काठमाडौँ, माघ २० गते । भारतीय चलचित्र क्षेत्रका निर्देशक सञ्जयलीला भन्सालीले दीपिका पादुकोण र रणवीर सिंहलाई लिएर ‘रामलीला’ निर्माण गर्नुभयो । चलचित्रको नामलाई लिएर भारतमा चर्काे विरोध भयो । निर्देशक भन्सालीले पछि चलचित्रको नाम परिवर्तन गरेर ‘गोलियो की रासलीला’ राख्नुभयो । चलचित्रको नामलाई लिएर राजपुत समुदायले विरोध गरेको थियो । नेपालमा पनि अहिले चलचित्रको नामलाई लिएर धेरै बखेडा हुन थालेको छ । नाममा के राखेको छ भने झैँ धेरैले यसलाई प्रचार र स्टन्टबाजीका रूपमा प्रयोग गरेको देखिन्छ । हालै मात्र चलचित्रको नाममा विवादमा परेको ‘एक्टर ः टेक वन’ ले चलचित्रको नाम चोरेको भनेर विवाद खेप्नु प-यो । ल्होसार पर्वको दिनबाट प्रदर्शनमा आउने भनिएको चलचित्र शुव्रmबार मात्र प्रदर्शनमा आयो र त्यो पनि भित्रि मिलेमतोमा । अब यसलाई स्टन्टबाजी नभनेर के भन्ने ।
निर्देशक ज्ञानेन्द्र देउजा भन्नुहुन्छ, ‘एक्टर’ र ‘एक्टर ः टेक वन’ को विवाद केवल स्टन्टबाजी गर्न मात्र हो । आखिर चलचित्र शुव्रmबारबाट प्रदर्शनमा आउने नै भएपछि किन यस्तो नाटक गरेको, उहाँको प्रश्न थियो । उहाँले थप्नुभयो, “यो सबै चलचित्रप्रति दर्शकलाई आकर्षित गर्ने फन्डा मात्र हो । फेरि यो पहिलो होइन नाममाथिका विवाद त धेरै आएका छन् ।”
झरना थापा निर्देशित चलचित्र ‘एक भगवत् गीता’ पनि नामका कारण विवाद परेको थियो । चलचित्रको नाम परिवर्तन गर्नुपर्ने माग आध्यात्मिक विकास समाज, हिन्दु जागरण नेपाल र विश्व हिन्दु युवा सङ्घ अन्तर्राष्ट्रिय समितिले गरेका थिए । ‘भगवत् गीता’ नाम राख्दा धार्मिक भावनामा चोट पुग्ने भन्दै विवाद भएपछि नाम परिवर्तन गरेर ‘एक भागवत र एक गीता’ राखिएको थियो ।
चलचित्र लेखक अभिमन्यु निरवीको भनाइमा चलचित्रको एउटै नाम हुनु कदापि राम्रो होइन । त्यसले चलचित्रको प्रचारदेखि लिएर सबै कुरामा अवश्य नै अप्ठ्यारो बनाउँछ । सामान्य थपिएका अक्षरको नामले खासै फरक पार्ला जस्तो मलाई लाग्दैन, उहाँले भन्नुभयो, “यो संसारमा चलिरहेकै ट्रेन्ड पनि हो,” उहाँले थप्नुभयो, “कथा राम्रो बनाउने हो, काम राम्रो गर्ने हो । एक÷दुई अक्षरले नाममा केही फरक होला जस्तो लाग्दैन । चलचित्रको प्रदर्शन रोकिनाले घाटा अवश्य हुन्छ,” उहाँको भनाइ छ । उहाँ थप्नुहुन्छ, “यो व्यक्तिगत इगो र सल्लाहकारको करामत हो । यति सानो कुराका लागि चलचित्रको प्रदर्शन नै रोकिनु लज्जासपद कुरा हो । यसले चलचित्र निर्मातालाई त ठुलै घाटा लाग्छ । चलचित्र विकास बोर्डमा दर्ता गर्दा त्यहाँ हजारौँ नाम हुन्छन् । एक्टर ः टेक वनको हकमा दुई÷तीन वटा नाम फरक छ भनेर छाडिएको हुन सक्ने उहाँको ठम्याइ थियो ।
यसरी चलचित्रमा नाम जुधेको योे पहिलो पटक भने होइन । पहिला पनि चलचित्र ‘मेरो हजुर’ को नाम परिवर्तन गरेर ‘ए मेरो हजुर’ बनाइएको थियो । त्यस्तै ‘परशुराम’ लाई ‘जय परशुराम’, ‘भोले’ लाई ‘जय भोले’, ‘डन’ लाई ‘मिस्टर डन’, ‘टक्कर’ लाई ‘टक्कर दुई मुटुको’ बनाइएको थियो ।
चलचित्र क्षेत्रमा नामकै कारण समय समयमा खैलाबैला भइरहन्छ । फेरि नाम भनेको एउटा चलचित्रकर्मीका लागि निकै महìवपूर्ण कुरा पनि हो । नामले नै चलचित्रको कथालाई चिनाउने काम पनि गर्छ । चलचित्र ऐन, २०२६ को नियमावली, नियम १७ को ‘क’ मा ‘कसैले पनि अन्य इजाजत प्राप्त गरेको चलचित्रको नामसँग मिल्ने गरी सो चलचित्र जाँच भएको मितिले १० वर्षसम्म अर्को चलचित्र बनाउन पाइँदैन’ भनेर उल्लेख गरिएको छ । यति हुँदाहुँदै यहाँ यस्ता विवाद आउन भने छाडेका पनि छैनन् र छाड्दैनन् ।