• ५ जेठ २०८३, मङ्गलबार

दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिपको तयारी पूरा

blog

काठमाडौँ, जेठ ५ गते । तुलसीलाल स्मृति दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिपको तयारी पूरा भएको छ । 

ललितपुर स्पोर्ट्स क्लबको आयोजना, नेपाल बुद्धिचाल महासङ्घको तत्त्वावधान तथा भक्तपुर जिल्ला बुद्धिचाल सङ्घको ब्यवस्थापनमा जेठ ६ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका २० वर्ष मुनिका एक सय ५० खेलाडीको सहभागिता रहनेछ ।

वागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग रहेको प्रतियोगिता स्वीस लिग प्रणालीका आधारमा सात देखि नवौँ चरणसम्म खेलाइनेछ ।प्रतियोगिताका छात्रतर्फ विजेतालाई ३० हजार र छात्रामा विजेतालाई १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।

यस्तै  यु–१०, यु–१२, यु–१४, यु–१६ र यु–१८ तर्फका विजेतालाई पनि आकर्षक नगद पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जनले जानकारी दिनुभयो । उपत्याका बाहिरबाट आउने खेलाडीलाई नि:शुल्क बसोबासको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।