चलचित्र सम्पादन प्राविधिक काम हो । दृश्य सम्पादकले चलचित्र काट्न र जोड्ने कामको कलाकुशलताले मात्र चलचित्रमा निखारता आउँछ । चलचित्रको जति राम्रो नायक, नायिकाको सहभागिता र छायाङ्कन सुन्दर तरिकाले गरे पनि दृश्य सम्पादनको काम गुणस्तरीय हुन सकेन भने कथाकारले सोचे जस्तो अनि निर्देशकले कल्पना गरे जस्तो चलचित्र नबन्न सक्ने सम्भावना उत्तिकै रहने गर्छ । चलचित्रका पटकथा, गीत, सङ्गीत जति मिलेका र जनजिब्रोमा झुन्डिने खालका भए पनि उपयुक्त स्थानमा उपयुक्त दृश्य राख्न नसकिएको खण्डमा चलचित्र चाहे अनुसार उत्कृष्ट बन्न नसक्ने चुनौती सधैँ रहने गर्छ । त्यसैले चलचित्रको अन्तिम नायक, कलाकार अनि गीतकार नै दृश्य सम्पादक हो भन्दा फरक पर्दैन तर तिनै प्राविधिक व्यक्तिले पाउने सेवासुविधा भने निकै कम भएको गुनासो आउन थालेको छ । चलचित्र सम्पादन कलाको विशिष्ट रूपमध्येको एक भएको चलचित्र सम्पादक रजनीनाथ पन्त बताउनुहुन्छ ।
पाँचदिवसीय बागमती प्रदेशस्तरीय ललितकला प्रदर्शनी–२०८० मा कलाकार टासी सलका शेर्पाको स्थापना कलाले धेरैको ध्यान खिच्न सफल भएको छ । प्रदर्शनीमा ट्याटु कला र स्थापनाको अद्वितीय मिश्रण मिसिएको छ । ‘मरी लानु के छ र ? के साथमा लिएर जाने छौँ ?’ उक्त श्मशानमा सुताइएको व्यक्तिले स्थापना, मृत्युदर र भौतिक सम्पत्तिको नश्वरताको विश्वव्यापी विषयवस्तुलाई समाहित गर्ने कोसिस गरेको छ । ट्याटु र घाउको दागले सजिएको उक्त लास ओछ्यानमा आराम गरेको चित्रको मार्मिक चित्रणको माध्यमबाट कलाकृतिले दर्शकलाई जीवनको क्षणिक प्रकृति र अमूर्त विरासतको स्थायी महत्वलाई चिन्तन गर्न चुनौती दिन्छ ।
हलिउडमा मूलधारका चलचित्र थ्रिडीमा निर्माण हुने गरेका छन् तर बलिउड र कलिउडमा भने अझै निर्देशक÷निर्माताले थ्रिडी चलचित्र निर्माणमा खासै आँट गर्न सकेको देखिँदैन । बलिउडमा छोटा चेतन, हन्टेड, रावन, डन २ जस्ता चलचित्र थ्रिडीमा बने तर खासै चर्चा बटुल्न भने सकेन । नेपाली चलचित्र पनि थ्रिडीमा खासै चलचित्र निर्माण भएका छैनन् । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘भिजिलान्ते’ थ्रिडीमा निर्माण भएको एक मात्र चलचित्र हो तर सो पनि चलचित्रले खासै सफलता हात पार्न सकेन ।
आज मार्च २७ अर्थात् विश्व रङ्गमञ्च दिवस । सन् १९६१ देखि अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्टिच्युटले यो दिवस मनाउन थालेको हो । ‘शान्तिका लागि कला’ भन्ने मूल नारासहित मनाउन लागिएको यो दिवसले रङ्गकर्मीलाई अझै पनि खासै छुन सकेको छैन । पछिल्लो समय युवा पुस्ताको आकर्षण रङ्गमञ्चमा बढ्दै गए पनि रङ्गमञ्चलाई भविष्यको बाटो बनाएर हिँडेका रङ्गकर्मीको आर्थिक अवस्था भने अझै सुधार हुन सकेको छैन । नाटकमा अभिनय गरेर मात्रै गुजारा चलाउन सक्ने अवस्था अझै पनि बन्न सकेको छैन ।
कालो धन लुकाउन राजनीतिमा लागेका व्यक्तिहरूले के कस्तो परिपन्च गर्छन् र ती गतिविधिले समाजमा कस्तो असर पारिरहेको हुन्छ भन्ने कुराको सन्देश दिने चलचित्र महाजात्रा प्रदर्शनमा आएको छ । अकुत सम्पत्ति लुकाउन गरेका अनेकन् प्रयास वरिपरि यो चलचित्र रुमलिएको छ । यो चलचित्रमा १० किलो सुनको प्रलोभनमा अनेक कष्ट सहेका फणीन्द्र (विपिन कार्की), जोयस (रवीन्द्र सिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) लाई ‘महाजात्रा’ सम्म आइपुग्दा पनि गरिबी, बाध्यता र विवशताले छाड्न नसकेको कुरा देखाइएको छ । फणीन्द्र, जोयस र मुन्ना फेरि कालो धनको चङ्गुलमा फस्दै गएको भए पनि चलचित्रमा यो कुरा उनीहरूलाई थाहा नभएको देखाइन्छ । जब पैसाले भरिएको गाडी लुकाउनुपर्ने अवस्था आउँछ त्यसपछि तीन जनाको जीवनमा अनेकन् उतारचढाव आउन थालेका दृश्य चलचित्रमा रहेका छन् । नेता पुण्यप्रसाद (हरिवंश आचार्य) सँग अकुत धन हुन्छ । त्यही पैसाको आडमा उनी आफ्नो राजनीति चलाइरहेका हुन्छन् ।
संस्कृतिविद् गोविन्द टण्डन आजको दिन होली नभएर फागु खेल्ने दिन भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हाम्रो पञ्चाङ्गमा पनि फागु अथवा फागुपूर्णिमा भनेर लेखेको हुन्छ । त्यसैले हामीले यसलाई होली भन्दा पनि फागु भन्ने गरेका छौँ ।” फागुपूर्णिमा भनेको हाम्रो संस्कृतिभित्रको अभिन्न अङ्ग, संस्कार र मनोरञ्जनको साधनका रूपमा देखिएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार पहिले होलीमा सबै परिवारका सदस्य र साथीभाइ जम्मा हुने, खेल्ने, रमाउने र मिठो मिठो खाने चलन मुलुकभरि नै थियो । अहिले धेरै कुरा परिवर्तित भइसक्यो । एक त फागु खेल्ने युवा जमात नै देशमा छैनन्, धेरै जसो बिदेसिए । बुढापाकाको पुस्ता विस्तारै कम हुँदै गएपछि परम्परागत रूपमा होली खेलिने चलन हराउँदै गएको छ ।
चलचित्र हिट भएपछि त्यही चलचित्रको शृङ्खला (सिक्वेल) बनाउनेको अहिले होडबाजी चलेको छ । लुट, दर्पणछाया, जादुगर, खलनायक, परदेशी, आँधी तुफानलगायत चलचित्रको सिक्वेल बनेसँगै अहिले नयाँ निर्देशक/निर्माता पनि चलचित्रको सिक्वेल बनाउनेतिर लागिपरेका छन् । सफल चलचित्रको सिक्वेलको सिको गर्दै अपेक्षाकृत प्रदर्शन गर्न नसकेका चलचित्रले पनि धमाधम सिक्वेलको घोषणा गर्ने गरेका छन् । विकासराज आचार्य निर्देशित चलचि
आफ्नो चलचित्र हेरेर समीक्षक तथा कलाकारबाट सकारात्मक कुरा आओस् भन्ने चाहना धेरै निर्देशक/निर्माताको हुन्छ । त्यसमाथि चलचित्र क्षेत्रमा आफूले गरेको कामको सही मूल्याङ्कन समीक्षक वा चलचित्रकर्मीहरूबाट होस् भनेर चलचित्र प्रदर्शन हुने केही दिनअघि या अघिल्लो दिन विशेष प्रदर्शनी अर्थात् ‘प्रिमियर सो’ गर्ने चलन छ । यही चलन अहिले नेपाली चलचित्र क्षेत्रमा पनि निकै देखिन थालेको छ । हलिउड र बलिउडबाट सुरु भएको यो चलन नेपाली चलचित्र क्षेत्रमा पुरानो भने होइन ।
रेडियो, सिडी, भिसिडीको भरमा चलेको नेपाली सङ्गीत उद्योग पछिल्लो समय सुन्नेभन्दा पनि हेर्ने माध्यममा बढी केन्द्रित हुन थालेको छ । त्यसैले पनि नेपाली सङ्गीत बजारमा दृश्यको भाकाले गीतलाई जितिरहेको छ । यसले भोलिका दिनमा गीत सङ्गीतको अस्तित्वमा नयाँ मोड नल्याउँला भन्न सकिँदैन । अहिले नेपाली सङ्गीत बजारको वातावरण र प्रवृत्ति फेरिन थालेको छ । डिजिटल साक्षरता, गीत सङ्गीतको डिजिटल अधिकार, गीत सङ्गीतको डिजिटल व्यापारको सम्भावनाले नयाँ र पुरानो पुस्तालाई नजिक बनाउँदै लगेको सर्जकको भनाइ छ ।
नेपालको मोरङको रङ्गेलीमा हुने अनेकन अपराधको कथा समेटिएको चलचित्र हो, ‘रङ्गेली’ । प्रेमकथा रुचाउने दर्शकलाई चलचित्र पक्कै मन नपर्न सक्छ तर काटमार र बन्दुकको आवाज रुचाउने अथवा भनौँ एक्सनप्रधान चलचित्र हेर्न रुचाउनेका लागि चलचित्र निकै उपयुक्त बन्न सक्छ ।
विदेशी चलचित्रसरह नेपाली चलचित्रलाई ‘सो’ नदिइएको भन्दै लेखक, निर्देशक तथा अभिनेता नवल खड्काले चलचित्र ‘काँडेतार’ हलबाट उतार्ने घोषणा गर्नुभएको छ । निर्देशक खड्काले हलको अन्यायपूर्ण व्यवहारका कारण चलचित्र हलबाट उतार्नु परेको बताउनुभयो । चलचित्र यही फागुन २५ गतेदेखि प्रदर्शनीमा आएको थियो । हल मालिकले देशभक्तिपूर्ण चलचित्रलाई पायक ‘सो’ नदिएको आरोप लगाउँदै आइतबारदेखि हलमा चलचित्र नचलाउने खड्काले बताउनुभयो । गत वैशाख ११ गते सेन्सर पास गरेको र एक वर्षअघि नै चलचित्र प्रदर्शन मिति घोषणा गरिएको स्मरण गराउँदै चलचित्र प्रदर्शनको समयमा असफल बनाउन चौतर्फी देशी/विदेशी खुफिया र तिनका मतियार खलबलाएको उहाँले दाबी गर्नुभयो ।
अहिले रङ्गमञ्चमा आफ्नो भविष्य बनाउन चाहने महिलाको सङ्ख्या धेरै भए पनि निरन्तरता दिनेको सङ्ख्यामा कमी नै देखिन्छ । पछिल्लो समय महिलालाई नै प्रमुख पात्र बनाएर नाटकहरू मञ्चन पनि भइरहेका छन् । नाटकमा पुरुष कलाकारको जति भूमिका छ, उत्तिकै भूमिका महिला कलाकारको पनि हुनु पर्छ भन्ने महिला रङ्गकर्मीको दाबी छ ।
भारत र पाकिस्तानबिच बेला बेला जम्मु–काश्मीरको विवाद चर्किने गरेको छ । यसका पछाडि राजनीतिकको अनेकौँ कारण हुन सक्छन् । जम्मु–काश्मीरको मुद्दाका विषयलाई केही हदसम्म जानकारी दिने कोसिस चलचित्र ‘आर्टिकल ३७०’ मा गरिएको छ । यो चलचित्रमा भारतमा लगाइएको धारा ३७० खारेज गर्ने कथा देखाइएको छ । भारतीय संविधानको धारा ३७० सँग सम्बन्धित कथालाई चलचित्रमा देखाइएको छ । बिनाकुनै लडाइँ लडेर काश्मीरबाट धारा ३७० हटाउनका लागि के कस्तो सङ्घर्ष गर्नु परेको थियो भन्ने कुरा चलचित्रमा कथानक ढङ्गले प्रस्तुत गर्न खोजिएको छ
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ कर्णाली प्रदेशको सुर्खेतबाट सुरु भएको छ । ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ नारासाथ प्रज्ञा–प्रतिष्ठानले सातै प्रदेशमा पहिलो पटक प्रदर्शनी आयोजना सुरु गरेको छ । प्रदर्शनीको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बिहीबार गर्नुभएको छ ।
नेपाललाई गोर्खालीको देश भनेर पनि चिनिन्छ तर यस विषयमा चलचित्र निर्माणको सङ्ख्या निकै कम छ । हाम्रो पुर्खाले लडेको युद्धसँगै वीर भनेर पाउने सम्मानका बारेमा खासै चलचित्र बनेका छैनन् । त्यसैले भूतपूर्व गोर्खा सैनिक तथा निर्देशक मिलन चाम्सले लामो समयदेखि थाती राख्नुभएको ‘गोर्खा वारियर’ को कथालाई चलचित्रको पर्दामा उतार्नुभएको छ ।