• २४ असोज २०८२, शुक्रबार

ट्रकको ठक्करबाट वृद्धको मृत्यु, राजमार्ग अवरुद्ध

blog

घटनास्थलमा रहेको ट्रक र स्थानीय ।

विनय कर्ण

कल्याणपुर (सप्तरी), असोज २४ गते । सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिकामा ट्रकको ठक्करबाट शुक्रबार एक वृद्धको मृत्यु भएको छ ।गाउँपालिकाको वडा २ चाँदनी चोकस्थित पूर्वपश्चिम राजमार्गको निर्माणाधीन बाटोमा ट्रकको ठक्करबाट स्थानीय ७६ वर्षीय बमभोज चौधरीको मृत्यु भएको हो ।

चाइनिज आयोजनाको ना १ अ यो नम्बरको ट्रक ब्याक गर्ने क्रममा पछाडिबाट बाटो काट्दै गर्नुभएका ७६ वर्षीय चौधरीलाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

ट्रक घटनास्थलमै रहेको छ । चालक भने फरार भएकाले खोजी कार्य भइरहेको काफ्लेले बताउनुभयो । घटनापछि आक्रोशित भएका मृतकका आफन्त र स्थानीयबासीले राजमार्ग अवरुद्ध गरेका छन् । प्रहरीका अनुसार स्थानीयलाई सम्झाइ बुझाइ राजमार्ग सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।