• २१ वैशाख २०८१, शुक्रबार

नयाँ वर्ष (कविता)

blog

चराचुरी चिरबिर गर्दै 

कराइसके मिठो बोली 

लागिसक्यो नयाँ वर्ष 

बाहिर हेर ! दैलो खोली ।


लाली चढ्यो हिमालमा, 

बैँस फुल्यो मुहारमा 

मखमली र सयपत्री, 

फूल फुलेझैँ तिहारमा ।


वसन्तको हरियाली 

छाइसक्यो वनपाखा 

प्रकृति नै रमाएर 

आइसक्यो आफ्नै काखा ।


तराईका हरिया फाँट 

घुम्न थाले नजरभरि

हेरिरहुँ जस्तै लाग्यो 

तिनलाई पनि घरीघरी ।


नयाँ जोस नयाँ रङ्ग

सबै नयाँ ल्याए जस्तो 

दुनियाँका सबै खुसी 

आफ्नैछेउ आएजस्तो । 


सुस्त गति होइन अब

वायुपङ्खी चलोस् चाल 

सधैँभरि यसैगरी 

आइरहोस् नयाँ साल ।