• ८ मंसिर २०८१, शनिबार

गीत

blog

छैन क्यारे मेरा लागि दुख्ने मुटु पनि

कति हाँस्छ्यौ म रुँदा नि ढुङ्गा जस्तै बनी ।


थाहै छैन कता गयौ दोबाटोमा छोडी

जोवन मेरो बितिगयो तिमीलाई खोजी ।

यो मन दिएँ विश्वास गरेँ सधैँ आफ्नो ठानी

कति हाँस्छ्यौ म रुँदा नि ढुङ्गा जस्तै बनी ।


फूल थुँगा जस्तै सधैँ तिमी हाँसीखुसी हुनू

भन्दिनँ म बिर्सेपछि सम्झिएर रुनू ।

कति थिए मेरो निम्ति चोखो मनका धनी,

कति हाँस्छ्यौ म रुँदा नि ढुङ्गा जस्तै बनी ।