• ५ जेठ २०८३, मङ्गलबार

राष्ट्रियसभाको बैठक सुरु

blog

मंगलबारको राष्ट्रियसभाको बैठक । तस्बिरः केशब गुरुङ

काठमाडौँ, जेठ ५ गते । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुने कार्यसूची छ ।

त्यस्तै, बैठकमा आगामी आर्थिक वर्ष २०८३र८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथिमकताका सम्बन्धमा सभामा छलफल हुनेछ । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ ।