सूचना र प्रविधिको विकासले अहिले संसार नै एउटा गाउँजस्तो भएको छ । यही विकासले संसारका कुनै पनि कुनामा बसेको मानिससँग निमेषभरमै सम्पर्क गर्न सकिन्छ । संसारमा भएका घटना तुरुन्तै थाहा पाउन सकिन्छ तर सूचना र प्रविधिको विकास हुनुअघि संसारको त कुरै छाडौँ, आफ्नै परिवार तथा नाता–कुटुम्बको हालखबर के छ ? सञ्चो छ कि बिसञ्चो भन्ने खबर पाउन पनि महिनौँ दिन लाग्न सक्थ्यो ।
यी खबर चिठीद्वारा पुग्ने गथ्र्यो । त्यस बेला चिठीपत्र, हवाईपत्र जनमानसमा लोकप्रिय थियो । चिठी खबर आदान–प्रदानको माध्यम मात्र थिएन, आफ्नो भूगोल, परिवेशभन्दा टाढा बसेको व्यक्तिलाई साथी बनाउन वा यसरी बनाइएको साथीसँग भलाकुसारी गर्न पनि उपयोगी थियो । यसरी चिठीद्वारा गरिने भलाकुसारीलाई त्यो बेला पत्रमित्रता भनिन्थ्यो । पत्रमित्रतामा विशेषगरी आफ्नो भूगोल, परिवेश र शोखका बारेमा जानकारी गराइन्थ्यो । यसलाई अङ्ग्रेजीमा ‘पेन पाल वा पेन पे्रmन्ड’ भनिन्थ्यो ।
एकापसमा आआफ्नो भावना पोखेर साथी (केटा वा केटी)लाई पठाइने चिठीको सुरुवात विश्वमा सन् १९३० देखि भएको मानिन्छ । त्यस्तै सन् १९३६ मा स्टुडेन्ट लेटर एक्सचेन्ज सोसाइटी नै गठन भएको थियो । त्यस्तै भारतमा चाहिँ जीएस रावले भारतबाट पत्रमित्रता सुरु गरेको मानिन्छ । रावले सुरुमा अमेरिकाको क्यालिफोर्नियाको लस एन्जल्सकी एलिस एचसँग पत्रमित्रता सुरु गरेका थिए । पत्रमित्रताको क्रममा रावले एलिस एचसँग आफ्नो फोटा पनि पठाइदिन आग्रह गरे तर एलिस एच उमेरले पाको थिइन् । त्यसैले एलिसले अनेक बहाना बनाएर रावलाई आफ्नो वास्तविकता खुल्ने डरले फोटो पठाइनन् ।
वास्तवमा पत्रमित्रता भनेको एक व्यक्तिले अर्को व्यक्तिलाई आफ्नो मनको बह मात्र नलेखेर आआफ्नो देशको संस्कार, संस्कृति, चालचलन, भाषा, वेशभूषा, रहनसहन आदिको जानकारी गराउने माध्यम पनि थियो । नेपालमा चाहिँ पत्रमित्रता कहिले सुरु भयो भनेर किटान गर्न सकिँदैन ।
खासगरी नयाँ वर्ष, दशैँ, तिहारका साथै अन्य चाडपर्व र आपूmसँग पत्रमित्रता गर्ने व्यक्तिको जन्म दिनको अवसरमा शुभकामना दिने प्रचलन रहेको थियो । पोस्ट कार्डमा नयाँ वर्ष, दशैँ, तिहारका साथै अन्य चाडपर्व र आपूmसँग पत्रमित्रता गर्ने साथीभाइको जन्मदिनको अवसरमा शुभकामना दिइन्थ्यो ।
यसरी शुभकामना दिने कार्ड हिन्दी चलचित्रका नायक÷नायिकाको बढी प्रयोग हुन्थ्यो । सगरमाथा, धौलागिरि, कञ्चनजङ्घा, ल्होत्से, अन्नपूर्ण प्रथम, गौरीशङ्कर, मकालु, नीलगिरि, माछापुच्छ«े आदि हिमालका साथै पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, बौद्ध चैत्य, स्वयम्भू चैत्य, पाटन सहर, लुम्बिनीको अशोक स्तम्भ, भक्तपुर सहर, गुलाबको पूmल, परेवा आदिको तस्बिर भएको पोस्ट कार्डमा पनि शुभकामना सन्देश लेखेर पठाइन्थ्यो ।
गोरखापत्र संस्थानद्वारा प्रकाशित युवामञ्च मासिक, अप्सरा मासिक तथा अन्य पाक्षिक, मासिक पत्रपत्रिकामा एक पृष्ठ पत्रमित्र स्तम्भ हुन्थ्यो, जसमा पत्रमित्रता गर्न चाहने व्यक्तिले आफ्नो नाम, फोटो, ठेगाना, रुचि, पढाइ–लेखाइ, पोस्ट बक्स नम्बर आदिबारे लेख्ने कुपन राखिएको हुन्थ्यो । यो कुपन काटेर तोकिएको शुल्क (सबै पत्रिकाले लिँदैनथे)सहित हुलाक वा कुरियरमार्पmत पठाइन्थ्यो । नजिक भएकाले पत्रपत्रिकाको कार्यालयमै गएर दिन्थे । पत्रमित्रता कुपन छपाउनका लागि सम्बन्धित पत्रिकाको ठेगानामा नपुग्ला भनेर धेरैले हुलाकमार्पmत रजिस्टर्ड गरेर पठाउँथे ।
रजिस्टर्डका लागि १० रुपियाँको टिकट लाग्थ्यो भने साधारण चिठीपत्र एक रुपियाँको टिकटमै हुन्थ्यो । त्यस्तै हवाईपत्रको २५ पैसा थियो । पछि ५०–६० पैसासम्म पुग्यो । यसरी म पनि टाढाटाढाका साथीभाइलाई नजिक बनाउँथेँ । सूचनाको माध्यम पनि मेरा लागि तिनै चिठीपत्र, हवाईपत्र, पोस्ट कार्डहरू हुन्थे ।
यसैगरी नेपालीले अन्तर्राष्ट्रियस्तरमा पत्रमित्रता गर्नका लागि छुट्टै ‘इन्टर नेसनल पेन पल क्लब’ रहेको थियो, काठमाडौँको ठमेलमा तर नेपाल, सिक्किम, दार्जिलिङ, आसाम, नागाल्यान्ड, बिहार, बम्बई (हाल मुम्बई), कलकत्ता (हाल कोलकाता), हङकङ, बेलायत आदिका पत्रमित्रको पत्रको जवाफ दिन, लेख्न नै भ्याई, नभ्याई हुने हुनाले म चाहिँ यो क्लबमा संलग्न भइनँ । माथि एक प्रसङ्गमा भनिएभैmँ पत्रमित्र–पत्रमित्रता भनेको एक व्यक्तिले अर्को व्यक्तिलाई आफ्नो मनको बह पोख्ने माध्यम मात्रै नभएर आआफ्नो देशको संस्कार, संस्कृति, चालचलन, भाषा, वेशभूषा, रहनसहन आदिको जानकारी गराउने माध्यम पनि थियो तर केही अपवादका रूपमा यसरी पत्रमित्रता गर्दा गहिरो सम्बन्ध बनेर बिहे नै भएका घटना पनि छन् ।
यसको उदाहरण पङ्क्तिकार स्वयं पनि हो । पङ्क्तिकारको स्थायी बसोबास तेह्रथुमको फेदाप–४ (तत्कालीन सम्दु गाविस) भए पनि पत्रमित्रमार्पmत चिनजान भएकी काठमाडौँ असन निवासी बिनु श्रेष्ठसँग शुभविवाह भयो । दुःखको कुरो ‘पत्रमित्र’ वा ‘पत्रमित्रता’सम्बन्धी यो पङ्क्ति लेखिरहँदा उहाँ यो धरतीमा हुनुहुन्न, उहाँको निधन भइसकेको छ । आज सम्झिन्छु, काठमाडाँैकी हुन्, जे भए पनि साथी हुन्छ भनेर आपूmले चिठी पाएको धेरै समयपछि उहाँलाई फोन गरेँ तर उहाँले चिठीको खाममा पुरुषको नाम लेख्नुभएको भए पनि खासमा उहाँ महिला हुनुहुँदो रहेछ । त्यसपछि हाम्रो कुराकानी र भेटघाटसँगै हाम्रो सम्बन्ध विवाहमा परिणत भयो ।