• १ असार २०८२, आइतबार

एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ सय ७४ पुग्यो

blog

काठमाडौँ, असार १ गते । गुजरातको अहमदाबाद विमानस्थल नजिकै बिहीबार भएको एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ सय ७४ पुगेको छ । जसमा ३३ जनाको जमिनमै मृत्यु भएको पुष्टि भएको छ ।

दुर्घटनामा मृत्यु भएको पुष्टि भएका २ सय ४१ यात्रु र चालक दलका सदस्यहरू भन्दा बढीको मृत्युले अन्य ३३ जना पीडितहरू अहमदाबादको बीजे मेडिकल कलेजको क्याम्पसमा रहेका व्यक्तिहरू भएको देखाएको छ । भारत सरकारले एयर इन्डिया दुर्घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । जसको नेतृत्व गृह सचिवले गर्नेछन् र यसमा राज्य र केन्द्र सरकारका सहसचिव पदभन्दा कमका प्रतिनिधिहरू हुनेछन् ।

समितिले तीन महिनाभित्र आफ्नो प्रतिवेदन प्रकाशित गर्नेछ । पश्चिमी भारतीय सहर अहमदाबादबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको बोइङ ७८७–८ विमान एआई–१७१ बिहीबार उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो ।

जसमा २ सय ४१ जनाको मृत्यु भयो भने एक जना मात्र बाँच्न सफल भएका छन् । 

सिन्ह्वाको सहयोगमा