सांसारिक भूगोलका नामहरू विविध
दुई ढुङ्गाबीचको ‘तरुल’ हाम्रो नेपाल
हुन्छ बढी महìव नामभन्दा कामको
गाँस, बास, कपास ज्युने आधार मान्छेको ।
विशेषता भैहाल्छ आ–आफ्नो देशको
परिचय हाम्रो कृषिप्रधान पनि हो
रोजगार खातिर युवा धेरै परदेश
वृद्ध, वृद्धा मात्र रहने घरदेश ।
धेरै जमिन बाँझा छन् कृषियोग्य भनिने
लगाइ डोजर डाँडाकाँडा भासिए
चलखेल धेरै नै भूमाफियाहरूको
वातावरण पनि निक्कै नै प्रदूषित भो ।
हुन्छ बढी महìव धनभन्दा ज्ञानको
होइन नोट खाने केवल अन्न हो
जति युवा छन् यहाँ बालिनाली लगाऊन्
कलम मात्र होइन कोदालो नि समाऊन् ।