दशरथचन्दको आँगनमा
गत असारमा कामविशेषले केही दिन गोठलापानी, बैतडी जानुपर्ने काम आइप¥यो । त्यसो त यसअघि पनि २०७४ सालमा डडेल्धुरा हुँदै बैतडीको केही दिनको बसाइपछि गोकुलेश्वर, मालिकार्जुन दर्शन गरी दार्चुलासम्म गएको थिएँ । यो पटक परिवारका सदस्यसहित बैतडी गएको थिएँ । हामी धनगढीसम्म हवाईजहाजमा र यसपछि जिपबाट त्यसतर्पm लाग्यौँ । यस पटकको ड्राइभर रमाइलो खालको प¥यो, त्यसो भएर बाटो सजिलै अनि रमाइलो तरिकाले कटाउन पाइयो । धनगढीदेखि १८ किमिको दूरीमा अत्तरिया चौबाटो पुगेपछि गोदावरीतर्पm लाग्यौँ । गोदावरी सुन्दर सुदूरपश्चिमको प्रस्तावित प्रदेश केन्द्र पनि हो । त्यहाँको पार्कमा केही समय विरचण गरेपछि सुदूरपश्चिमका अलि अप्ठ्यारा लेकमध्येको एक भासुको लेक कटेर सहजपुर पुग्नै लाग्दा सल्लेरी वनको आनन्द लिन पाइयो । बुडर पुगेपछि बिहानको खाना खायौँ । बुडरबाट महाकाली किनारतर्पmको जोगबुढा जाने बाटो छुट्टिने रहेछ । त्यसपछि बाटोभरि ठाउँठाउँमा गुराँसका रुख हेर्दै यात्रालाई अगाडि बढायौँ । यस क्रममा डडेल्धुराको बजार हुँदै उग्रताराको दर्शन गर्न पुग्यौँ ।
जलवायु परिवर्तनको असर : आकाशदेखि भान्सासम्म
सन् २००८ मा लन्डनको जियोलोजिकल सोसाइटीको स्ट्रेटिग्राफी कमिसनले पृथ्वी नयाँ भौगर्भिक युग (एन्थ्रोपोसिन एज)मा प्रवेश गरेको विषयलाई बहसमा ल्यायो । पछिल्ला दिनका मानवीय गतिविधि र जलवायु परिवर्तनको असरबारे भएको गहन अध्ययनमा यस कमिसनका सदस्यहरूले भूगर्भीय युग विभाजनको औपचारिक एकाइ बनाउने प्रस्ताव पारित गर्दै यो विचारलाई थप परीक्षण गर्नुपर्ने निर्णयसमेत ग-यो । त्यसपछि विश्वका अधिकांश वैज्ञानिक तथा वैज्ञानिक समूहले एन्थ्रोपोसिनलाई औपचारिक रूपमा भूगर्भीय समयमा प्रवेश गरेको स्वीकार गरिने बताए । अधिकांश वैज्ञानिक औद्योगिक क्रान्तिदेखि नै पृथ्वीको जलवायुलाई न्यानो पार्नमा मानिसको हात रहेको कुरामा सहमत हुँदै पृथ्वीले प्राचीन युगबाट निकै परको दूरी पार गरेर एन्थ्रोपोसिन भनिने नयाँ भौगर्भिक युगमा बाँचिरहेको कुरामा सहमत छन् ।
रङ र पानीको पर्व
फागु वसन्त ऋतुको आगमनसँगै मनाइने चाड हो । नेपालका विभिन्न भागमा बसोबास गर्ने समुदायमा एक महिना, सात दिन, एक दिन मात्रै पनि यो चाड मनाइन्छ । विभिन्न रङ र पानीको चाडको रूपमा फागुको उल्लेख गरिएको छ । ईश्वरप्रति कृतज्ञता, पारिवारिक मूल्य मान्यता, संस्कृति हस्तान्तरण गर्ने क्रममा पारिवारिक भेला, साथीसँगको मनोरञ्जन र खानपान सबैको सम्मिश्रणको रूपमा फागुलाई लिन सकिन्छ । होली, फगुवा, मदनोत्सव, पटवास विलासिनी आदि विभिन्न नामले फागु चाडलाई सम्बोधन गरिन्छ ।
ऐँठन
जीवनका यति धेरै पाइलाको उकाली ओरालीपछि आजभोलि मलाई कहाँ के पुगेन भन्ने कुराले सताइरहेछ । म बाँचेको संसार, मेरो परिवेश, मेरा चाहना र महत्वाकाङ्क्षा, मेरो हिम्मत र मैले सिक्दै आएको ज्ञानको क्षितिज पनि साना र साँघुरा पक्कै थिएनन् । मेरो जीवनप्रतिको मोह पनि कम लोभलाग्दो थिएन, न त मेरो जीवनदृष्टि नै थियो खजमजिएको र अस्पष्ट । सपनाहरू पनि हजारौँ थिए । यसमा सीमाहरू, बाधा र अड्चनका गाँठाहरू भने नभएका होइनन् । तिनलाई फुकाउन सक्ने विश्वास, आँट, धैर्य र लगनशीलता ममा भरिएकै थिए । तर आजको मेरो भोगाइ र मेरा सपनाको तालमेल किन मिल्दैन ? किन स्वप्निल यौवनका अतृप्त उतारचढावको व्यग्रता मेरा मनभरि ? यो यक्ष प्रश्न बनेर मेरो मथिङ्गल फनफनाइरहेछ ।
गजल
रानूले छोडिदिएको त्यो घर झैँ छ जीवन आफैँलाई जाइलाग्ने तरवार झैँ छ जीवन । छन् अस्तव्यस्त मेरा बाँच्नुका शृङ्खला ती स्वराज्य हाराएको सरकार झैँ छ जीवन ।
सत (कविता)
तराईको जगमा पहाडको भित्तो छानो हो हिमाल हुँदैन घर यी तीनै बिना रहन्न नेपाल जनताको शक्ति, देशको भक्ति शिर ठाडो पारेर आपसमा झगडा गरेर यहाँ नबसौँ हारेर
रहर (कविता)
रहरहरू कहिलेकाहीँ लाग्छ मेरा रहरहरू चाँदनी रातको धिपधिपे उज्यालोमा मलाई चियाएर जिस्क्याइरहेछन् मानौँ,
जीवनीमूलक श्रेष्ठ कृति
वि.सं. २०७९ मङ्सिरमा फाइन प्रिन्टद्वारा प्रकाशित ‘सुश्री पारिजात’ गोविन्द गिरी प्रेरणाद्वारा तयार पारिएको जीवनीमूलक कृति हो । तीन सय छयानब्वे पृष्ठको यो कृतिमा पारिजातका विषयमा थप जानकारी प्राप्त गर्न सकिने अनुक्रमणिकासहितका तस्बिर र अन्य स्रोत सामग्री पनि संलग्न गरिएका छन् । नेपाली साहित्यमा पारिजात सर्वाधिक विवाद र चर्चामा रहेकी स्रष्टा हुनुहुन्छ । पारिजातका बारेमा यसअघि पनि जीवनी नलेखिएका होइनन् । तथापि गिरीजीको यो कृतिमा पारिजातका लुकेका र छुटेका पाटामाथि चियाउने प्रयास गरिएको छ । पारिजात वामपन्थी विचारकी लेखिका भए पनि गैरवामपन्थीसमेत उहाँप्रति उत्तिकै आकर्षित हुन्थे । त्यसैले उहाँको लोकप्रियता सर्वत्र व्याप्त थियो ।
उर्वशीको कामुकता
“नमस्कार आर्यपुत्र ! म उर्वशी, स्वर्गलोककी अप्सरा । इन्द्र महाराजको आदेशले सेवा गर्न आएकी । अतिथि हुनुहुन्छ, अतिथिको सेवा गर्नु आतिथेय धर्म हो । पूरा रात हजुरको कोठामा हजुरसँगै रहेर सेवा दिन चाहन्छु । जस्तो भन्नुहुन्छ त्यस्तै सेवा पाउनुहुनेछ । कामशास्त्र पारखी इन्द्र महाराजको अन्तरङ्ग सेविका हुँ । कामकलामा निपुण छु । आजको रात तपाईंको हो, तपाईंमै समर्पित गर्न चाहन्छु ।” सन्ध्याकालमा उर्वशी मस्किँदै अर्जुनसामु प्रस्तुत भइन् ।
युजेनको त्यो गोर्खा चित्र
विश्वप्रसिद्ध कलाकार युजेन दलाक्व्रा फ्रान्सका प्रमुख स्वच्छन्दतावादी कलाकार हुनुहुन्छ । सम्पन्न परिवारमा उहाँ २६ अप्रिल, १७९८ मा फ्रान्सको सेन्ट मौरिसमा जन्मनुभएको थियो । उहाँको पिता फ्रान्सका परराष्ट्रमन्त्री हुनुभएको थियो । उहाँकी माता एक सुसंस्कृत, सुशील, पढेलेखेकी भद्र महिला हुनुहुन्थ्यो । उहाँले नै छोरा युजेन दलाक्व्रालाई साहित्य र कलाप्रति अभिरुचि जगाइदिनुभएको थियो ।
त्यो समय यो समय
अकस्मात हुनु र फलदायी हुनु सृष्टिको सबैभन्दा सुन्दर पक्ष हो भन्ठान्छु म । कल्पनातीत हुनु र कालो बादलमा चाँदीको घेरा भेटिनु समयले सिर्जना गरेको मानवोचित मूल्य हो भन्ठान्छु म । सबै काम योजनाबद्ध हुँदा रहेनछन् । सबै काम सोचेअनुसार पनि हुँदा रहेनछन् ।
सृष्टिको फूल
महिनावारी/छाउ/रजस्वला/पर सर्ने नामले पुकारिने सङ्केत भनेको सृष्टि अर्थात् सृष्टिको फूल हो । यो फूल नफुलेसम्म सृष्टि सम्भव छैन । महिला सन्तान उत्पादन गर्न तयार हुनलाई यो फूल फुल्नै पर्छ ।प्रायः फूल भन्नाले दिमागमा रातो आकृति उत्पन्न हुन्छ । यो सृष्टिको फूलको रङ पनि रातै हुन्छ । निख्खर रातो । मायाको प्रतीक रातो गुलाबजस्तै । त्यो गुलाब चाहे ओइलियोस्, चाहे सुकोस् त्यो रातो नै रहन्छ । यो सृष्टिको फूल पनि त्यस्तै हो– मायाको प्रतीक, सृष्टिको प्रतीक, जननीको गौरव, चेलीको अस्मिता ।
रुबी र चाँदी
नामै राम्रो – रुबीभ्याली । पत्थर उजाड छ तर महँगो छ रुबी/चाँदी । यसको मूल्य बुझेकाले दोहन गरे । कम्पनी खडा गरे, पहाड खोतले, प्राकृतिक स्रोत ओसारे । अहिले गणेश हिमाल मेटल कम्पनीका टहरा पहरेदारले कुरेका छन् । सेयर (कम्पनीका लागि पैसा लगानी) लगानी गरेका गाउँले हेरेको हे-यै भए ।
जय नेपाल हजुर [कथा]
प्रेरणाले सोधिन्, “दाजु, यहाँ तपाईंलाई कुर्न कोही छैनन् ?” उत्तर दिने क्रममा उनले भने, “यस्तो अवस्था त शत्रुलाई पनि आई नलागोस् । सानैदेखिको अभागी म... ।” उनले पूरा वाक्य बोल्न पनि सकेनन् । छेउमा उभिएकी मलाई पनि कौतूहल बढ्यो, कहाँ होला त यिनको घर ? के होला थर ? यस्ता गज्याङगुजुङ प्रश्नले मगज भरियो । वास्तविकता जान्नै पर्ने गरी हुटहुटी भयो ।
मुक्तक
वन वनमा हेर, जताततै भीरै–भीर छ मन मनमा हेर, जहिलेसुकै पीरै–पीर छ घाइते पार्न धारिलो त्यो छुरा पनि चाहिन्न यसै पनि तिम्रा ती नजरमा तीरै–तीर छ ।
किन याद आउँछौँ ? (कविता)
चिसो सिरेटोले मनको अन्तर कुना छोएर जाँदा अनायास तिमी याद आउँछौँ ।
गजल
रहेको छ हाँसो अधरको अधरमै भयो बात मीठो नजरको नजरमै । खपेको छ तिर्खा नदी छेउमा यो नभेटेर पानी बगरको बगरमै ।
मेरा सोभियत सम्झनाहरू
‘रसियनमा श्रीमतीलाई ‘झेना’ भनिन्छ । हामीले ‘झेना’ भन्दा अब्दु हाँस्ने गर्थे । यसमा चाहिँ उनले मज्जा लिन्थे । अनि अरबियनहरू ‘पदगताभिचेल्नी फाकुल्चेत’ लाई ‘बदगताभितेल्नी फाकुल्तेत’ भन्थे । हामी हाँस्थ्यौँ । अरबियनमा ‘प र च’ उच्चारण हुने रहेनछ । स्पेनिशभाषी निकारागुआन र क्युबेलीहरूको ‘ज’ उच्चारण नहुने रहेछ, उनीहरू त्यसको साटो ‘स’ उच्चारण गर्थे ।’
रक्की माउन्टेनमा रमाउँदा
अमेरिकाको मिनेसोटा राज्यबाट कोलोराडो राज्यको डेन्भर सहरमा ३० अगस्त, २०२२ मा पुग्यौँ । भोलिपल्ट बिहानै अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त रक्की माउन्टेन राष्ट्रिय निकुञ्ज हेर्न हिँड्यौँ । दिउँसोको करिब १२ बजेतिरको टन्टलापुर घाममा त्यहाँ पुग्दा मात्र त्यस ठाउँको महìव महसुस भयो । त्यहाँ जम्मा भएका मानिस देख्दा यस्तो लाग्थ्यो कि अमेरिकाका मात्र होइन, विश्वकै आधा जनसङ्ख्या यहीँ जम्मा भएका छन् । गाडी पार्क गर्ने ठाउँसमेत पूरै भरिभराउ थियो । कोही कुकुर डो¥याउँदै थिए, कोही साथीभाइसँग गफिँदै थिए, कोही आआफ्ना जोडीसँग उभिएर फोटो खिच्दै थिए ।
बौद्ध धर्म दर्शनको ‘शून्यवाद’
बौद्ध धर्म दर्शनको चर्चा हुँदा अलि जानकार भएकाहरू ‘शून्यवाद’ शब्द प्रयोग गर्छन् र यो शब्दको प्रयोगसँगै बहस स्वतः गम्भीर र रहस्यमय भएर जान्छ । यो स्वाभाविक पनि हो । बौद्ध दर्शनमा चारवटा दार्शनिक सम्प्रदाय छन् र त्यसमा एउटा माध्यमिक सम्प्रदाय हो । आचार्य नागार्जुनद्वारा प्रतिपादित शून्यवादसँग यो सम्बद्ध छ । अन्य तीनवटा दार्शनिक सम्प्रदाय हुन्, वैभाषिक, सौत्रान्तिक र योगाचार (विज्ञानवाद) ।
एक गुमनाम चित्रकार
हरिप्रसाद वैद्यको नाम र कामसँग नेपाली समाज विरलै परिचित होलान् । भाइलेन वादनका एक नामुद कलाकारको परिचय चित्रकलामा पनि उत्तिकै गहकिलो रहेको छ । कलामा उहाँले उहिल्यै अनेकौँ काम गर्नुभयो तर उहाँको कामलाई अहिले हेर्नुपर्ने अवस्था आयो । चर्चा नखोज्ने काममै तल्लीन भइरहने अधिकांश नेपाली कलाकारको नियति–दोष नै यही हो ।
सुशासन राष्ट्रिय सङ्कल्प
‘जनमुखी शासन, सक्रिय नेतृत्व : आधारभूत आवश्यकता परिपूर्ति राज्यको उत्तरदायित्व’ आज प्रजातन्त्र दिवसका अवसरमा नेपालका राजनीतिक दल र नेताहरूले यति सङ्कल्प गरिदिए राष्ट्र निर्माणको नवीन यात्रा प्रारम्भ हुन सक्छ । सुशासनको आधारस्तम्भ निर्माण हुन्छ । राज्यसँग जनताको भरोसा वृद्धि हुन्छ । नागरिकले चाहेको रूपान्तरणको ढोका खुल्छ ।
ओखलढुङ्गा कब्जा गर्दा...
नेपालको राजनीतिक इतिहासको युग परिवर्तन गर्ने क्रान्तिमध्ये एक २००७ सालको क्रान्ति पनि हो । उक्त क्रान्तिमा नेतृत्वकारी भूमिका निर्वाह गर्नेमध्ये एक रामप्र
क्रान्तिका योद्धा
बलदेव भट्ट ‘रिचपल्या’को जन्म १९६७ सालमा हालको दशरथचन्द नगरपालिका–५, रिचपला गाउँमा भएको थियो । गाउँको नाम जोडेर उहाँलाई बलदेव भट्ट