैसा कमाउ’ भन्ने मान्यता बोक्दा त्यसको असर कमाइ हुने पक्का छ ।
‘जोन विक’को सिक्वेल चलचित्र ‘जोन विक : च्याप्टर ४’ले अहिले चारैतिर चर्चा बटुलिरहेको छ। चलचित्रको प्रदर्शनपूर्व नै केनु रिभ्सको यस चलचित्रको ट्रेलरलाई दर्शकले धेरै मन पराएका थिए। चलचित्रको कथा अघिल्लो ‘जोन विक : च्याप्टर ३’को अन्त्यबाट सुरु हुन्छ। चलचित्रको सुरुवातमा न्युयोर्कको होटल ध्वस्त भएको देखाइएको छ; जहाँ होटलमा कार्यरत कर्मचारीको पहिला नै पद खारेजी भइसकेको हुन्छ। चलचित्रमा कलाकार मार्चेसको साथमा बिलले जोनलाई मारेर आफूलाई उत्कृष्ट साबित गर्ने प्रयास गर्नुभएको छ। एकै समयमा उहाँले आफूले बनाएको तालिकाविरुद्ध गएर पनि आफ्नो उद्देश्य पूरा गर्ने प्रयास गर्नुभएको छ।
मञ्चमा देखिने भव्य पलङ, सोफा, कलात्मक र्याक, पेन्टिङ र तस्बिरहरू नाटकका आकर्षण हुन् । यस्तै आकर्षणलाई प्रतिविम्बित गर्छ निर्देशक प्रवीण खतिवडाको नाटक ‘विमोक्ष’ले । नाटककी मुख्य पात्र रश्मिदेवी बस्नेतको वरिपरि घुमेको कथाले मानवीय चाहना र आशक्तिलाई सटिक ढङ्गले चित्रण गरेको छ ।
हलिउड र बलिउडमा जस्तै नेपाली चलचित्र जगत्मा पनि चलचित्र सिरिज बनाउने होड चलेको छ । निर्देशकहरू अहिले आफ्नो चलचित्रको सिरिज बनाएर सिनेमाघरमा दर्शक तान्ने प्रयत्नमा देखिनुभएको छ । एउटै नाम भएको फरक कथाको चलचित्र भए पनि नाम दर्शकको मुखमा भुन्डिसकेको हुनाले यस्ता नेपाली चलचित्रहरूले निर्मातालाई मनग्गे फाइदा पुग्ने गरेको उदाहरण नेपालमै पनि छ । यसका कारण सिनेमाघरहरूमा नेपाली चलचित्र हेर्ने दर्शकको घुइँचो लाग्नु नै हो । केही समय सुस्ताएको चलचित्र बजार अहिले एकाएक माथि उठेको छ । चलचित्र ‘छक्का पञ्जा ४’ यसको राम्रो उदाहरण हो ।
संसारलाई नै हल्लाएको कोभिड–१९ बाट अछुतो रहेको कुनै क्षेत्र थिएन । कोभिडका कारण अधिकांश क्षेत्रको अवस्था उकालोतर्फ धकेलिएको थियो । यसको असरबाट नेपाली रङ्गमञ्च पनि बच्ने कुरै भएन । स्थिति कस्तोसम्म आएको थियो भने रङ्गमञ्चमा आश्रित कतिपय यस क्षेत्रबाट पलायन हुने अवस्था थियो । अहिले समय फेरिएको छ । हिजोका ती तिता अतीतलाई अहिले रङ्गकर्मीले बिर्सिसकेका छन् ।
अपराधीका समूहको कथामा आधारित चलचित्र ‘कब्जा’ द्वन्द्व र ‘ड्रामा’ चलचित्र मन पराउने दर्शकका लागि एक मनोरञ्जक चलचित्र साबित हुन सक्छ । यस चलचित्रबाट निर्माता आनन्द पण्डितले ‘डेब्यु’ गर्नुभएको छ । चलचित्रमा उपेन्द्र, किच्चा सुदीप, शिव राजकुमार पहिलो पटक एकसाथ ठूलो पर्दामा सँगै देखिनुभएको छ । कन्नड स्टार उपेन्द्रको यो पहिलो चलचित्र हो, जुन तमिल, तेलगु र मलायालमका साथै हिन्दीमा पनि प्रदर्शन भइसकेको छ । चलचित्रको कथा चालीसको दशकबाट सुरु भएर करिब चार दशकको लामो यात्रा तय गर्छ । चलचित्रमा उपेन्द्र अन्डरवल्र्ड डन अर्केश्वरको भूमिकामा देखिनुभएको छ । एक इमानदार वायुसेना अधिकृतबाट परिस्थितिवश अन्डरवल्र्ड डन बन्ने अर्केश्वरको जीवनलाई पर्दामा उतारिएको छ । त्यस्तै अर्कोतर्फ बेलायती सरकारले अर्केश्वरलाई मार्ने जिम्मा प्रहरी अधिकृत किच्चा सुदीपलाई दिएको हुन्छ ।
छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट राष्ट्रिय फिचर फिल्म बन्न सफल भएको छ । महोत्सवमा चलचित्र ‘प्रकाश’बाट प्रदीप खड्का उत्कृष्ट अभिनेता तथा दिया मास्के उत्कृष्ट अभिनेत्री बन्नुभएको छ । चलचित्र ‘ऐना झ्यालको पुतली’बाट सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड हात पार्नुभयो ।