• २२ जेठ २०८२, बिहिबार

मनसुन सम्बन्धी जोखिमबाट सुरक्षित रहन स्थानीय प्रशासनको आग्रह

blog

जिल्ला प्रशासन कार्यालय हुम्लाको भवन । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, जेठ २० गते । देशमा यस वर्षको मनसुन भित्रिसकेको अवस्थामा सम्भावित यसबाट हुनसक्ने जोखिमबाट सुरक्षित रहन स्थानीय प्रशासनले अनरोध गरेको छ । हालसम्म जिल्लामा पाँच स्थानमा बाढी पहिरो गई सकेकोले यस वर्ष मनसुनवाट बढी नै क्षती हुने मौसम पूर्वानुमान महाशाखाको भविष्यवाणी आएको कारण जिल्लावासीलाई यसबाट सजग रहनका लागि आग्रह गरिएको हो ।

यस वर्ष पूर्वी नेपाालमा नेपालबाट यस वर्षको मनसुन नेपालम भित्रिसकेको अवस्था र जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाबाट पनि यस वर्ष सरदर भन्दा बढी नै वर्षा हुनसक्ने अनुमान गरिएको सन्दर्भमा यसरी मनसुन जन्य विपदबाट सुरक्षित रहनका लागि सम्पुर्ण जिल्लावाासीलाई अनुरोध र आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । 

महाशाखाले मनसुन सम्बन्धी जोखिमबाट चार लाख पचास हजारभन्दा बढी घरपरिवारमा बीस लाख व्यक्ति प्रभावित हुन सक्ने अनुमान गरेको कारण पनि जिल्लावासी सबैले सजग र सचेत रहनुपर्ने उहाँको भनाइ छ । मनसुनको समयमा उत्पन्न हुनसक्ने जोखिमबाट आफु सुरक्षित रहन र अरूलाई पनि सुरक्षित राख्न सहयोग गर्न समेत उहाँले एक पत्र मार्फत अनुरोध गर्नुभएको छ । 

त्यसैगरी मनसुनका कारण बाढी पहिरो आई धनजनको क्षती समेत हुन सक्ने हुँदा वर्षा, बाढी र पहिरोबाट जो कोही पनि प्रभावित जो कसैलाई जानकारी प्राप्त हुना साथ प्रभावितको खोजी, उद्धार लगायतका सम्बन्धी प्रतिकार्यका लागि नजिकैको प्रहरी एकाइ, स्थानीय विपद व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीलाई तत्कालै सुचना गर्न समेत उहाँले पत्र मार्फत आग्रह गर्नु भएको छ । 

यसवर्ष मनसुन नभित्रिदै जिल्लाभर पाँँच स्थानमा बाढी पहिरो गएर क्षती भई सकेको अवस्था रहेको छ । जिल्लावासी सबैलाई यसबाट सचेत र सजग रहनका लागि यो आग्रह गर्नु परेको उहाँले बताउनुभयो ।