• २९ मङ्सिर २०८२, सोमबार

३१ औँ महानगर दिवस : २३५ परम्परागत बाजा गुरुलाई सम्मान

blog

सम्मान कार्यक्रम ।

काठमाडौँ, मङ्सिर २८ गते। काठमाडौँ महानगरपालिकाले २३५ जना परम्परागत बाजा गुरुलाई नगद ३० हजार रुपियाँसहित सम्मान गरेको छ। ३१ औँ महानगर दिवस २०८२ का अवसरमा आज राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, समितिका सदस्य, कार्यपालिकाअन्तर्गतका समितिका संयोजकले सम्मान गर्नुभएको हो। 

सम्मानित हुने गृरुमा ज्यापु महागुथि नेपाः, येँ महानगर समितिबाट शिफारिस हुनुभएका परम्परागत ६३ टोलका ६३ जना मु–धिमे गुरु र ५२ जना दाफा खिं गुरु हुनुहुन्छ। गुंलाबाजं व्यवस्थापन व संरक्षण संघबाट सिफारिस हुनुभएका २६ टोलका एकएक गुरु, नेपाल खड्गी सेवा समितिबाट शिफारिस हुनुभएका ६९ टोलका एक एक जना नायःखिं बाजं गुरु, नेपाल राष्ट्रिय खड्गी समाजबाट १४ टोलबाट शिफारिस हुनुभएका १४ जना गुरु हुनुहुन्छ। यस्तै केन्द्रीय मानन्धर संघबाट सिफारिस हुनुभएका चार टोलका चार जना र विभिन्न संघसंस्थाबाट सिफारिस हुनुभएका सात जना बाजा गुरुलाई सम्मान गरिएको हो। 

परम्परागत बाजा गुरुहरुको सम्मानबाट महानगरपालिकाले गौरव महसुस गरेको वडा १६ का अध्यक्ष रोजिना श्रेष्ठले धारणा राख्नुभयो। 

कार्यक्रममा ज्यापू महागुथि नेपाः, येँ महानगर समितिका अध्यक्ष पञ्चनारायण महर्जन, नेपाल खड्गी सेवा समितिका अध्यक्ष रञ्जिता खड्गी, गुंलाबाजं व्यवस्थापन व संरक्षण समितिका अध्यक्ष अमिरमान शाक्यसहित वक्ताले, महानगरपालिकाले गुरुलाई सम्मान गरेपछि सरकारबाट संरक्षण पाएको अनुभूति भएको धारणा राख्नुभयो।