• १९ वैशाख २०८३, शनिबार

खुला सिकाइ केन्द्रको भवन निर्माण सुरु

blog

तस्बिर : भवन निर्माण कार्य ।

पुरुषोत्तम सुवेदी

पश्चिम नवलपरासी, चैत २९  गते । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १० मन्झरियामा स्थानीयको अध्ययन र सिकाइका लागि खुला सिकाइ केन्द्रको भवन निर्माण कार्य सुरु भएको छ ।

लुम्बिनी प्रदेश सरकारबाट विनियोजित ३५ लाख रुपियाँको बजेटमा यो पूर्वाधार निर्माण हुन लागेको हो। केन्द्रका अध्यक्ष हरिनारायण चौधरीका अनुसार भवन निर्माण कार्य सुरु भएसँगै मन्झरियाका स्थानीय बासिन्दामा ठुलो उत्साह थपिएको छ ।

उहाँले भन्नुभयो, “गाउँमै यस्तो केन्द्र स्थापना हुनु हाम्रो लागि गौरवको कुरा हो, यसले अध्ययन संस्कृतिलाई प्रोत्साहन गर्ने छ ।” पछिल्लो समय स्थानीय तह र प्रदेश सरकारको समन्वयमा सामुदायिक सिकाई केन्द्रहरू स्थापना गर्ने क्रम बढेसँगै मन्झरियामा हुन लागेको यो विकासलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।

पछिल्लो समय स्थानीयस्तरमा सामुदायिक पुस्तकालय र सिकाइ केन्द्रहरूको अभाव खड्किरहेका बेला मन्झरियामा स्थापना हुन लागेको यो केन्द्रले विशेष गरी युवा, महिला र विद्यार्थीलाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।