विजयरत्न तुलाधर
वि.सं. २०७९ को पहिलो दिन वैशाख १ गते नेपाली चलचित्र जगत्का अति लोकप्रिय मानिएका अभिनेता अनमोल केसीको चलचित्र ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आयो । अभिनेत्रीबाट निर्देशक बन्नुभएकी झरना थापाको निर्देशनमा बनेको यो तेस्रो चलचित्र हो । यसभन्दा अघि उहाँले निर्देशन गर्नुभएका ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ ले राम्रो व्यापारिक सफलता हासिल गरेको थियो ।
नेपाली चलचित्र जगत्को व्यापारिक सफलताको कुरा गर्दा वर्ष २०७९ को अन्त्यतिर प्रदर्शनमा आएको ‘बहाव’सम्म आइपुग्दाको यात्रा भने त्यति सुखद मान्न सकिँदैन तर योबीचमा प्रदर्शित नेपाली चलचित्रहरूको व्यावसायिक तथ्याङ्क हेर्दा कुनै कुनै चलचित्रले ऐतिहासिक व्यापारिक रेकर्डसमेत राखेको देखिन्छ । चलचित्रको व्यापारिक सफलताको दरसमेत बढेको छ ।
‘ए मेरो हजुर ४’ को व्यापारलाई सुखद मान्न सकिने भए पनि भारतको साउथ फिल्म उद्योगको सबैभन्दा चर्चित मानिएको चलचित्र ‘केजीएफ २’सँग प्रतिस्पर्धा गर्नु परेका कारण यो चलचित्रले अपेक्षा गरेअनुसारको व्यापार भने गर्न सकेन तर अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको लोकप्रिय जोडीको प्रभाव र यसभन्दा अघिका ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ले हासिल गरेको सफलताको प्रभावका कारण ‘ए मेरो हजुर ४’ बलियो प्रतिस्पर्धी मानियो र विदेशी चलचित्रसँग सिँगौरी खेलरै भए पनि आफ्नो प्रतिष्ठा जोगाउन सफल भयो ।
गत वर्ष ४६ वटा नेपाली चलचित्र रिलिज भएका छन् । यीमध्ये व्यावसायिक सफलताको यात्रामा उत्कृष्ट कारोबार गर्न केही चलचित्र मात्रै सफल भए । यसरी सफल भएका चलचित्रमा ‘कबड्डी ४’, ‘छक्का पन्जा ४’, ‘महापुरुष’, ‘दुई नम्बरी’, ‘प्रेम गीत ३, ‘झिँगेदाउ’, ‘पूmलबारी’ आदि पर्छन्’ ।
वैशाखमा ‘ए मेरो हजुर ४’, ‘मन्त्र’, ‘लक्का जवान’, ‘षटकोण’ गरी चार चलचित्र प्रदर्शनमा आए भने जेठ महिनामा ‘लाइफ इन एल ए’ र ‘कबड्डी ४’ प्रदर्शनमा आए । यसैगरी असार महिनामा ‘चिसो मान्छे’, ‘घनचक्कर’, ‘दोख’, ‘सम्झना बिर्सना’ र ‘सिल्ली फो’ गरी पाँचवटा तथा साउनमा ‘पानीफोटो’ र ‘म’ गरी जम्मा दुईवटा मात्र चलचित्र प्रदर्शनमा आए ।
‘कृष्ण लीला’, ‘प्रेमगन्ज’, ‘माइकल अधिकारी’, ‘प्रकाश’, ‘सिक्रेट्स अफ राधा’, ‘सम्हालिन्छ यो मन’, झिँगेदाउ, ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा – बिनिथ दि बे्रभरी’ गरी नौवटा चलचित्र भदौमा प्रदर्शनमा आए । असोज महिनामा ‘प्रेमगीत ३’, ‘बाबरी’, ‘दुई नम्बरी’ र ‘हिजोआजका कुरा’ अनि कात्तिकमा ‘नालापानी’, ‘के घर के डेरा’, ‘महापुरुष’, ‘लाखे’, प्रदर्शनमा आए ।
गत वर्ष ४६ वटा नेपाली चलचित्र रिलिज भएका छन् । यीमध्ये व्यावसायिक सफलताको यात्रामा उत्कृष्ट कारोबार गर्न केही चलचित्र मात्रै सफल भए । यसरी सफल भएका चलचित्रमा ‘कबड्डी ४’, ‘छक्का पन्जा ४’, ‘महापुरुष’, ‘दुई नम्बरी’, ‘प्रेम गीत ३, ‘झिँगेदाउ’, ‘पूmलबारी’ आदि पर्छन्’ ।
मङ्सिरमा ‘चोर पुलिस’, ‘पासो’, ‘देशान’, ‘साउल अफ कमान्डो’ र पुसमा ‘डिसेम्बर फल्स’, ‘गुन्जन’, ‘तिम्रो मेरो साथ’ प्रदर्शनमा आए । माघमा ‘ह्यारीकी प्यारी’, ‘मनसँग मन’, ‘आँधी तुफान २’ र फागुनमा ‘पूmलबारी’, ‘छक्कापन्जा ४’, ‘छड्के २’ प्रदर्शनमा आए । चैतमा ‘प्रेमा’ र ‘बहाव’ गरी जम्मा दुईवटा चलचित्र प्रदर्शनमा आए ।
चलचित्र ‘ए मेरो हजुर ४’ ले सुखद सुरुवात गरे पनि समग्र नेपाली चलचित्रको व्यापार भने यो वर्ष अत्यन्त निराशाजनक रह्यो तर नेपाली चलचित्र क्षेत्रमा ऐतिहासिक व्यापारिक सफलताको रेकर्ड पनि कायम भए । यसो भन्दैमा यो वर्ष नेपाली चलचित्रका लागि उत्तम वर्ष हो भन्न मिल्दैन । नचलेका चलचित्रहरूले निर्माताको ढुकुटीमा एक रुपियाँ पनि फिर्ता गर्न नसक्दाको पीडा भने बिर्सन हुँदैन ।
साम्राज्ञीराज्यलक्ष्मी शाह र पुष्प खड्काको ‘तिम्रो मेरो साथ’ र अभिनेता आर्यन सिग्देलको डिसेम्बर फल्स, अभिनेता अनमोल केसीको ‘छड्के २’जस्ता बहुप्रतीक्षित चलचित्रले दर्शकको मन जित्न नसक्दा भएका कमजोर व्यापारले लगानीकर्ताहरू नराम्ररी घाटामा परे ।
‘कबड्डी ४’ले चलचित्र क्षेत्रमा नयाँ इतिहास रच्न सफल भयो । ‘कबड्डी ४’ नेपालभित्र धेरै कमाउने चलचित्रको रूपमा गत वर्ष सफल भयो । यो चलचित्रले विदेशी बजारमा पनि आक्रामक कमाइ ग¥यो । विदेशमा पनि नेपाली चलचित्रको बजार अझै विस्तार गर्न रामबाबु गुरुङ निर्देशित यो चलचित्रको भूमिकालाई महìवपूर्ण मान्न सकिन्छ । वर्षको अन्त्यतिर प्रदर्शनमा आएको
‘फूलबारी’ले भने औसत व्यापार मात्र गर्न सफल भयो । यद्यपि यो चलचित्र हेर्नेहरूले मुक्तकण्ठले प्रशंसा गरेको पाइयो । यसरी हेर्दा प्रशंसित हुनु र व्यापारिक रूपमा सफलताबीचको दूरी भने बढेको नै पाइन्छ ।
अभिनेता तथा निर्देशक अनुप बरालको ‘दोख’जस्तै खगेन्द्र लामिछानेले निर्देशन यात्रा सुरु गरेकोे चलाचित्र ‘पानी फोटो’ले पनि राम्रै प्रशंसा बटुल्न सफल भयो । निर्देशक सुवर्ण थापाका दुई चलचित्र ‘म’ र ‘सिक्रेट्स अफ राधा’, निर्देशक दीपेन्द्र के खनालको ‘चिसो मान्छे’, निर्देशक दिनेश राउतको ‘प्रकाश’ र नवनिर्देशक प्रमोद कँडेलको ‘बहाव’ पनि प्रशंसा बटुल्ने कार्यमा अग्रपङ्क्तिमा परे पनि व्यापारिक रूपमा पछाडि परे ।
‘कबड्डी ४’ले चलचित्र क्षेत्रमा नयाँ इतिहास रच्न सफल भयो । ‘कबड्डी ४’ नेपालभित्र धेरै कमाउने चलचित्रको रूपमा गत वर्ष सफल भयो । यो चलचित्रले विदेशी बजारमा पनि आक्रामक कमाइ ग-यो ।
नेपाली चलचित्रको इतिहासमा ‘कबड्डी ४’ सर्वाधिक धेरै कमाइ गर्ने चलचित्र बनेर कीर्तिमान कायम गर्नुभन्दा अघि ‘छक्का पन्जा ३’ ले यो रेकर्ड कायम गरेको थियो । यसैगरी यो वर्ष निर्देशक ज्ञानेन्द्र देउजाको ‘झिँगेदाउ’को व्यापारले पनि सबैलाई चकित बनाइदियो । यो चलचित्रको कथावस्तु, प्रस्तुतिलाई दर्शकले धेरै मन पराए ।
व्यापारिक सफल चलचित्र दिने निर्देशकका रूपमा स्थापित सुदर्शन थापाको निर्देशनमा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देनजस्ता कलाकारको अभिनय रहेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ले व्यावसायिक रूपमा कुनै सफलता प्राप्त गर्न सकेन । यस्तै अभिनेता सन्तोष पन्तका पुत्र साकार पन्तको निर्देशन रहेको ‘हिजोआजका कुरा’, हास्यकलाकार शिवहरि पौड्यालको निर्देशन रहेको ‘लक्का जवान’, पुराना निर्माता डा. भोला रिजालका सुपुत्र डा. कपिल रिजालको ‘ह्यारीकी प्यारी’ र लोकप्रिय अभिनेता अनमोल केसी अभिनित ‘छड्के २’ पनि व्यापारिक रूपमा पछाडि परेका चलचित्र हुन् ।
‘प्रेमगीत ३’ ले नेपालमा आशातीत व्यापार गर्न सफल भयो भने भारतीय बजारमा आफ्नो उपस्थिति जनाउन पनि सफल भयो । निर्माता तथा निर्देशक सन्तोष सेनले लामो प्रयासपछि हिन्दी भाषामा डब गरेर भारतीय हलहरूमा यस चलचित्रलाई पु¥याउनु भयो तर भारतीय बजारमा उल्लेखनीय कमाइ भने गर्न सकेन । यस कार्यमा सन्तोष सेन र उहाँको टिमले नयाँ सम्भावनाको ढोका भने खोलिदिएको छ ।
दीपेन्द्र लामा निर्देशित चलचित्र ‘२ नम्बरी’ले पनि यो वर्ष आश्चर्यजनक व्यापार ग¥यो । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई दर्शकले मन पराए । दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा’को व्यापार पनि सुखद रह्यो । यो वर्ष निर्देशक प्रदीप भट्टराईको मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित ‘महापुरुष’ पनि धेरै कामाउने चलचित्रको सूचीमा तेस्रो स्थानमा रहन सफल भयो ।
यसैगरी सर्वाधिक धेरै कमाइ गर्ने दोस्रो चलचित्र ‘छक्का पञ्जा ४’ हो । हेमराज बीसीको निर्देशनमा तयार भएको दीपकराज गिरी र दीपाश्री निरौलाको यो चलचित्रले राम्रो व्यापार गरेको छ ।
विक्रम संवत् २०८० को आरम्भ नै ‘बुलाकी’, ‘जारी’, ‘बिहे पास’जस्ता चलचित्रबाट हुँदै छ । यी चलचित्रका निर्देशक, निर्माता तथा कलाकारलाई पहिले पहिले त दर्शकले पत्याएका छन् । यी चलचित्रमा चाहिँ के गर्छन्, त्योचाहिँ हेर्न बाँकी छ । यद्यपि एकैदिन तीनवटा सम्भावना बोकेका चलचित्र प्रदर्शनमा आउनु उचित हाइन तर यस वर्ष नेपाली चलचित्रका लागि सुखद बन्ने सङ्केत भने देखिएको छ । सुखद यस अर्थमा कि यो वर्ष यस्ता सम्भावना बोकेका चलचित्रहरूको सङ्ख्यामा वृद्धि हुने कुरामा आशावादी हुने ठाउँ छ ।