• ७ मंसिर २०८१, शुक्रबार

हराएको माया (कविता)

blog

आज माया हराएको छ 

आफ्नै मान्छेको विश्वासमा पनि

विश्वास टुटेपछि

ऊ ईष्र्यालु बनेको छ ।

हो ऊ फूलको रस मात्र चुस्ने

भमराजस्तो ईष्र्यालु

फगत कोपिला घाइते बनाउन

आतुर छ ऊ

विडम्बना !

प्रकृतिको प्रेमालाय छोडेर

मुस्कुराएर हराएझैँ छ

माया स्वार्थको घेरामा ।

माया निलो आकाश हुनुपर्ने

तर बादलले ढाकेपछि

मायाकै खोजीमा

ऊ आफैँ हराएको छ ।

सायद त्यसैले

माया आज मेरो कविता भएको छ ।