राम्रो कविता लेख्दा कसलाई सुनाउने होला भनेर अब भौँतारिँदै हिँड्नु पर्दैन । अहिले आफूले सिर्जना गरेका कविता पुस्तकमा प्रकाशन नहुँदै सुनाउन सकिन्छ । औपचारिक कार्यव्रmम गरेर नै कविले एकल कविता वाचन गर्ने गरेका छन् । विभिन्न मेला महोत्सवमा समेत चलचित्रका पर्दामा देखिने कलाकारभन्दा कविलाई प्रत्यक्ष हेर्न र सुन्न चाहनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । केही वर्षयतादेखि श्रोता र पाठकको अभावमा साहित्यकारले मन खिन्न पार्न पर्ने अवस्थाको अन्त्य भएको छ । राम्रा रचना र सिर्जनालाई कार्यव्रmमस्थलले नै ठुलो चौतारी उपलब्ध गराएको छ ।
विश्वमा देखिएको आर्थिक मन्दीको असरले अरू क्षेत्र झैँ चलचित्र क्षेत्रलाई नराम्ररी प्रभाव पारेको छ । कुनै बेला हलमा चलचित्र हेर्ने दर्शकको चाप हुन्थ्यो भने अहिले हल खाली देखिन्छन् । नेपाली चलचित्र होस् वा हलिउड, बलिउड हलमा केवल पाँचदेखि १० प्रतिशत दर्शक मात्र भेटिने गरेको अनुभव चलचित्र हल व्यवसायीको छ ।
एउटा कलाकारका लागि उसले देखेको, भोगेको र सुनेको कुरा नै सिर्जनाका स्रोत बन्ने गर्छन् । चित्रकार रवीन्द्र श्रेष्ठले डुङ्गामार्फत् समाजमा प्रत्यक्ष भोगेका अनुभव र देखिएका दृश्यलाई समेटेर समाजका अरू मान्छेसामु ल्याउने कोसिस गर्नुभएको छ । नेपालमा २०५२ सालदेखि चलेको माओवादी जनयुद्ध, रोल्पा रुकुमको दलित लाइभ म्याटर, जर्ज फ्लोइडको घटना, ब्लाक लाइभ म्याटर, रसिया–युक्रेनको चलिरहेको युद्ध उहाँका लागि राम्रा विषयवस्तु भएका छन् । रवीन्द्रको औँठाछाप सिरिज यही युद्ध–शान्ति, मानवीय संवेदना, एकतामाथि चल्दै आएका कलाका विषयवस्तु हुन् ।
एउटा समय थियो, जुन बेला कलाकारलाई आफूले सिर्जना गरेको चित्रकलाबाट जीविकोपार्जन गर्न निकै गाह्रो हुने गथ्र्याे । आफ्नो कलाको प्रचारप्रसार गर्न उपयुक्त माध्यमको अभाव, कला चेतनाको कमी र यसको प्रवर्धनका लागि सङ्गठित निकायको अभावले कलाकार आफ्ना सिर्जना सिरानीमा थन्क्याउन बाध्य हुन्थे । अहिले भने समय बदलिएको छ । चित्रकलाले राम्रो बाटो समातेको छ । अहिले चित्रकला हजारौँ मात्र होइन, लाखौँ रुपियाँमा बिक्री हुन थालेका छन् । कुनै पनि कार्यशालामा होस् या ग्यालरीमा; चित्र किन्न र हेर्न आउनेको जमात ह्वातै बढेको छ, बढ्दै छ । चित्रकला प्रदर्शनीमा ढिला गरी जाँदा धेरै जसो चित्रकला बिक्री भइसकेका हुन्छन् ।
चिसो बढेसँगै चलचित्र हलमा नेपाली चलचित्रको खडेरी लागेको छ । दसैँतिहारमा जुन सङ्ख्यामा नेपाली चलचित्र प्रदर्शनमा आएका थिए, त्यसपछि हलमा नेपाली चलचित्र एकदमै न्यून देखिन थालेका छन् । दसैँपछि चलचित्र ‘बासेन्जी’, ‘दिमाग खराब’, ‘जम्प’ र ‘दुई कदम’ प्रदर्शनमा आए । ‘दिमाग खराब’ बाहेक अन्य कुनै चलचित्रले बक्स अफिसमा सोचे जस्तो कमाइ गर्न सकेनन् ।
बिदेसिनु युवाको रहर होइन, बाध्यता हो । त्यसमा पनि जो कोही युवालाई एक पटक विदेशको यात्रा गर्ने रहर मनभित्र जागेकै हुन्छ । विदेश जाने बाटो जस्तोसुकै किन नहोस्, विदेश जाने लक्ष्य मनमा बोकेपछि त्यसलाई कसैले रोक्न सक्दैन । विदेश जानका लागि अध्यागमन परामर्शदातालाई भेट्न आउनेहरू ‘डन्की’ शब्दसँग पक्कै परिचित होलान् तर सर्वसाधारणलाई भने नौलो लाग्न सक्छ । विदेश जान दुई वटा बाटो छन्, एउटा वैध र अर्को अवैध बाटो, जसलाई डन्की पनि भनिन्छ ।
सन् २०२३ मा धेरै बलिउड कलाकारले आफ्नो पेसामा पुनरागमन गरे र कतिपय ठुलो पर्दामा आफ्नो प्रभुत्व जमाउन सफल पनि भए । कतिपय चलचित्रले विश्वव्यापी रूपमा एक अर्बभन्दा बढीको व्यापार गरे भने केही बक्स अफिसमा मात्र सीमित रहे । यो वर्ष बलिउड कलाकारका लागि निकै विशेष रह्यो । कोरोना महामारीपछि बलिउड चलचित्रले बक्स अफिसमा औसत व्यापार गरिरहेका थिए तर सन् २०२३ को सुरुवातसँगै केही कलाकार यसरी जुर्मुराउँदै आए कि उनीहरूले कोरोनाकालको खडेरी पूर्ण रूपमा समाप्त गरिदिए ।
कुनै समय चलचित्र ‘पिँजडा’ का लागि नायक निखिल उप्रेतीले साततलाबाट हामफालेको दृश्यलाई सम्झँदा अझ पनि धेरै दर्शकको आङ सिरिङ्ग बनाउँछ । त्यो बेला एक्सनमय चलचित्रले जहाँ पनि दर्शकलाई तान्थ्यो र दर्शकको ध्यान एक्सनमय चलचित्रमा नै अडिएको हुन्थ्यो । त्यतिबेला चलचित्रमा राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट, शिव श्रेष्ठको एक्सनका दृश्यले धेरै प्रभुत्व जमाएको थियो ।
केही समययता एक्सन चलचित्रले लगातार विश्वभरका बक्स अफिसमा तहल्का मच्चाइरहेका छन् । यो अवसरलाई सदुपयोग गर्न चलचित्रकर्मी पनि पछि परेका छैनन् र हलमा एकपछि अर्को एक्सन चलचित्र प्रदर्शन भइरहेका छन् । ‘बाहुबली’, ‘केजिएफ’ ‘आरआरआर’, ‘पठान’ ‘जवान’ र ‘टाइगर थ्री’ एक्सनमय चलचित्रमा कोसेढुङ्गा नै साबित भए । त्यसयता यो प्रवृत्ति यसरी जारी छ कि रोकिने कुनै सङ्केत नै देखिँदैन ।
नेपाली चलचित्रमा एक समय नायक राजेश हमालको निकै चर्चा हुने गथ्र्याे तर पछिल्ला दिनमा हमालको खासै चर्चा छैन । कहिले भुवन केशी त कहिले शिव श्रेष्ठले पनि नेपाली सिने जगत्मा उत्तिकै चर्चा कमाएकै हुन् । केही वर्षयता नयाँ नायकहरूको नेपाली चलचित्र क्षेत्रमा प्रवेश त भएको छ तर खासै चर्चामा नआई सेलाउनेको सङ्ख्या अधिक छ । अचेल चलचित्रमा बढी अनुबन्धित हुने नायकमा दयाहाङ राई देखिएका छन् ।
‘बोधिसत्व’ कसैको नराम्रो नसोची, सबैको चित्त बुझाई, राम्रो बोधिज्ञान प्राप्त भई बोधिसìव मार्गमा पुग्न सकिन्छ भन्ने कथामा आधारित नाटक हो । मानिसले आफ्नो भोगविलास र तृष्णाका लागि अनेकौँ राम्रा र नराम्रा काम गरेर अकुत सम्पत्तिको जोहो गर्ने तर वास्तविक र कहिल्यै नास नहुने सम्पत्ति भनेको बोधिसत्व प्राप्त गर्नु हो भन्ने कुरा नाटकमा उजागर गर्न खोजिएको छ ।
बाल्यकालमा जो कोही बच्चा पनि कमिक्सको प्रशंसक हुन्छन् । हामी सबैसँग कमिक्सका सम्बन्धित बाल्यकालका सुन्दर सम्झना छन् । यदि कमिक्सकै सेरोफेरोमा चलचित्रलाई पर्दामा ल्याइयो र त्यो पनि पुरानै शैलीमा बन्यो भने कस्तो होला ? निर्देशक जोया अख्तरद्वारा निर्देशित चलचित्र ‘द आर्चिज’ कमिक्स किताबको संस्करण हो । शाहरुख खानकी छोरी सुहाना खान, बोनी कपुर–श्रीदेवीकी छोरी खुसी कपुर र अमिताभ बच्चनका नाति अगस्त्य नन्दाले यसै चलचित्रबाट आफ्नो अभिनयको सुरुवात गरेका छन् । चलचित्र ६० को दशकको मित्रता, प्रेम र भावनाको कथा हो । चलचित्रमा एङ्ग्लो–इन्डियनको अनेकन भाइब्स सुन्दर रूपमा देख्न सकिन्छ ।
केही वर्षअघिसम्म पनि रङ्गमञ्चमा दर्शकको भिड कमै मात्रामा देखिन्थ्यो । चलचित्र हलतिरै दर्शक धेरै हुन्थे तर अहिले समय परिवर्तन भएको छ । नेपाली रङ्गकर्ममा उत्साह छाउन थालेको छ । नाटक हेर्ने संस्कृतिको विकास भएको छ । वरिष्ठ नाट्यकर्मी तथा सर्वनाम नाट्य समूहका अध्यक्ष अशेष मल्ल युवा पुस्ताका रङ्गकर्मीको सक्रियताले नै नाटक जुर्मुराएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “रङ्गमञ्चमा युवाको आगमनसँगै उत्साह थपिएको छ, आशाको दियो बलेको छ । नाटक हेर्न आउने दर्शक पनि युवा पुस्ता नै छन् । यसले रङ्गमञ्चमा खुसी पक्कै ल्याएको छ ।”
काठमाडौँको मौसम चिसिएसँगै नेपाली चलचित्रको व्यापार पनि चिसिन थालेको छ । एक त जाडो मौसम त्यसमाथि नयाँ राम्रा चलचित्र खासै प्रदर्शनमा आएका छैनन् । यो क्रम कहिलेसम्म जारी रहने हो भन्ने कुरा न कलाकारहरू भन्न सक्छन्, न हल सञ्चालक नै । दसैँतिहारको अवसरमा नेपाली चलचित्रले राम्रो व्यापार गरेको थियो । ‘परदेशी २’, ‘पशुपति प्रसाद २’, ‘भस्मे डन’ र ‘दिमाग खराब’ लाग्दा दर्शकहरूले हल भरिभराउ भएका थिए । त्यसअघि ‘नाङ्गो गाउँ’ र ‘एक भागवत एक गीता’ ले पनि दर्शकको साथ राम्रै पाएको थियो । चाडपर्वमा बिदाको फाइदा उठाउँदै धेरै चलचित्रले लगानी उठाउन सफल भएका छन् तर अहिले जाडो मौसमले गर्दा पनि हलहरू खासै भरिभराउ देखिँदैनन् ।
मृत्यु र समय चक्रको विषयमा केन्द्रित नाटक ‘काल’ ले आर्थिक मन्दीको विषय छुँदै मानव जीवनमा पारिरहेको मनोवैज्ञानिक असरलाई प्रस्तुत गर्न खोजेको छ । काल अर्थात् मृत्यु र समय चक्र । नाटकले यी दुवै पक्षलाई छुने प्रयास गरेको छ । नाटक एक सामाजिक कथा हो, जहाँ हामी नाटकभित्र कहीँ न कहीँ आफूलाई पाउँछौँ । आर्थिक मन्दी र प्राकृतिक तथा सामाजिक कारणले मनोवैज्ञानिक रोगको सिकार भएका व्यक्ति जो आफूलाई केही गर्न नसक्ने ठानेर आत्महत्याको बाटो रोज्छन् तर आत्महत्याको प्रयास कतै सफल हुँदैन ।