शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चट्ट कपाल कोरेर बेँसीतिर झरेर
तिमीलाई भेट्न आएको मन परेर ।
चित्त मेरो दुःखायौ कान्छी तिमीले
नजिक बस्न खोज्दा पर–पर सरेर ।
अरूको जोडी हेर कति मिलेको
बसेका छन् मन अनि तन जोडेर ।
तिम्रो शरीरमा त मैले छुनै नहुने
गल्ती भयो तिमीसँग माया गरेर ।
धेरै फुर्ती नलाऊ तिम्रो त्यो बैँसको
पात झरेभैmँ एकदिन जान्छ झरेर ।