चोट यो खुकुरीको अचानोलाई थाहा हुन्छ
गहबाट आँसु चुन्छ धरधरी यो मन रुन्छ ।
मायाको जलायौ दियो सँगै बाँच्ने वाचा थियो
वाचा कसम भुलेर निभायौ किन दियो
पीडा यो गोलीको छातीलाई थाहा हुन्छ
गहबाट आँसु चुन्छ धरधरी यो मन रुन्छ र
मुटुमा आएर बस्यौ पिरती मीठो कस्यौ
माया पिरती भुलेर सर्पझैँ किन डस्यौ
पिर यो डढेलोको वनलाई थाहा हुन्छ
गहबाट आँसु चुन्छ धरधरी यो मन रुन्छ ।