• ७ मंसिर २०८१, शुक्रबार

मुटु फेर्नै पर्छ (कविता)

blog

साथीहरू अदृश्य सम्पत्ति हुन्

मनमोहक गन्तव्यमा पुग्ने बाटो हुन्

उनीहरूलाई पढ्दा अरू केही पढ्नु नपर्ने

अलिखित किताब हुन् ।


सबैले आ–आफ्ना शपथ खाएका

कसैले समयलाई जितेका 

कसैले आफैँलाई जितेका 

म आफैँलाई जित्न बाँकी

आफैँलाई नचिनेको

आफैँलाई नदेखी

अनुहार हराएको

एउटा फ्रेम हुँ

साबिती बयानको । 


म आफैँलाई बिर्सन सक्छु

तिमीहरूलाई बिर्सन त 

मैले मुटु फेर्नै पर्छ ।