धराप (कविता)
हरेक पाइलामा धराप छ जिन्दगीको हरेक चुनौतीको सामना गर्नुपर्छ जिन्दगीमा चुनौतीको सामना गर्नेले मात्र अवसर हात पार्छ
अज्ञात भविष्य (कथा)
केसरिया छाती पिटी–पिटी रोइरहेकी छे । उसकी छोरी गुलाबीले उसलाई सम्झाउन खोज्दैछे । केसरियाको घरको आँगनमा पञ्चायती बसेको छ । पञ्चायतीमा गाउँका गन्नेमान्ने पञ्चभलाद्मीहरू भेला भएका छन् । पञ्च त पक्कै हुन्, तर ती कति भलाद्मी छन्, त्योचाहिँ रामजाने ।
गुणात्मक भार भएका हाइकु
प्रा.डा. कुमारप्रसाद कोइरालाले बृहत्, मध्यम, लघु र लघुत्तम गरी काव्यिक विधानतालाई चार भागमा विभाजन गर्नुभएको छ (‘नेपाली लघुत्तम कविताका शक्ति र सीमा’ मधुपर्क २०७८ माघ) ।
धरहराको कथा
नेपाली भाषामा ‘धरहरा’ संस्कृतबाट आएको शब्द हो । संस्कृतमा सेतो घरलाई ‘धवल गृह’ भनिन्छ । नेपाली भाषाको बोलीचालीमा अग्लो घरलाई धररा, धलरा, धजरा, धलहरा, धहरा वा धरहरा पनि भन्ने गरिन्छ । सरला मानन्धरले संशोधन मण्डलको ‘अभिलेख सङ्ग्रह अङ्क १२’लाई उद्धृत गर्दै ‘धरहरा (भीमसेन स्तम्भ) सङ्क्षिप्त परिचय’मा यो अर्थ खुलाउनुभएको छ । मुगल भाषामा मस्जिदको ‘मिनार’ शब्दको अर्थ पनि अग्लो स्तम्भ भन्ने बुझिन्छ । माइकल हटले नेपालका तत्कालीन धरहराहरू आग्रामा रहेको ताजमहलको चार कुनामा उभिएका मिनारहरू वा दिल्लीमा रहेको (दिल्लीका सुल्तानद्वारा वि.सं. १२५६ ताका निर्मित) कुतुब मिनारको नमुनाअनुसार निर्माण गरेको लेख्नुभएको छ (क्याम्ब्रिज युनिभर्सिटी प्रेसद्वारा प्रकाशित ‘जर्नल अफ एसियन स्टडिज’ : ६,७) । प्रा. डा. गोपाल शिवाकोटीद्वारा लिखित ‘राजनीतिक शब्दकोश’अनुसार परम्परागत रूपमा सैनिक प्रयोजनका लागि अग्लो स्तम्भ खडा गरेकोलाई ‘धरहरा’ भनिन्छ ।
डियर हुम्ला
डियर हुम्ला, तिमी त कति राम्री भइछौ । अलिकति उत्ताउली पनि भइछौ । चाउरिएका गाला पोटिला हुन थालेछन् । ढाडको पटुका पनि खुकुलो देखेँ । आङको लुगा फरक र सुकिलो भएछ, अलि नौलो पनि । नाङ्गो गोडाले जुत्ता पाएछन् । बदलिएको तिम्रो यो रूप देखेर म निकै हर्षित भएँ तर जति हुनुपर्ने हो त्यति राम्री त भएकी छैनौ । म त्यसको प्रतीक्षामा छु ।
बोनसाई कला
सानो ठाउँमा पनि हरियाली कायम गर्न सकिने कला हो– बोनसाई । यो कलाको जन्म पन्ध्रौँ शताब्दीको अन्त्यतिर भएको हो । यसलाई सुरुवात गर्ने व्यक्ति प्रसिद्ध शिल्पकार लिओन बतिस्ता अलबर्ट हुन् । उनले बोटबिरुवालाई कुनै भाँडो वा गमलामा सजाउन सुरु गरेका थिए । अलबर्टले बोटबिरुवालाई कुनै भाँडो वा पत्थरको गमलामा सजाएर आफ्नो घरभित्र ठाउँठाउँमा हरियाली कायम गर्न सफल भएका थिए । यसरी घरभित्र सीमित स्थानमा तयार गरेको लघु वृक्षवाटिका नै बोनसाईका रूपमा लोकप्रिय बन्न पुग्यो ।
साइबर अपराधको जालो
काठमाडौँ उपत्यकाका एक प्रतिष्ठित सञ्चार माध्यममा कार्यरत चर्चित पत्रकार (सम्पादक) फेसबुक, भाइबर तथा ह्वाट्सएप म्यासेन्जरमा आफ्नै नग्न र अश्लील तस्बिर देखेपछि आत्तिँदै प्रहरी कार्यालय पुगे । सामाजिक सञ्जालको म्यासेज बक्समा आएको नग्न तस्बिरले सामाजिक प्रतिष्ठामा आँच आउने भन्दै ती पत्रकार प्रहरीलाई विलौना गर्न थाले । भिडियो हेरेपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढायो ।अश्लील तस्बिरहरू थप सार्वजनिक हुन नदिन प्रहरीले पीडितका आफन्त तथा सामाजिक सञ्जालमा रहेका साथीहरूलाई फेसबुकलगायतका सामाजिक सञ्जाल ह्याक भएकाले अश्लील फोटो र सन्देश आए नखोल्न आग्रह ग-यो । विक्षिप्त अवस्थामा पुगेका पीडित पत्रकारलाई प्रहरीले सक्दो सहयोग गर्ने भन्दै ढाडस पनि दियो । महिलाले कुराकानीका क्रममा यौन उत्तेजक क्रियाकलाप गर्दै क्रमशः शरीरका कपडा खोल्न थालिन् । महिलाको यो क्रियाकलापबाट पत्रकारले समेत शरीरका कपडा एकपछि अर्को गरी खोल्दै गए र निवस्त्र बने । प्रहरीले पीडितको फेसबुक बन्द गरी कतैबाट सन्देश आउन नमिल्ने बनाइदियो । अश्लील तस्बिर पठाउने प्रयोगकर्ताबारे प्रहरीले तत्काल सामाजिक सञ्जालको कार्यालयमा रिपोर्ट ग-यो । पत्रकारको अश्लील तस्बिर अन्य सामाजिक सञ्जालबाट बाहिरिन पाएन । अपत्यारिलो र कुनै चलचित्रको पटकथा जस्तो लाग्ने यो घटना गत मङ्सिरमा काठमाडौँमा भएको हो । पीडित ती पत्रकारले प्रहरीसँग गरेको कुराकानीअनुसार घटना यस्तो रहेछ– गत मङ्सिरमा उनको सामाजिक सञ्जालमा एक महिलासँग चिनजान भएको रहेछ । ती महिला भारतीय रहेको र फेसबुकमा साथी बनेपछि कुराकानी सुरु भएछ ।दुईजनाबीच साँझको समयमा भिडियो कलमार्फत कुराकानी हुन्थ्यो । यस क्रममा दुईजनाबीच यौनजन्य कुराकानी सुरु भयो । महिलाले कुराकानीका क्रममा यौन उत्तेजक क्रियाकलाप गर्दै क्रमशः शरीरका कपडा खोल्न थालिन् । महिलाको यो क्रियाकलापबाट पत्रकारले समेत शरीरका कपडा एकपछि अर्को गरी खोल्दै गए र निवस्त्र बने । महिलाले पूर्वयोजनाअनुरूप ती पत्रकारका विभिन्न नग्न तस्बिर र अश्लील भिडियो खिचिरहेकी थिइन् । पत्रकारले यो कुरोे पत्तो पाएनन् । महिलाले भने पत्रकारका परिवारको पनि सम्पूर्ण जानकारी लिइसकेकी थिइन् र सामाजिक सञ्जालमा समेत जोडिन पुगिसकेकी थिइन् ।त्यसपछि महिलाले रकम माग गर्न थालिन् । माग गरेको रकम उपलब्ध नगराए सामाजिक सञ्जालमा जोडिएका परिवारको एकाउन्टबाट ती पत्रकारको नग्न फोटो र अश्लील भिडियो सार्वजनिक गर्ने भन्दै बार्गेनिङ गर्न थालिन् । महिलाको फन्दामा परेका पत्रकारको अश्लील फोटो प्रहरीको सक्रियताले बाहिर आउनबाट जोगियो । ०००लतिलपुरका रश्मिला र प्रेम (नाम परिर्वतन) श्रीमान–श्रीमती हुन । प्रेम विवाह गरेका यो जोडी आर्थिक रूपमा सम्पन्न परिवारका हुन् । रश्मिला काठमाडौँमा नाम चलेको म्यानपावर कम्पनीमा काम गर्थिन् । रश्मिलाले काम गर्ने मेनपावरमा एउटा आकर्षक वैदेशिक रोजगारीको प्रस्ताव आयो । महिनामा झन्डै चार लाख रुपियाँ कमाइ हुने उक्त अवसरमा रश्मिलाले आफ्नै श्रीमान् प्रेमलाई पठाउने निधो गरिन् ।सम्पन्न परिवारका प्रेम आकर्षक जागिर पाएपछि कतार पुगे । महिनामा झन्डै चार लाख रुपियाँ कमाउने र घरमा पैसा पनि खासै पठाउन नपर्ने भएकाले उनी कतारमै मोजमस्ती गर्न थाले । सामाजिक सञ्जालमा महिला साथी बनाउने, भेट्ने र उनीहरूसँग मोजमस्ती गर्नु नै प्रेमको दिनचर्या बन्न थाल्यो ।उनले अरू महिला आफूसँग रोमान्स गरिरहेको र नेपालमा रहेकी श्रीमती पनि अरू युवासँग मोजमस्ती गर्न सक्ने भन्दै शङ्का गर्न थाले । नक्कली फेसबुकमार्फत प्रेमले श्रीमती रश्मिलाको चरित्र जाँच गर्ने उद्देश्य बनाए । अनि नक्कली फेसबुकमार्पmत आफ्नै श्रीमतीसँग जोडिए । अनेक कुरा गर्न थाले । विभिन्न प्रलोभन दिन थाले । रश्मिलालाई ती कुरा चित्त बुझेको थिएन । उनले साइबर ब्युरोमा उजुरी दिइन् । ब्युरोले रश्मिलासँग कुरा गर्ने फेसबुकको प्रयोगकर्ता को हो भनेर अनुसन्धान गर्दा उनै प्रेमले नक्कली फेसबुकबाट कुरा गर्ने गरेको पत्ता लगायो । ‘शङ्काले लङ्का डढाउँछ’ भनेझैँ उक्त घटनाले उनीहरूबीचको सम्बन्ध टुट्ने अवस्थामा पुग्यो । साइबर अपराध ब्युरोको आवश्यक परामर्शपछि यो जोडीको सम्बन्ध पुरानै अवस्थामा पुगेको छ । प्रेमले अरू महिला आफूसँग रोमान्स गरिरहेको र नेपालमा रहेकी श्रीमती पनि अरू युवासँग मोजमस्ती गर्न सक्ने भन्दै शङ्का गर्न थाले । नक्कली फेसबुकमार्फत उनले श्रीमती रश्मिलाको चरित्र जाँच गर्ने उद्देश्य बनाए । अनि नक्कली फेसबुकमार्फत आफ्नै श्रीमतीसँग जोडिए । पीडक नजिककै काठमाडौँ कीर्तिपुरकी कमला (नाम परिवर्तन) सामान्य शिक्षित गृहणी हुन् । श्रीमान् वैदेशिक रोजगारीमा छन् । नेपालमा छोराछोरीको स्याहारसुसार गर्र्दै आएकी कमलाले मकवानपुर घर भएका पुष्प (नाम परिवर्तन) लाई विगत १० वर्षदेखि भाइ बनाएर आफ्नै घरमा राखेकी थिइन् । पुष्पलाई घरमा बसेको पैसा लिने गरिएको थिएन ।कमलाले नुहाउने क्रममा एक दिन अनयासै मोबाइलबाट आफ्नै भिडियो खिचिन । सामाजिक सञ्जालको सामान्य प्रयोग गर्ने भए पनि उनलाई प्रविधिबारे त्यति जानकारी थिएन । मोबाइलमा केही समस्या आए वा कुनै नयाँ कुरा पठाउन परे कमलाले भाइ पुष्पका साहारा लिन्थिन् । यसै क्रममा कमलाले मोबाइलले खिचेको भिडियो पुष्पले देखेछन् । तुरुन्त आफ्नो फेसबुक म्यासेन्जरमा पठाउँछन् । पुष्पले कमलाको नुहाएको अर्ध नग्न फोटो देखाउँदै रकम माग्न थाल्छन् । पीडित कमला प्रहरी कार्यालय पुग्छिन् ।अनुसन्धानका क्रममा भाइ बनाएर घरमै राखेका पुष्पले नक्कली फेसबुक खोली कमलासँग पैसाको बार्गेनिङ गरेको खुल्छ । पुष्प अहिले पुर्पक्षका लागि यतिबेला जेलमा छन् ।०००काठमाडौँ बूढानीलकण्ठका राजन (नाम परिवर्तन) अटोमाबाइल कम्पनीमा काम गर्थे । अफिसको भेटघाटमा राजनको एक दिन अर्को अटोमोबाइल कम्पनीमा काम गर्ने रूपा (नाम परिवर्तन) सँग भेट हुन्छ । दुवैजना एउटै क्षेत्रमा काम गर्ने भएकाले नजिक हुँदै जान्छन् । सम्बन्ध प्रगाढ बन्दै गएपछि दुवैजना (लिभिङ टुगेदर) सँगै बस्ने निर्णयमा पुग्छन् । रूपा आर्थिक रूपमा सम्पन्न नेवार परिवारकी थिइन् । सँगै बस्ने क्रममा राजन र रूपाबीच अन्तरङ्ग कुराकानी हुनु स्वाभाविकै हो । राजनले रूपासँग बिताएका विभिन्न भिडियो मोबाइलमा खिचेका थिए । ‘लिभिङ टुगेदर’लाई विवाहमा रूपान्तरण गर्ने योजनामा रहेकी रूपाको फेसबुक म्यासेन्जरमा नग्न तथा अश्लील तस्बिर एकपछि अर्को गरी आउन थाले । फोटो र भिडियो देखाएर रूपासँग पैसाको बार्गेनिङ हुन थाल्यो । सामाजिक प्रतिष्ठा जोगाउन रूपाले ४५ लाख दिन तयार भइन् । ७० लाख नभए तस्बिर सार्वजनिक गर्ने धम्कीबाट सामाजिक सञ्जाल प्रयोगकर्ता पछाडि हटेन । ७० लाख रुपियाँ रूपासँग थिएन । उनले यसबारे नजिकको साथीलाई बेलिविस्तार लगाइन् साथीको सल्लाहअनुसार उनी प्रहरीकहाँ पुगिन् । अनुसन्धानका क्रममा नक्कली फेसबुकबाट रकम बार्गेनिक व्यक्ति ‘लिभिङ टुगेदर’मा बसेका राजन रहेको खुल्यो । साइबर अपराधको कसुरमा राजन पनि यतिबेला जेलमा सजाय भोगिरहेका छन् ।०००सामाजिक सञ्जालबाट युवतीलाई अश्लील फोटो र भिडियो पठाएर हैरानी पु-याएको आरोपमा गत हप्ता नेपाल प्रहरीका जवान कृष्णकुमार यादव पक्राउ परे । रौतहट भवानीपुर गाउँपालिका–४ का यादव धनुषाको बटेश्वर प्रहरी चौकीमा कार्यरत थिए ।यादवले कक्षा १२ मा अध्यनरत एक युवतीसँग सामाजिक सञ्जालमा साथी बनेपछि म्यासेज, च्याट तथा भिडियोबाट कुराकानी गर्न थाले । मधेशी समुदायकी ती युवतीसँग यादव नजिक हुन खोजिरहेका थिए । कुराकानीका क्रममा यादवले युवतीसँगका विभिन्न अन्तरङ्गको रेकर्ड गरेका रहेछन् । युवती यादवसँग टाढा हुन थालिन् । यादवले प्रतिशोध साँध्ने उद्देश्यले नक्कली फेसबुक, ह्वाट्सएप तथा भाइबरमार्फत युवतीसँगका अन्तरङ्ग सामाजिक सञ्जालमा सार्वजनिक गर्न थाले । युवतीलाई विभिन्न प्रलोभनमा पारी तयार गरिएका कुराकानी र अश्लील तस्बिरहरू यादवले युवतीका साथी र आफन्तलाई पठाउन थाले । साइबर अपराध ब्युरोले यादवलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा युवतीलाई धम्की दिई मानसिक तनाव तथा दुःख दिई समाजमा बेइज्जत गर्ने कार्य गरेको आरोपमा अनुसन्धान गरिरहेको छ । शिक्षित नै ठगिन्छन् काठमाडौँका एक परिचित प्राध्यापकको इमेलमा एउटा सूचना आयो । उक्त इमेलमा प्रध्यापकले लामो समय अध्यापन गराउँदै आएको विषयसँग काम गर्नेबारे विस्तृत कार्य योजना (डिटेल पोजेक्ट रिर्पोट) नै तयार गरी पठाइएको थियो ।नेपालमा पहिलो पटक सुरु गर्ने भनिएको उक्त डिपीआर आकर्षक कार्ययोजनासहितको थियो । परिचित प्राध्यापकलाई योजना प्रमुख बन्न गरिएको आग्रहलाई तुरुन्तै शङ्का गर्ने अवस्था थिएन ।आकर्षक सेवासुविधासहित योजना अघि बढाउने प्रस्तावले प्रध्यापकलाई लोभ्यायो । योजना अघि बढ्ने भयो । त्यसलगत्तै इमेलमा अर्को सन्देश आयो र त्यसमा योजनालाई आवश्यक रकम पठाउने र करवापतको रकम प्राध्यापकले तिर्नुपर्ने उल्लेख थियो ।नेपालमा नौलो काम गर्ने योजनामा रहेका प्राध्यापकले करवापतको रकम पठाउन राजी भए । तीन लाख रुपियाँ सम्बन्धित खातामा पठाएपछि प्राध्यापकले शङ्का लागेर प्रहरीलाई खबर गरे । प्रहरीले तत्काल तीन लाख रुपियाँ पठाएको बैङ्क खाता बन्द गरी अनुसन्धान सुरु ग-यो । अन्तत उक्त इमेल सन्देश रकम ठगी गर्ने उद्देश्यले पठाएको खुल्यो ।०००उच्च शिक्षाका लागि अमेरिका उड्न भिषा लिएर बसेकी काठमाडौँ नयाँबजारकी २२ वर्षीया कल्पना (नाम परिवर्तन) लाई ह्वाट्सएपमा चिठ्ठा परेको सन्देश आयो । नभरेको चिठ्ठाको प्रलोभनमा कल्पनाले करवापत भनिएको ८० हजार रुपियाँ अपरिचित व्यक्तिलाई पठाइन् । लाखौँ रकम पाउने लोभमा बैङ्क खातामा रहेको नौ लाख रुपियाँ निकाल्न उनले अपरिचित व्यक्तिलाई मोबाइल बैङ्किङको पासवर्डसमेत बुझाइन् । रकम पाएपछि ती अपरिचित व्यक्ति सम्पर्कविहीन बने ।चिठ्ठाको प्रलोभनमा ठगिएको भन्दै कल्पना तत्काल प्रहरी कार्यालय पुगिन् । ८० हजार रुपियाँ ठगिएपछि प्रहरीको सक्रियताले बैङ्क खातामा रहेको नौ लाख लुटिन पाएन । विद्यावारिधि उपाधि प्राप्त त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्ने सन्तोष (नाम परिवर्तित) समेत यसरी ठगिएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निर्देशक केदार (नाम परिवर्तन) ले पनि झुटो सन्देशकै भरमा नचिनेका व्यक्तिलाई बैङ्कबाट एक लाख रुपियाँ पठाए ।शिक्षित र बौद्धिकको रूपमा परिचित व्यक्ति र अनुसन्धानमा खटिने प्रहरीसमेत सामाजिक सञ्जालको फन्दामा परेका यी प्रतिनिधि घटना हुन । जनचेतनाको कमी तथा सामाजिक सञ्जालको जानेर वा अन्जानवश गरिएको दुरूपयोगबाट बर्सेनि हजारौँ युवा प्रताडित भएका छन् । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार फेसबुक, भाइबर, इमो, ह्वाट्सएप, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालको दुरूपयोगबाट गत वर्ष मात्र तीन हजार नौ सयभन्दा बढी पीडित बनेका थिए । आर्थिक वर्ष २०७५/७६ मा ३५७ जना, आव ०७६/७७ मा दुई हजार ३०१ र ०७७/७८ मा तीन हजार ९०६ तथा २०७८/७९ को नौ महिनामा मात्र तीन हजार ७०७ जना पीडित बनेका छन् । ब्युरोको तथ्याङ्कअनुसार सबैभन्दा बढी महिला तथा किशोरी सामाजिक सञ्जाल दुरूपयोगको शिकार बनेका छन् । जनचेतना कमजोर नेपालमा सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । अधिकांशका हातमा स्मार्ट फोन छ । प्रायः मानिस सामाजिक सञ्जालबाट अछूतो रहन सकेका छैनन् । सामाजिक सञ्जालको सही प्रयोग गर्न नजान्दा पछिल्लो समय साइबर अपराधका घटना गुणात्मक रूपमा वृद्धि हुँदैछ । साइबर अपराधविज्ञ तथा पूर्वप्रहरी नायब महानिरीक्षक विकास श्रेष्ठ सामाजिक सञ्जालबाट हुने अपराध न्यूनीकरण गर्ने प्रभावकारी माध्यम जनचेनता नै रहेको बताउनुहुन्छ ।प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोग बढ्यो । यससँगै अपराधका घटना पनि बढेको बताउँदै उहाँले यसको दुरूपयोगलाई रोक्न तथा आफ्ना बालबालिकालाई यसको सिकार हुनबाट जोगाउन अभिभावकहरू बढी सचेत हुनु आवश्यक रहेको औँल्याउनुभयो ।सामाजिक सञ्जालको प्रयोग बढ्दै गए पनि नेपालमा यसको अनुगमन पक्ष भने निकै कमजोर छ । सामाजिक सञ्जालका शाखा कार्यालय नेपालमा नहुँदा कतिपय उजुरी महिनौँसम्म अनुसन्धान हुन सकेका छैनन् । कतिपय उजुरी तत्काल समाधान गर्नुपर्ने भए पनि लामो समय उजुरीसम्म दर्ता नहुने अवस्था छ । गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्नुपरेमा समेत सूचना प्राप्त हुन महिनौँ लाग्ने अवस्था छ ।सामाजिक सञ्जालको दुरूपयोगबाट बच्न जनचेतना उत्तम उपाय भए पनि यसको प्रचार प्रसार प्रभावकारी रूपमा हुन सकेको छैन । प्रहरी प्रधान कार्यालय मातहतको साइबर ब्युरो सङ्घीय संरचनाअनुरूप सातै प्रदेशमा विस्तार गर्नुपर्ने आवश्यकता छ ।साइबर ब्युरोका निमित्त प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्याल सामाजिक सञ्जालमार्फत पछिल्लो समय ‘रिभेन्ज पोर्न’ तथा पार्सलका नाममा ठगी बढेको बताउँनुहुन्छ । अर्यालले भन्नुभयो, ‘‘पार्सलको लोभमा कतिपय कलेजमा पढ्ने युवा ठगिने घटना बढेका छन् । यसलाई रोक्ने सबै पक्षबाट जनचेतला फैलाउनुपर्ने आवश्यक छ ।’’ उहाँले नेपालमा सञ्चालित अनलाइन भुक्तानीको दुरूपयोग बढेकाले त्यसतर्फ निगरानी बढाइएको समेत जानकारी दिनुभयो ।साइबर ब्युरोले अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमा साथी बन्ने र प्रलोभनमा फस्ने गरेका कारण साइबर अपराधका घटना दैनिक बढेको जनाएको छ । न्यूनीकरणका लागि ब्युरोले विभिन्न प्रकारका जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । विदेशबाट आएका अपरिचित सन्देश विश्वास नर्गन तथा सामाजिक सञ्जालको प्रयोगलाई हेलचेक्य्राइँ नगर्नसमेत ब्युरोले आग्रह गरेको छ । पछिल्लो समय आपराधिक पृष्ठभूमिका व्यक्तिहरूबाट साइबर अपराध बढ्दै गएको र ह्वाट्सएप तथा भाइबरबाट आउने प्लस ९१, ९२, ९६ का कलहरू नउठाउनसमेत ब्युरोले आग्रह गरेको छ ।
सायद म हिउँ भैसकेँ (कविता)
हिजोआज खै किन हो हिउँ जस्तै जमेकी छु एकढिक्का हुनेगरी माइनस सत्ताइस डिग्रीको ठन्डीको रापले हिमताल बनाइदिएको छ
रित्तो जिन्दगी (कविता)
सपनाहरूको पहाड ढलेर आफैँले खनेको गन्तव्यको गोरेटो पुरिएपछि यति बेला यात्राकै क्रममा भए पनि यात्रा गन्तव्यबिहिन भएको छ माझी बिनाको डुङ्गा जस्तै !
महाकालीको किनारमा पाँच दिन
हामी नेपालमा बसेर कविता सुनिरहेका थियौँ, साहित्य विषयक चर्चा परिचर्चामा केन्द्रित थियौँ, कविता सीमामा बसेका भारतीयहरूले पनि सुने, चर्चा उनीहरूले पनि सुने, हामी अनेकौँ झाँकी हेरिरहेका थियौँ, लाग्छ उनीहरूले पनि हेरिरहेका थिए । कविता, गीत, प्रस्तुतिमा प्रायः लिपुलेक र कालापानी नै केन्द्रित थियो । यही भूमिमा टेक्ने अवसर पाएर साहित्य र कलाका २१ जनाको हाम्रो टोली मध्यरात दार्चुला पुग्दा भारतीय सीमाना धार्चुलामा देखिएको झिलिमिली बाहेक शायदै अरू देख्यौँ होला । त्यही रात हामीलाई स्वागत गर्न बसेकाहरूको अनुहारमा उत्साह थियो, पाहुनालाई स्वागत गर्न मध्यरातसम्म बसेकाहरू, बासथलोमा खाना पर्खेर बसेकाहरूको खटाइ सबै देख्दा लाग्यो हाँस्न र बाँच्न जानेका हामीहरू अर्काको खुसीमै रमाउन सक्छौँ ।
पर्वतीय वर्णनको सँगालो
नेपालको भौगोलिक अवस्थिति ज्यादै लोभलाग्दो छ । हिमाल, पहाड र तराईका आ–आफ्नै विशेषता छन् । जनजीवन, रहनसहन र रीतिरिवाज पनि बेग्लाबेग्लै प्रकृतिका छन् । क्षेत्रफलका दृष्टिले सानो मुलुक भए पनि यति धेरै विविधता विश्वका ठूला मुलुकमा पनि पाउन सकिँदैन । यस कारण पनि विदेशीका आँखालाई हाम्रो भूमिले लोभ्याउन सकिरहेको छ । यद्यपि, आफ्नै देशको भौगोलिक, जातीय र सांस्कृतिक विविधतासँग हामी परिचित हुन सकिरहेका छैनौँ । यसो हुन नसक्नुको कारण हामी आफ्नै देश–परिवेशसँग पूर्णतः परिचित हुन सकिरहेका छैनौँ । हामीसँग इच्छाशक्तिको कमी, समय अभाव र आर्थिक पछौटेपन सँगसँगै रहेका कारण खुम्चिएका छौँ । जोसँग यी कुराको अभाव छैन, उसले घुमफिर गरेर लेखेका कुरा बसीबसी पढ्न पाउँदा हाम्रो मन आनन्दित हुन्छ । यस्तै मन आनन्दित बनाउने खुराकको रूपमा नियात्राकार विष्णुप्रसाद शर्मा पराजुलीले भर्खरै प्रकाशित गर्नुभएको छ ‘श्वेत पर्वत’ नियात्रासङ्ग्रह ।
छोरी दिन नै मान्दैनथे
सुदूर पहाडका काकाकुल बस्तीमा सुदूरपश्चिम प्रदेश सरकारले लिफ्ट गरेर खानेपानी पु¥याउन थालेको छ । बैतडीको सिगास गाउँपालिका–३, ठूलीसैनी गाउँमा प्रदेश सरकारले तीन करोड ८० लाख रुपियाँको लिफ्ट खानेपानी योजना बनाइदिएपछि गाउँमा खुसियाली छाएको छ । बैतडी सदरमुकामबाट करिब ८० किलोमिटर टाढा रहेको ठूलीसैनी गाउँमा खानेपानीकै कारण परिवर्तन आएको छ ।
खास्टे कति सुन्दर !
गण्डकी प्रदेशको राजधानी पोखरालाई ‘सात तालको सहर’ भनेर पनि चिनिन्छ । फेवा, बेगनास, रूपा, खास्टे, मैदी, दीपाङ्ग, गुँदे, न्युरेनीजस्ता ताल यहाँ अवस्थित छन् । कास्कीमा रहेका यी ताल रामसार संरक्षण सूचीमा सूचीकृत छन् । पोखरामा बसोबास भएर पनि कास्कीका सबै ताल भएका ठाउँमा पुग्ने, घुमफिर गर्ने मेसो मिलिरहेको थिएन । यसै क्रममा फागुनको अन्तिम शनिबार मध्यदिनको उखरमाउलो गर्मीको बेवास्ता गर्दै पोखरा महानगरपालिका–२६ मा अवस्थित खास्टेतर्फ स्कुटरमा हुइँकिएँ । खास्टे ताल पोखराको पृथ्वीचोकबाट नौ किलोमिटर दूरीमा रहेको छ ।
क्यान्सर रोगीका सहारा
दैलेखका विष्णु शाही ठकुरी भारतमा बस्दै आउनुभएको २० वर्ष भयो । हाल भारतको नयाँदिल्लीमै काम गरेर उहाँ बस्नुभएको छ । उहाँ बस्ने ठाउँमा बिहानदेखि बेलुकीसम्मै ३०÷४० जना नेपाली एकआपसमा भलाकुसारी गरेर बसिरहेका हुन्छन् । त्यहाँ भलाकुसारी गरेर बस्ने सबै नेपाली क्यान्सर रोगी र क्यान्सर रोगीका आफन्त मात्र हुन् । क्यान्सरको उपचारमा जाने र उपचारपछि नियमित फलोअपमा जाने धेरै नेपालीको बस्ती नै छ यहाँ । वास्तवमा विदेशमा गएर उपचार गर्नु भनेको धेरै कठिन काम हो । त्यो पनि एक÷दुई दिन होइन, दुई÷तीन महिनादेखि एक वर्षसम्म नै निरन्तर बस्नुपर्ने हुन्छ ।
नेपाली आधुनिक कलाको व्यथा
चित्रकला विधा ढुङ्गेयुगबाटै सुरु भएको देखिन्छ । ढुङ्गेयुगमा मानिसको दिनचर्या सिकार गर्नुमा नै बित्थ्यो । त्यसबेलाका मानिसले दिन बिताउने र सिकारका दैनिक उपलब्धिको लेखाजोखा गर्ने गर्दथे । उनीहरूको लेखाजोखा गर्ने भरपर्दो माध्यमका रूपमा रेखाङ्कन विधि थियो । त्यही रेखाङ्कन विधि वा प्रक्रिया पछि गएर सुन्दर आकारमा रूपान्तरण ह‘ुदै गयो र ‘चित्रकला’ शब्द अस्तित्वमा आएको हो भन्ने भनाइ छ । चित्रकला त्यो विधा हो, जसभित्र भाषा, सङ्गीत र साहित्य अटाएर बसेका छन् ।
सूचना
जेठ १५ गते गणतन्त्र दिवसको विशेषाङ्क प्रकाशनको तयारी गर्नुपर्ने भएकाले आजको शनिबार परिशिष्टाङ्क प्रकाशन नभएको जानकारी पाठकवर्गमा गराइन्छ ।- सम्पादक
रिटायर्ड हाकिम (कथा)
आज ऊ रिटायर्ड भएको एकतीसौँ दिन । एक महिनाको यो रिटायर्ड जीवनमा उसले भोग्नु नभोग्नु सबै भोग्यो । पैँतीस वर्षमा नचिनेको मान्छेहरूलाई चिन्यो । आफन्तहरूलाई चिन्यो । नजिकका साथीहरूलाई चिन्यो । सबैभन्दा बढी त उसले आफैँलाई चिन्यो । उसले जीवनमा सबैभन्दा नचिनेको र नबुझेको आफैँलाई रहेछ । आफूलाई नै नचिनीकन उसको पैँतीस वर्षे सरकारी सेवा कटिसकेको उसलाई पत्तै भएन ।
विदेशमा नेपाली नर्स
नेपालमा अध्ययन गरेका धेरै नर्सको चाहना युरोप, अमेरिका, अस्ट्रेलियाजस्ता देशमा गएर कसरी राम्रो कमाइ गर्ने भन्ने छ । हुन पनि नेपालमा नर्सले १०/१२ हजार रुपियाँमा महिनाभरि काम गर्नुपर्ने बाध्यता छ । नर्सिङ पढ्नलाई झन्डै १० लाख रुपियाँभन्दा बढी खर्च हुन्छ । लगानीअनुसार पारिश्रमिक नपाउँदा उनीहरू विदेशिन बाध्य हुनुपरेको हो । त्यसमाथि कतिपयले त विदेशमा नर्सको भविष्य छ भनेर यो विषय अध्ययन गर्छन् र पढाइ सकिएपछि विदेशतिर लाग्छन् । उनीहरूले विदेशमा दुःख गरेर राम्रो कमाइ त गर्छन् तर खर्च पनि त्यहीअनुसार हुने र कर पनि त्यहीअनुसार तिर्नुपर्ने हुनाले कतिपय मुलुकमा भने बचत धेरै हुँदैन ।
मैदानबाट (कविता)
हो यो त्यही मैदान हो जहाँ हामीले उछलकुद गर्दैगर्दा सायदै तिम्रो जन्म भएको थियो । हो यो त्यही मैदान हो जहाँ हामीले पदक जित्दा तिमीलाई खेल के हो थाहै थिएन ।
गीत
आफूलाई आफूले नै ढाँट्न सके हुन्थ्यो यो सम्झने मनजतिलाई काट्न सके हुन्थ्यो । जन्मेपछि यो धर्तीमा नाता जोडिने हो त्यही नाता ढिलोचाँडो एकदिन तोडिने हो नाताबन्धन तोडिँदाको पीडा जति जे छ
वितृष्णा मनको (कविता)
पसुँकी एक्लै जङ्गलमा आज म, लगाउँ हरियो जलप ! नभेटुँ कसैलाई यो भीडभाडमा भै जाउँ कतै अलप !! किन हुन्छन् निश्चल मनभन्दा जगमा, कलुषित मन धेरै ! होस् निर्मल मनहरूसँग मात्रै भेट बसुँ म बरु परै !!
कमाल (कथा)
“रिक्सा खाली हो ?” मैले पछाडिबाट सोधेँ । “हो हजुर”, रिक्सावाल कमालले भन्यो । “सिमेन्ट दुई बोरा घरमा पु-याउनु प-यो ।” “हुन्छ, कहाँबाट लानुपर्ने हो ?” उसले रिक्सा तान्दै भन्यो । “समीर साहुको पसलबाट ।”
ग्रामीण परिवेशका कथा
लव गाउँले विश्व कुइकेल नेपाली कथा साहित्यमा नयाँ नाम हुन् । नाम नयाँ हुन् या पुराना तिनले गरेका कामले सबैलाई प्रभावित पार्न सक्नुपर्छ, सबैलाई मोहित बनाइरहनुपर्छ र सबैको मानसपटलमा रहिरहन सक्नुपर्छ । यति भयो भने मात्र कथा सिर्जना अब्बल भयो भन्न सकिन्छ र सर्वत्र प्रशंसनीय पनि हुन्छ । कथा रहरले या अरूले लेखेको जस्तो देखासिकी गर्ने र जबरजस्त लेखिने विषय हुँदै होइन । कथाको विषय छनोट, कथाको बान्की, प्रस्तुतीकरण, भाषाशैली बलियो बन्न सक्यो भने मात्र एउटा राम्रो कथा बुन्न सकिन्छ । नेपाली कथा साहित्यमा विषयवस्तुको बुनोटभन्दा कुइकेलको प्रस्तुतीकरण, भाषाशैली प्रभावशाली देखिएका छन् । विश्व कुइकेल आधिकारिक रूपमा विश्वामित्र कुइकेल हुनुहुन्छ । उहाँका अधिकांश कथा मौलिक तथा ग्रामीण परिवेशमा लेखिएका छन् । कथाहरू रोचक हुँदाहुँदै पनि केही कथ्य, केही शब्द कमजोर देखापरेका छन् । उहाँको आफ्नै भूमिका ‘कथाको कथामा’ उहाँले ‘भौति निको’ लेख्नुभएको छ । पाठकले यसलाई के भनेर बुझ्ने ? उहाँको ‘सुगन्धपुर’ कथासङ्ग्रमा ‘थाहा’, ‘त्यो रात’, ‘काकाको रेडियो’, ‘थोपा’, ‘भुलिएकी दिदी’, ‘दोधार’, ‘पाटन चुल्हो’, ‘नाता’, ‘मेजर सा’ब’, ‘थोप्पल खोला’, ‘विक्रम’, ‘रणधीर दाइ’, ‘रामसुमरिन’, ‘सेतो घोडा’, ‘कमरेड परशु’, ‘तिर्खा’, ‘सुगन्धपुर’, ‘डी कलिङ’ र ‘अनि पर्दा खस्यो’ गरी उन्नाइस वटा कथा सङ्ग्रहित छन् । कथाहरू विभिन्न पृष्ठभूमि र स्थानपरक छन् ।उहाँको ‘थाहा’ कथा सङ्ग्रहकै उत्कृष्ट कथा मान्न सकिन्छ । वीरसिँह धामी उर्फ वीरेलाई म पात्र देखिसहँदैन । उसको बाबु रामदत्तले वीरेलाई दिने गरेको लिफ्ट पटक्कै मनपर्दैन । कथा रहस्यमयी छ । रामदत्त उसको निमित्त बाबु र आमाको निमित्त लोग्ने हो भन्ने पछि थाहा हुन्छ । जसले वीरेलाई कहिल्यै मन पराएन अन्ततः ऊ नै उसको बाउ थियो । रामदत्त जन्मजात नपुङ्सक थिए । रामदत्तको मृत्युको कारण डाक्टरले ‘डेथ ड्यू टु हार्ट स्ट्रोक’ भनेर कथाकारले लेख्नुभएको छ । साधारणतया डाक्टरले यसलाई ‘ड्यू टु कार्डियाक एरेस्ट’ लेख्ने गरेको पाइन्छ । ‘त्यो रात’ कथा धेरै प्रयास गरेर प्रेम गर्ने तर विवाहेत्तर जीवन असन्तुष्ट रहेको एक युवा जोडीको कथा हो । कथामा लेखकले ‘कलाकन एक पाउ लेराऊ है’ भनेका छन् । यो कलाकन के हो पाठकले कसरी बुझ्ने ?‘मेजर सा’ब’ उहाँको अर्को राम्रो कथा हो । कथामा मेजर हुँदाको फुर्तिफार्ती, केटाहरूले बुट बजार्दै गर्ने सलामको शान, ब्यारेकभित्रको हाईफाई खानपिन, गाडी, बाहिर हिँड्दा अरूले गर्ने मर्यादा र प्रशंसा, श्रीमती भएरै पनि आपूmभन्दा आधा उमेर कम युवतीसँगको रस रङ्ग कुनै उपन्यास पढ्दै सम्झँदै गर्दा जागिर छुटेपछि हवल्दारले पनि नटेर्ने पीडा र माओवादीको गोलीबाट श्रीमतीको इहलिला समाप्त भएको झट्कापछि उनी विगतबाट झसङ्ग हुन्छन् र उनी नातिलाई स्कुलबाट ल्याउनुपर्ने कुराले हत्तारिँदै उठ्छन् । ‘अनि पर्दा खस्यो’ कथामा स्टेज कलाकारको राम्रो अभिनय देखाउने हुटहुटीमै समकक्षी कलाकारको मृत्यु पीडामा उत्तम पात्र आत्महत्या गर्न पुग्छ । उहाँका प्रायः कथामा पुरुष, पुरुषजस्तो नभएर हतोत्साही, निरीह र कमजोर पात्रको रूपमा देखापरेका छन् । यो कथामा लेखकले बिरुवामा लाग्ने कीरा मार्ने औषधिलाई ‘बिरुवा मार्ने औषधि’ लेख्नुभएको छ । कथामा बेप्रसङ्गका उपकथाहरू आइरहन्छन् ।घान्द्रुक यात्राको ‘तीर्खा’ कथामा घान्द्रुकको प्राकृतिक सौन्दर्यभन्दा तीन पात्रको विवरण लामो लेखिएको छ । सामान्यतया अरू कथाहरूमा पात्र परिचय अनावश्यक रूपमा तन्किएको पाइन्छ । काकाको सम्पन्नताको प्रतीक पानासोनिक रेडियो हो ‘काकाको रेडियो’ कथा । रेडियोमा समाचार सुन्न गाउँलेहरू काकाको घरमा झुम्मिथे । धागोले बाँधेको चस्मा फुकालेर रेडियोमा पुरानो बेट्री हालेपछि स्याईं स्याईं गर्दै समाचार टिप्छ । करिब पचास वर्षअघिको समयमा रेडियोले हालसालैको समाचार दिनु अलि अस्वाभाविक लाग्छ । जग्गा जमिन प्रशस्त भएर पनि छोरानातिले सबै सम्पत्ति सखाप बनाइदिएपछि काकाको असोचनीय मृत्यु हुन पुग्छ । ‘थोपा’ कथामा भान्छामा पहिले पहिले प्रयोगमा ल्याउने सामान र आधुनिक सामानहरूको संयोजनलाई उहाँले रिग्सको प्रिजम्याटिक सिद्धान्तसँग तुलना गर्नुभएको छ । फ्रेड डब्लु रिग्सको यो सिद्धान्त समाजको सन्दर्भमा पूरातन र नूतन मूल्य तथा व्यवहार एउटै सङ्गठनमा सहअस्तित्वको रूपमा रहिरहन्छ भन्ने हो । यसको विशेषता भनेको विषमता, औपचारिकता र अतिव्यापित अर्थात् मिल्दाजुल्दा हुन्छन् भन्ने हो । भान्छाकै विवरणमा लेखकले भित्तामा पिर्का झुन्डिएको लेख्नुभएको छ जुन पढ्दा आश्चर्य लाग्छ । गौँथली गाउँलाई ‘सुगन्धपुर’ नाम दिइएको कथामा चतुरे र धनजिते अश्लील सिनेमा हेर्न पुग्छन् । सिनेमाबाट फर्केपछि चतुरेको मनमा छिटै धन कमाउने बाटो यही हो जस्तो लाग्छ । दुवैजना मिलेर यस्तो सिनेमा गाउँ भित्र्याएपछि उनीहरूको आफ्नै परिवार, सम्पूूर्ण गाउँ र चेलिबेटीहरूमा विकृति देखापर्छ । सम्पूर्ण गाउँलेवासीहरू आफ्ना श्रीसम्पत्ति बेचेर पालुबारी गाउँ पलायन हुन्छन् । कथा प्रस्तुतीकरण, भाषाशैली, कथा बुनोटको दृष्टिकोणले कथाकारको कथा भविष्य उज्ज्वल देखिन्छ । उहाँका सबै कथाले गाउँ, स्थानीय भाषा, प्राकृतिक सौन्दर्य बोलेका छन् । नारी पीडा, उत्पीडन, नारी यौन भोक मुख्य रूपमा अगाडि आएका छन् । उहाँका अधिकांश कथामा कतै लुकेर कतै छर्लङ्ग भएर यौन पोखिएका छन् । प्रकाशक फिनिक्स बुकले नेपाली आख्यानमा पाठकहरूका लागि अब्बल कथाकृति हो भनेर दावा गरेजस्तो छैन ‘सुगन्धपुर’ । कथानकमा श्रव्य र दृश्य सँगै मिलेर आउँछन् तर उहाँको प्रायः कथामा त्यस्तो छैन । धेरै ठाउँमा दुवैलाई एकैपल्ट बुझ्न दोहो¥याएर पढ्नुपर्ने देखिन्छ । कथाकारको यो पहिलो सङग्रहलाई माया गर्न सकिन्छ र पठनीय छ पनि भन्न सकिन्छ ।
आफ्नै गाउँको अन्तर्ध्वनि सुनेर
सुदूर क्षितिजको डाँडाबाट घाम डुब्नै आँटेको थियो । म उभिएको भूमेथान डाँडाबाट आजको अन्तिम पाइला उठाउने तरखरमा थिए घामका किरण । साँझपखको नीलो तुँवालोले टाढाटाढाका बस्ती छोपिन थालेका थिए । उत्तरतिरका नीला डाँडाका टुप्पामा अलिकति चम्किलो, पहेँलो वस्त्र टाँसिएझैँ देखिन्थ्यो । ती डाँडामुनि बाक्लिँदै गएको नीलिमामय प्रशान्तभित्र धर्ती विश्राम गर्न लागिरहेको थियो । मेरा नजिकमा शताब्दीआँै पुरानो वरको रुखका हाँगामा कौवा भने अझै खेलिरहेका थिए । अन्यत्रबाट रुखतिर आउँदै गरेका अन्य चराका पखेटामा घामको प्रकाशले छुन छोडिसकेको थियो । पन्छीजगत्ले आफ्नो दिनचर्याबाट छुट्टी लिन अब धेरै बेर बाँकी थिएन ।