बोमलाल गिरी
नवलपुर, चैत १९ गते । नवलपुर उद्योग वाणिज्य संघको अध्यक्षमा बुद्धिसागर पोख्रेल निर्वाचित हुनु भएको छ । नयाँ नेतृत्व चयनका लागि बुधबार निर्वाचन भएकोमा बिहीबार बिहान मत गनेर सकिएको थियो । अध्यक्ष पदका अर्का उम्मेदवार भेषबहादुर अधिकारलिाई पराजित गर्दै पोख्रल निर्वाचित हुनु भएको हो । पोख्रेलले ४४७ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी अधिकारीले दुई सय १२ मत पाउनुभयो ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा बालकृष्ण पाण्डे, प्रथम उपाध्यक्षमा गोविन्द बहादुर क्षेत्री, द्धितिय उपाध्यक्षमा दिपक चन्द्र भट्टराई, महासचिवमा रमेश अधिकारी, उपमहासचिवमा प्रेम नारायण पाण्डे र कोषाध्यक्षमा गणेशबहादुर आचार्य निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य बालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
सदस्यहरुमा कृष्णकुमार गिरी, गंगादेवी महतो, गोपाल सिर्पाली, सरला खनाल र दिपक भट्टराई निर्वाचित हुनुभयो । महिला सदस्यमा दुर्गा ढुंगाना र दुर्गा रिजाल निर्वाचित हुँदा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नारायण प्रसाद लम्साल निर्वाचित भएको घिमिरेले जानकारी दिनुभयो ।
नयाँ नेतृत्वका लागि दुई समूह प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा थिए । एक हजार २१२ मतदाता रहेको संघमा ६७९ मत खसेको थियो । उद्योग वाणिज्य संघका लागि नवलपुरमा पहिलो पटक मतदान भएको हो ।