सधैँ एक्सन कटमा रमाउने कलाकारले यस पटक दसैँमा भरपुर मनोरञ्जन गरेका छन् । आफ्ना परिवारसँग जमघट गरी मिठा मिठा परिकार खाने र टीका जमरामा रमाउने त छँदै छ, केही कलाकारले हलमा चलचित्र हेर्न आएका दर्शकसँग पनि टीका लगाए ।
दसैँ हरेक वर्ष परिवर्तित हुँदै गइरहेको संस्कृतिविद् गोविन्द टन्डन बताउनुहुन्छ । उहाँका अनुसार अलिकति पाको उमेरकाले दसैँ पुरानो शैलीको भएन भन्ने गुनासो गर्छन् ।
चाडपर्वको मौका छोपेर आफ्नो चलचित्र चलाउन कसलाई रहर नहोला ? त्यसमाथि दसैँतिहारको समय । निर्देशक/निर्माताबिच हरेक वर्ष आफ्नो चलचित्र चलाउने होडबाजी नै चल्छ ।
अहिले सामाजिक कथामा चलचित्र बन्नु कुनै नौलो कुरा होइन । चलचित्र सानोसंसार, खुस्मा र आँखाले सामाजिक कथा पकडेको थियो । त्यही लयलाई समातेको छ कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनीत चल
बलिउडमा साउथका चलचित्रहरू अहिले राम्रो चर्चा बटुलिरहेको छ । राम्रो कथा, भव्य सेट, एक्सन र कलाकारको अभिनयले बलिउडमा मात्र होइन हलिउडमा पनि चर्चा बटुल्न थालेको छ ।
कला एउटा निरन्तरको लगनशीलता हो । त्याग र तपस्या हो । त्यसैले त कला बहुमूल्य छ । कलाकारको मेहनत र सिर्जनाको मोलतोल गर्न भने कठिन छ ।
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नाम र दाम कमाएर नेपाल भित्रिएको ‘शाम्भाला’ नेपाली चलचित्रघरमा प्रदर्शन भइरहेको छ ।
बितेको वर्ष चलचित्र ‘रावायण’ विवादमा पर्दा नायक अनमोल केसी पक्राउ परेका थिए । ‘आपराधिक विश्वासघात’ सम्बन्धी कसुरमा केसीलाई पक्राउ गरिएको थियो ।
छ वर्षअघि २०१८ मा प्रदर्शन भएको चलचित्र ‘स्त्री’ र २०२४ मा प्रदर्शनमा आएको ‘स्त्री २’ खासै भिन्नता देखिँदैन । पहिलो स्त्रीमा नायिकाले गाउँलाई तर्साइरहेकी थिइन् । यस पटक एउटा टाउको काटिएको आदमखोर जस्तो मान्छेले गाउँलेलाई त्रसित बनाइरहेको छ । अमर कौशिक निर्देशित यी दुवै चलचित्रमा कलाकार पनि खासै फेरिएका छैनन् । राजकुमार राव, श्रद्धा कपुर, अभिषेक बनर्जी, अपारशक्ति खुराना र पङ्कज त्रिपाठी पुरानै अनुहार हुन् । अहिलेको कथामा गाउँलाई आतङ्कित बनाउन एउटा पात्रलाई उभ्याइएको छ र चलचित्र त्यही पात्र वरपर घुम्छ ।
नाटक ‘काँचो धागो’ मा गण्डकी प्रदेशमा बोलिने बोलचालको भाषादेखि लिएर मगर जातिको ठाडोभाकाको लोकगीत, सङ्गीत र नृत्यका साथै गन्धर्वको गीतको मौलिकता भल्किन्छ । समाजमा देखिने समाजिक बेथितिलाई नाटकमा पेचिलो ढङ्गमा पस्कन माहिर निर्देशक तथा लेखक आशान्त शर्माले यस पटक पनि नाटक ‘काँचो धागो’ मार्फत दर्शकलाई भावनामा बग्न बाध्य बनाएका छन् । काठमाडौँको टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको नाटकमा मानवीय स्वभाव, सम्बन्ध, भावना, चाहनालाई प्रकृति तथा वातावरणसँग जोड्न खोजिएको छ ।
काठमाडौँस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘गाईजात्रा महोत्सव २०८१’ मा विभिन्न हास्य कलाकारले सहकारी मुद्दादेखि राजनीतिक गतिविधिसम्मका कुरालाई व्यङ्ग्यात्मक शैलीमा आआफ्नो प्रस्तुति दिनुभएको छ । देशमा भएका मुख्य घटनाक्रमदेखि विभिन्न मुद्दालाई हास्यव्यङ्ग्यात्मक प्रस्तुतिमा हास्य कलाकारले आफ्नो प्रस्तुति दिइरहेका छन् । वर्षभरि राजनीतिमा भएको खिचातानी र जनताले दिनहुँ जसो भोगेका समस्या ‘गाईजात्रा महोत्सव २०८१’ मा देखाइएको छ । महोत्सवमा कलाकारको प्रस्तुति भिन्न भए पनि त्यसमा देखिएका विषय भने एउटै जस्तो लाग्छ । सबैको व्यङ्ग्य राजनीतिमा अड्किएको देखिन्छ ।
हास्यव्यङ्ग्य पर्व ‘गाईजात्रा’ लाई लक्षित गर्दै यससम्बन्धी सामग्री बजारमा आउने क्रमसँगै प्रहसन पनि सुरु भएको छ । एउटा समय गाईजात्रा आउनु एक महिनाअघिदेखि नै यसको रिहर्सलमा जुट्ने गर्थे तर त्यो अहिले बोलीमा मात्र सीमित भएको छ । कलाकार दीपकराज गिरी चलचित्र निर्माणमा आबद्ध भएदेखि टेलिशृङ्खला र गाईजात्राका प्रहसनमा सहभागी छैनन् । गिरीसहित केदार घिमिरे, जितु नेपाल, किरण केसी यस पटक पनि कुनै समूहसँग जोडिएका छैनन् । यस पटक कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ को टिम र मनोज गजुरेलको टिमले राष्ट्रिय नाचघर र प्रज्ञा–प्रतिष्ठानमा गाईजात्रा प्रहसन देखाइरहेका छन् । गाईजात्रामा स्टेज सोहरू नभए पनि अधिकांश कलाकारका हँसाउने मसला राजनीतिक र सामाजिक विषय हुने गर्छ । युट्युब च्यानलबाटै भए पनि धेरै जसो कलाकारले देश चलाउने नेता, सांसदका गतिविधिलाई व्यङ्ग्यको तारो हान्दै दर्शकलाई पेट मिचिमिची हँसाउने काममा देखिन्छन् ।
चलचित्र ‘उलझ’ को कथा पुलिस अफिसर सुहाना भाटिया (जान्हवी कपुर) को हो, जसको परिवार सधैँ देशभक्तिको परम्परा पालना गर्ने आधारमा मात्र चल्ने गर्छ । यसका साथै उनीमाथि नातावादका कारण जागिर पाएको आरोप लगाइन्छ । उनी जासुस भएको र गोप्य सूचना चुहावट गरेको पनि आशङ्का गरिन्छ । अन्ततः जान्हवी यी चिजमा यति फस्छिन् कि उनी आफैँ तिनीहरूलाई सामना गर्न अघि बढ्नुपर्ने अवस्था आउँछ । त्यसैले पनि उनी निकै चिन्तित देखिन्छिन् । उनको यही कामका कारण उनी व्यक्तिगत षड्यन्त्रको सिकार बन्न पुग्छिन् । उनको भविष्य नै धरापमा पर्ने अवस्थामा हुन्छ ।
नेपाली गीति परम्परामा तिज गीतको बेग्लै महत्व छ । तिजका बेला माइतीमा भेला भएका महिलाले चोक, चौतारी, देउराली हुँदै घरआँगनमा नाचगान गर्दै तिज गीत गाउने परम्परा हाम्रो हो तथापि तिज गायनमा व्यावसायिक सङ्गीतको प्रवेश भएपछि तिज गीतमा समेत परिवर्तन देखा पर्न थाल्यो । रेडियो, क्यासेट प्लेयर, टेलिभिजन हुँदै अहिले युट्युब च्यानलबाट दर्शक/श्रोतासम्म तिज गीत पुग्न थालेको छ । विश्वव्यापी युट्युब सञ्जालमा तिज आउनु एक महिनाअघि नै अनेक रङ्गढङ्गका गीत ‘अपलोड’ गरिएका छन् । तिनै गीत अहिले चोक, चौतारी र घरआँगनमा घन्किन थालिसकेका छन् ।
सांस्कृतिक पर्वका रूपमा रहेको गाईजात्रामा व्यङ्ग्यविनोदको महत्व उच्च छ । सांस्कृतिक रूपमा नै व्यङ्ग्यविनोदलाई गाईजात्राका बेला अपनाइँदै आइएको हो । नेपालको सन्दर्भमा गाईजात्रे हास्यव्यङ्ग्यलाई कलाकारले पेसाकै रूपमा अघि बढाउँदै लगेको पाइन्छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ३० को दशकमा सुरु गरेको गाईजात्रे कार्यक्रम राष्ट्रिय नाचघर, राष्ट्रिय सभागृह र प्रज्ञा–प्रतिष्ठानका भवनमा महिनौँ दिनसम्म सञ्चालन हुने गरेका थिए । गाईजात्राको दुई महिनाअघि नै बजारमा क्यासेट चक्काको बिक्री ह्वात्तै बढ्थ्यो । अहिले ती सबै इतिहासका कथा बने । हास्य कलाकार दीपाश्री निरौलाका अनुसार गाईजात्राको महत्व पञ्चायतकालमा एकदमै धेरै थियो तर अहिले ३६५ दिन नै गाईजात्रा नै गाईजात्रा छ । सामाजिक सञ्जालमा गाईजात्रे प्रवृत्तिबाहेक केही देखिँदैन ।