• ८ मंसिर २०८१, शनिबार

बाटोमा दुई कविता

blog

बाटो नाङ्गो थियोे 


बाटो नाङ्गो थियोे,

उदाङ्ग थियोे

उत्ताउलो थिएन

सर्वाङ्ग थियो, 

जस्तो हुनुपर्ने हो उस्तै

बाटो बाटो जस्तै थियोे ।


अब

बाटोलाई निर्वाङ्ग हुन नदिने हो भने

पहिराउने वस्त्र के हो

बाटोलाई छोप्ने हो भने

हिँड्ने कहाँ हो ?


०००

बाटो नदेखेर सोध्नेलाई


बाटो नदेखेर सोध्नेलाई

केही भन्नुपर्ला भनेर

बाटो छोडिएको थियोे समयमै 

साँझ, बिहान, दिन र कुनैपनि बेला हुनसक्छ

 घाम लागेको, नलागेको

पानी परेको, नपरेको

इन्द्रेणी देखिएको, नदेखिएको

जेपनि हुनसक्छ

तर आफू हिँडिरहेको बाटो नदेखेर सोध्नेलाई

फेरि भन्नु नपर्ला 

बाटो खाली गरिदिएको समय

समयमा नै थियो


आफ्नो लक्ष्य के हो

आफैँले सोच्ने हो ।