• ८ मंसिर २०८१, शनिबार

गजल

blog

रानूले छोडिदिएको त्यो घर झैँ छ जीवन

आफैँलाई जाइलाग्ने तरवार झैँ छ जीवन ।


छन् अस्तव्यस्त मेरा बाँच्नुका शृङ्खला ती

स्वराज्य हाराएको सरकार झैँ छ जीवन । 


खै के डढ्यो मभित्र धूवाँ छन् चारैतिर

डढेको खुर्सानीको त्यो खार झैँ छ जीवन । 


न ताल छ जीवनमा, सङ्गीत न मुर्छना छ 

बज्दा बज्दै छिनेको एक तार झैँ छ जीवन । 


तिम्रो त्यो झुठो माया, झुठा कसमले गर्दा 

कलिली विधवाको निधार झैँ छ जीवन ।