• २७ असार २०८२, शुक्रबार

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

blog

जनकपुर, असार २६ गते । मधेस प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमा त्रुटि भएको भन्ने विषयका सम्बन्धमा छानबिन गर्न छसदस्यीय कार्यदल गठन भएको छ ।

सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा भएको गठन भएको समितिमा सत्तापक्ष, प्रतिपक्ष तथा सरकारका मन्त्रीको सहभागिता रहेको जनाइएको छ । समितिमा प्रमुख प्रतिपक्षी दलबाट जसपा नेपालका प्रमुख सचेतक रामअशीष यादव, प्रतिपक्षी दल नेकपा [माओवादी केन्द्र]का जवाहरलाल कुशवाहा, नेकपा [एकीकृत समाजवादी]का कनिष पटेल, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहनुभएका नेकपा [एमाले] संसदीय दलका नेता सरोजकुमार यादव रहनुभएको सभामुख मण्डलले जानकारी गराउनुभयो ।

प्रतिपक्षी दलहरूले बजेट पुनर्लेखनको माग गर्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।