हिजो राति सपनीमा तिमीलाई देखेँ
ब्युँझिएर बिपनीमा मैले चिठी लेखेँ ।
बिपनीमा परपर सपनीमा ओर
तिम्रो कस्तो चाला हो त्यो मलाई प-यो पीर
तिम्रो मन कस्तो कस्तो बुझ्नै सकिएन
आँखाबाट आँसु झर्दा रोक्नै सकिएन ।
एकान्तमा रोइ बस्छु कतै अल्झिएर
मेरो जिउ आधा भयो व्यथा बल्झिएर
कि त वाचा पूरा गर कि त बिर्सिदेऊ
किन मलाई तड्पाएको केही पाइन भेऊ ।
सँगै बस्दा संसार नै जितेजस्तो लाग्छ
छुट्टिएर बस्नुपर्दा विरह पो जाग्छ
घरजम गरौँ अब किन नभनेकी
मलाई साह्रै दुःख लाग्यो बुझ तिमी देखी ।