सुदूरपश्चिमको पहिचान
सुदूरपश्चिमका चार जिल्ला डोटी, अछाम, बाजुरा र बझाङको सङ्गममा अवस्थित खप्तड प्राकृतिक रूपमा मनमोहक र सुन्दर छ । ठुल्ठुला विशाल फूलैफूलले सजिएका सुन्दर पाटन, पाटनका बिचमा बगिरहने कलकल कञ्चन पानी, वरिपरि अग्ला–अग्ला डाँडैडाँडामा भरिएका वनस्पति, घोडा र गाईबस्तुको बथान, चराको चिरबिर आवाजले खप्तडलाई साँच्चिकै जीवन्त बनाएको छ । उचाइ अनुसार विभिन्न वनस्पति साल, देवदार, गोबे्र सल्ला, ढिङ्ग्रे सल्ला, गुराँस, फलाँट बाँझ,
‘नेवार’ शब्दको प्राचीनता
नेपालको इतिहासलाई पल्टाउँदा संस्कृति, कला एवं साहित्यको माध्यमद्वारा विश्वमा आफ्नो देशको नामलाई रोशन गर्दै आएको नेवार समुदाय प्राचीन कालदेखि नै नेपाल–उपत्यकाको बासिन्दाका रूपमा रहिआएको देखिन्छ । ‘नेवार’ शब्दले कुनै एक जाति विशेषलाई मात्र जनाउने होइन, पुरै समुदायकै प्रतिनिधित्व गर्दछ । केही विद्वान्ले देशको नाम नेपाल र समुदायको प्रतिनिधित्व गर्ने नेवार शब्दका बीचमा पनि घनिष्ठ रूपले अन्तरसम्बन्ध रहिआएको कुराको व्याख्या गरेका छन् । एक थरी विद्वान्हरू नेवार शब्दको व्युत्प
कामना (कविता)
अहिले बिरामी समय बिताइरहेछु म आफ्नो सास आफैँलाई कोक्याउँछ भुइँ टेक्ने साहस खुट्टामा छैन कलम समात्दा हात लर्बराउँछ जिउ, सर्वाङ्ग दुख्छ
आमा (कविता)
आमा वर्ण मिठा सदा जगत्मा उत्कृष्ट लाग्ने अति छानी वर्ण मिलाउँदा स्रजकले श्रमै सिँगारे कति आमा ती जननी धरा सरहकी हुन् प्रेमकी पूञ्ज नै माला गाँस्छिन् ती भरी रहरिला वात्सल्यका रूप नै ।
सभ्यताका गुरु (कविता)
अन्तरिक्ष–धर्तीको राजदूत उर्वशीको लयमा गीत गाउँदै आएको त्यो मनोहर झर्ना देख्दा नदीको सौन्दर्यमा उषाका आलोकपुत्रको त्यो सुकुमार
बहुविषयक काव्यिक सिर्जना
कविताको लघु रूप मुक्तक हो । यो अत्यन्त चोटिलो र धारिलो विधा हो । चोटिलो र धारिलो यस विधाको एक अर्को मुक्तकसङ्ग्रह नवराज रिजालको ‘अनि तिमी’ प्रकाशित भएको छ । रिजाल नेपाली साहित्यको क्षेत्रमा सिर्जना, सम्पादन, सङ्गठन क्षेत्रमा अत्यन्तै सव्रिmय प्रतिभा हुनुहुन्छ । यस सङ्ग्रहको भूमिकाको सन्दर्भमा साहित्यिक सर्जक डा. रमेश शुभेच्छुले उहाँको बारेमा जुन सम्बोधन गर्नुभएको छ, त्यो यथार्थ पनि हो । डा. रमेशले ‘अनि तिमी’ मुक्तक कृतिभित्र अभिव्यञ्जित नवराज रिजालको मुक्तककारिता शीर्षकमा २५ पृष्ठको प्राज्ञिक र पठनीय भूमिका लेख्नुभएको छ ।
चुनाव [कथा]
“भोट केमा... जिन्दावाद...” हरिकृष्ण अर्धबेहोसीमा कराउँदै थियो । चुनावले गाउँ, सहर सबैतिर छोपिसकेको थियो । सबै चुनावमय भइसकेको थियो । यस्तोमा हरिकृष्णलाई पनि चुनाव लाग्नु अस्वाभाविक थिएन । उसलाई पनि बिहानैदेखि चुनाव लाग्छ । चुनाव आउनै हुन्न उसलाई । मतदानको एक महिनाअघिदेखि बाटो सबै आफ्नो बनाएर हिँड्छ ऊ । बिहानैदेखि बाहिरै हुन्छ । एक महिनासम्म घरमा कसैले उसका लागि भात कुर्नु पर्दैन । पूर्वबाट उदाएको सूर्य पश्चिमबाट अस्ताइसक्दा पनि हरिकृष्ण घरभित्र छिर्दैन ।
रुखो डाँडामा रेडरक्स रङ्गशाला
अगस्ट ६, २०२२ को बिहान हामी अमेरिकाको कोलोराडो राज्यको डेन्भर सहरको पश्चिम दक्षिणतिर रहेको रेडरक्स एम्पिथिएटर अर्थात् रेडरक्स रङ्गशाला घुमघामका लागि हिँड्यौँ । अमेरिकाका चिप्ला बाटाहरूमा कुनै बाधाबिना दौडिरहेका गाडीहरूसँग प्रतिस्पर्धा गर्दै हामी पनि एक घण्टामा त्यहाँ पुग्यौँ । यो ठाउँ पुग्नुअघि ठूलो ढुङ्गालाई झ्यालको आकारमा काटेर गाडीहरू हिँड्ने बाटो बनाइएको रहेछ, त्यही बाटो भएर हामी पनि अगाडि बढ्यौँ । दुलहीको घर पुग्न लागेका जन्तीको लस्कर जस्तै मन्द गतिमा बाटोभरि गाडीहरू एकापसमा प्रतिस्पर्धा गर्दै गुडिरहेका थिए । खण्ड खण्डमा रहेका पार्किङ स्थलहरू सबै भरिभराउ थिए । आआ
लोभलाग्दो फल
गर्मीमा गर्मी हुँदैन, मन भरिने फल मिल्यो भने ! लिची यही गर्मीयाममा फल्ने गुलियो मिठो स्वादको लोकप्रिय फल हो । कार्बोहाइड्रेड, क्याल्सियम, भिटामिन सी, पोटासियम, फस्फोरस र फलाम जस्ता स्वास्थ्यवर्धक गुणले भरिपूर्ण हुन्छ यो फल । पाँच/छ दिनअघिसम्म गर्मी उकालो लाग्दै थियो, युद्धको सिपाही जस्तै आक्रामक बनेर । सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा उच्च तापक्रमले नयाँ रेकर्ड बनायो । त्यस्तै अन्य हिमाली क्षेत्रमा समेत अस्वाभाविक गर्मीले जनजीवन कष्टकर बन्यो ।