• ४ जेठ २०८३, सोमबार

माल्दिभ्सको समुद्रमा डुबेका चार जनाको मृत शरिर फेला

blog

रोम, जेठ ४ गते । माल्दिभ्सको समुद्रमा अनुसन्धानका लागि गएको एक ‘डाइभिङ’ टोलीको दुर्घटनावस डुबेर मृत्यु भएको र मृतकमध्ये इटालीका थप चार नागरिकको मृत शरिर फेला परेको तर अहिलेसम्म सतहमा ल्याउन नसकिएको इटालीको विदेश मन्त्रालय र माल्दिभ्सको सेनाले सोमबार जनाएको छ । 

पानीमा वेपत्ता भएका मध्ये एक जनालाई मृत अवस्थामा बिहीबार नै पानीबाहिर ल्याइएको थियो । 

माल्दिभ्सको राष्ट्रिय सुरक्षा बल (एमएनडिएफ) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बेपत्तामध्ये थप चारजना गोताखोरको मृत शरीर ‘वाभु एटोल’ गुफाभित्र फेला परेको छ ।”

इटालीको विदेश मन्त्रालयले उक्त समाचारको पुष्टि गरेको छ ।

“मृतकलाई अझै सतहमा ल्याइएको छैन”, एमएनडीएफले भनेको छ, मृतकलाई पानी बाहिर ल्याउने काम छिट्टै गरिनेछ ।” इटालीका एक सरकारी अधिकारीले एएफपीसँग भन्नुभयो, “यो एक कठिन काम हो र शवहरू सतहमा ल्याउन ‘केही समय लाग्न’ सक्छ।”

गत बिहीबार इटालीको संलग्न पाँच जनाको एक समूह अनुसन्धानका लागि गहिरो पानीमुनिको गुफामा गएका तर सतहमा फर्कन असफल भएका थिए । एक जनालाई सोही दिन मृत अवस्थामा पानी बाहिर ल्याइएको थियो । 

उनीहरुको खोजीमा खटिएका एक गोताखोरको उद्धारका लागि खटिएका समय शनिबार मृत्यु भएको थियो । यो दुर्घटना हिन्द महासागरको पर्यटकीय गन्तव्यमा सबैभन्दा घातक ‘डाइभिङ’ दुर्घटना हो। रासस