मेलम्चीको पानी सपना
खानेपानीको चरम अभाव भोगिरहेका काठमाडौँ उपत्यकावासीका लागि ठुलो लगानी गरेर निर्माण गरिएको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको पानी नियमित रूपमा वितरण हुन नसक्दा समस्या उस्तै छ । पिउने पानीको उपत्यकामा चरम अभाव छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलालाई अम्बाथानमा बाँध बाँधेर २७.५ कि
कर्मचारी व्यवस्थापनमा सकस
विश्वको करिब ४० प्रतिशत जनसङ्ख्या ओगटेका तिस वटा मुलुकमा सञ्चालनमा आएको सङ्घीय व्यवस्था अवलम्बन गर्नेमा नेपाल पछिल्लो मुलुक भए पनि सङ्घीयता कार्यान्वयनमा आएको सात वर्ष भइसकेको छ । नेपालको सङ्घीयताको प्रशासनिक मोडेल अन्य मुलुकभन्दा केही भिन्न सहकार्यात्मक र अन्तरसम्बन्धित पद्धति अनुरूप आफ्नै खालको विशेषता बोकेर अगाडि बढिरहेको अवस्थामा सफल कार्यान्वयनमा अझै पनि केही असजिला पक्षहरू देखिँदै आएका छन् । स्थायी स
लयमा फर्किने आशा
लामो समयदेखि निरन्तर ओरालो लागेको सेयर बजारका कारण लगानीकर्ता निराश भइरहेको अवस्थामा नेपाल राष्ट्र बैङ्कद्वारा शुक्रबार जारी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि भने नयाँ परिस्थिति सिर्जना भएको छ। अनुमान गरिए अनुसार नै आइतबारे बजार खुल्नासाथ सेयरका भाउमा एकाएक उछाल आयो । सेयरका भाउ तीव्र बढ्दा छोटो समयमै कारोबार रोक्नु प¥यो । सेयर बजारको तथ्याङ्कीय मापक नेप्सेमा १११ अङ्कको वृद्धि भयो । अर्को दिन सोमबार नेप्से बढेन, बरु घट्यो तर कारोबार झन्डै पाँच अर्ब पुग्यो । केही वर्षअघि तीन हजार बिन्दुभन्दा
भ्रष्टाचारविरुद्ध प्रतिबद्धता
नेपाल सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गरेर चालेका कदमले भ्रष्टाचार नियन्त्रण कार्यमा केही आशा जगाएको छ । भ्रष्टाचारले लोकतन्त्रका मूल्य, मान्यता, नैतिकता, न्याय र कानुनको शासनलाई निरन्तर चुनौती दिइरहेको छ । अन्तर्राष्ट्रिय संस्था ट्रान्स्परेन्सी इन्टरनेसनलले जारी गरेको सूचकमा नेपाल बढी भ्रष्टाचार हुने मुलुकमध्ये ११० औँ स्थानमा परेको छ । जम्मा सय पूर्णाङ्कको अङ्क भारमा ३४ अङ्क प्राप्त गरेर नेपाल भ्रष्टाचार व्याप्त मुलुकको यो
शिथिलता हट्ने आशा
केही समययता देशको अर्थतन्त्रमा शिथिलता आइरहेको टिप्पणी भइरहँदा नेपाल राष्ट्र बैङ्कले शुक्रबार आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । अर्थतन्त्रलाई चलायमान बनाउने नीति अवलम्बन गर्दै जारी गरिएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै अर्थतन्त्रको विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । चालु आर्थिक वर्षका निम्ति जारी मौद्रिक नीतिप्रति कतिपय विमति राख्दै आएका औद्योगिक व्यवसायीले समेत केन्द्रीय बैङ्कको पछिल्लो नीतिलाई भने सकारात्मक भनेका छन् । औद्योगिक व्यवसायीका तीन वटै संस्था उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र चेम्बर अफ कमर्शले मौद्रिक नीति सकारात्मक भएको अभिव्यक्ति दिनुले अर्थतन्त्रको शिथिलता हट्ने विश्वास बढेको छ ।
गैरकानुनी भर्तीको जोखिम
वैदेशिक रोजगारीका क्रममा खास गरी खाडी मुलुकमा गएका नेपाली नागरिकको विविध कारणले ज्यान गएको समाचार र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाकसमा शव नआएको दिनै हुँदैन । स्वदेशमा रोेजगारीको पर्याप्त अवसर नभएका कारण परिवारको भरणपोषणका लागि विदेश जानु धेरै नेपालीको बाध्यता भएको छ तर विदेश जानेहरू सबै बाध्यतावश नै गएका होइनन् कि भन्ने दुःखलाग्दो अर्को तथ्याङ्क पनि बाहिर आइरहेकै छ । लाखौँ रुपियाँ खर्च गरेर अवैधानिक बाटोबाट विदेश जानेहरूका दुःखका कारुणिक समाचार आइरहेका छन् । दलाललाई ७०/८० लाख रुपियाँ बुझाएर विभिन्न देश हुँदै महिनौँको
न्यायिक विजयको सन्देश
समाजमा हुँदै आएको जातीय विभेद एवं छुवाछुत अन्त्यविरुद्ध संवैधानिक तथा कानुनी व्यवस्था पर्याप्त हुँदाहुँदै पनि लामो समयदेखि जरो गाडेर बसेकोले अझै पनि व्यावहारिक रूपमा यस्ता अनेक विकृति हट्न सकेका छैनन् । जातीय उच्च–नीचका विकृति तथा कुसंस्कार कथित माथिल्लो जात र दलितबिचमा मात्रै नभएर दलित दलितबिचमै पनि मेटिन सकिरहेको छैन । यसैको परिणाम स्वरूप समाजमा यदाकदा जघन्य अपराध पनि हुने गरेका छन् । यस्तै जघन्य अपराध विसं २०७७ जेठ १०
साझा सङ्कल्पप्रति प्रतिबद्ध
लामै माथापच्चीपछि सङ्घीय संसद् एवं प्रदेश सभामा चुनावी गठबन्धनमा सामेल दलहरूबिच नै सरकार गठनमा पनि सहमति भएर नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठित यो सरकारले एक वर्षको समयावधि पूरा गर्न लागेको छ । यसबिचमा सरकारले गरेका राम्रा काम तथा सरकारसामु देखिएका चुनौतीको बारेमा जनतालाई सुसूचित गराउने उद्देश्यले प्रधानमन्त्री प्रचण्डले सोमबार (१८ गते) मूलधारका सञ्चार माध्यमका सम्पादकसँग खुलेर कुरा राख्नुभएको छ । नयाँ गठित सरकारका लागि सय दिनको अवधिलाई ‘मधुमास समय’ भनेर त्यस
साझा प्रस्थान बिन्दु
नेपालमा हुँदै आएका राजनीतिक परिवर्तनको मूल शक्ति भनेकै नेपाली जनता हुन्। विश्व परिवेश र जनचाहना अनुरूप नै लोकतान्त्रिक गणतन्त्रको राजमार्गमा नेपाल धेरै अगाडि बढिसकेको छ। राजनीतिक व्यवस्था परिवर्तनको यो चरण भनेकै अन्तिम हो । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्पमा अर्को कुनै व्यवस्थाको कल्पना गर्न सकिँदैन । संविधान सभाबाट जारी गरिएको नेपालको संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक
हिमशृङ्खला संरक्षणको मर्म
यतिबेला विश्व समुदाय संयुक्त अरब इमिरेट्स (युएई) मा चलिरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा केन्द्रित छ । सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभएको महत्वपूर्ण सम्बोधनले सहभागी राष्ट्रहरूको मात्र नभएर विश्वको ध्यानाकृष्ट गरेको छ । यसै मङ्सिर १४
लगानी समृद्धिको प्रस्थानबिन्दु
दुई वटा लगानी सम्मेलनको सफलतापूर्वक आयोजना गरिसकेको नेपालले तेस्रो लगानी सम्मेलनको तयारी गरिरहेको छ । आगामी वैशाखमा गर्न लागेको लगानी सम्मेलनतर्फ सरकारको अर्जुनदृष्टि छ । यसै सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाह्य लगानीकर्तालाई नेपालमा लगानीका निम्ति गर्नुभएको आह्वानलाई बहुआयामिक रूपमा हेरिएको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजित ‘संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा नेपालको प्रतिनिधित्व गर्दै भाग लिने व्रmममा उहाँले युएईका लगानीकर्ताहरूलाई नेपालमा लगानीका निम्ति गरिएको आह्वानलाई त्यहाँ गहन रुचिका साथ हेरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र दुबई चेम्बरद्वारा संयुक्त रूपमा आयोजित ‘नेपाल–युएई बिजनेस फोरम’ लाई सम्बोधन गर्नुहुँदै नेपाल सुरक्षित एवं प्रतिफलयुक्त मुलुक भएकोले बिनाहिचकिचाहट लगानी गर्न गरेको आह्वानले अर्थतन्त्रलाई थप ऊर्जा प्राप्त भएको छ । त्यसै अवसरमा युएईका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद एल सलेहले नेपालमा ऊर्जा तथा पर्यटनको क्षेत्रमा लगानी बढाउन सकिने भनाइले प्रमको यो सम्बोधन अर्थतन्त्रका भावी दिशाका निम्ति अति उपयोगी हुने देखिन्छ ।त्यसो त मित्रराष्ट्रहरूको भ्रमणका क्रममा होस् वा विभिन्न विश्वमञ्चमा सहभागिता जनाउने क्रममा, नेपाललाई लगानी गन्तव्यका रूपमा चिनाउन सरकार प्रयत्नशील छ । केही समयअघि मित्रराष्ट्र भारत तथा चीनको भ्रमणका व्रmममा प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीका लागि कुनै किसिमको दुविधा नलिन आग्रह गर्नुभएको थियो । लगानीको सुनिश्चितता, उदीयमान अर्थतन्त्र, छिमेकी बजार सम्भाव्यता र विश्व परिवेश अनुरूपका क्षेत्र पहिचान गरेर लगानी गर्न उत्साही देखिएका देश तथा व्यापारिक समूहलाई तेस्रो लगानी सम्मेलनमार्फत आकर्षित गर्न सरकारका तर्फबाट उत्साह जगाउन अब कुनै कसर छोडिनु हुँदैन । यता केही समयदेखि सुस्त हुँदै आएको अर्थतन्त्रमा थप लगानीको वातावरण बनाउनै पर्ने मूलभूत राष्ट्रिय कार्यसूची सामुन्ने बिर्सन मिल्दैन । नेपालमा लगानी बढाउन विगतमा पनि राम्रै यत्न नगरिएको होइन । त्यस क्रममा संवत् २०७३ र २०७५ मा गरिएका दुई वटा लगानी सम्मेलन र त्यसपछिको समीक्षासमेत गर्नुपर्ने हुन्छ । लगानी अवरोधका निम्ति देखिएका कमीकमजोरीमा सरकारका तर्फबाट गरिएको सुधार, ऐन, नियममा परिमार्जन एवं सरकारी प्रतिबद्धताले विश्वका लगानीकर्ताहरूमा धेरथोर उत्साह जगाएकै छ तथापि आर्थिक सुधारको मुख्य कार्यसूची अझै सही दिशामा अगाडि बढ्न नसकेको स्पष्टै छ । मूल कुरा लगानी वातावरण निर्माण गर्न लगानीकर्तामाझ लगानी सुरक्षा र प्रतिफलको सुनिश्चितताको विश्वासनीय आधार देखाउन सक्नु हो । पहिलो लगानी सम्मेलनमा करिब १४ खर्ब रुपियाँको लगानी प्रतिबद्धता आएको भए पनि यथार्थमा तीन खर्ब रुपियाँ मात्र लगानी आउन सकेको तितो यथार्थ छ । त्यसै गरी दोस्रो लगानी सम्मेलनमा आइपुग्दा ३२ खर्बको लगानी प्रतिबद्धता आएको भए पनि लगानीको ठुलो हिस्सा प्रतिबद्धतामै सीमित रहँदा अर्थतन्त्रले अहिलेको न्यून आर्थिक वृद्धिको कुचक्र सहनु परेको छ ।सरकारले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐनमार्फत एकल बिन्दु सेवा केन्द्रको अवधारणा अवलम्बन गरिसकेको छ । लगानी सहज बनाउन विदेशी तथा स्वदेशी लगानीकर्तालाई सञ्जालीकरण गर्नुपर्ने छ । तुलनात्मक लाभका निम्ति जलस्रोत, कृषि, पर्यटन, खानीलगायत नेपालका लगानीका मुख्य क्षेत्र हुन् । प्रचुर सम्भावना भएर पनि जलस्रोत क्षेत्रमा स्वदेशी पुँजीले मात्र ठुला आयोजनाहरू निर्माण गर्न सम्भव छैन । विद्युत् निर्यातका लागि भारत र बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौतासमेत भइसकेका सन्दर्भमा विद्युत् परियोजना निर्माणतर्फ विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्न सरकारले यथेष्ट पहल गर्न आवश्यक छ । तेस्रो लगानी सम्मेलनको तयारी चलिरहँदा प्रधानमन्त्रीले विश्वमञ्चमार्फत गर्नुभएको आह्वानले युएई सरकार र लगानीकर्तालाई मात्र नभएर विश्वकै ध्यान आकृष्ट गरेको छ । राजनीतिक स्थिरता, ऐन कानुनद्वारा लगानी सुनिश्चिता र प्रतिफल उपभोगको प्रत्याभूति दिनुले अब हुने लगानी सम्मेलन थप फलदायी बनाउनै पर्ने छ । सरकारका तर्फबाट हुने विदेश भ्रमण तथा सम्मेलनहरूका गरिने यस किसिमका आह्वानले पक्कै उत्साह जगाउने छ तर लगानी बढाउन गहन आन्तरिक गृहकार्यसमेत उत्तिकै महìवपूर्ण हुन्छ । देशका कूटनीतिक निकायलाई समेत आर्थिक कूटनीतिका औजारमार्फत लगानी ल्याउन परिचालन गर्नु पर्छ । लगानी नै समृद्धिको प्रस्थानबिन्दु हो । अतः आय, उत्पादन, रोजगारीका साथै आर्थिक वृद्धिमा बढोत्तरी गर्दै समृद्धि यात्राका निम्ति लगानी बढाउन नै समग्र प्रयत्न गर्नु वाञ्छनीय छ ।
हिमाल अमूल्य निधि
भौगोलिक अवस्थितिका दृष्टिले नेपाल विश्वमै विविधतायुक्त देश हो । हिमाल, पहाड र तराईको मिश्रित भू–धरातलका आआफ्नै विशेषता छन् भने हावापानीका दृष्टिले समेत विविधतायुक्त छ । मानव बसोबास र उत्पादनका दृष्टिले हिमाली क्षेत्र विकट र कम महत्वको मानिए पनि विश्वमा हिमालको उच्च महत्व र आफ्नै सान छ । पूर्वमा भुटानदेखि पश्चिममा ताजिकिस्तानसम्म फैलिएको दुई हजार चार सय किलोमिटर हिन्दकुश शृङ्खलामध्ये ८८५ किलोमिटर क्षेत्र नेपालमा परेको छ
विश्वविद्यालयको विडम्बना
देशकै पहिलो र प्रतिष्ठित त्रिभुवन विश्वविद्याय(त्रिवि)को कतिपय केन्द्रीय विभागमा अति न्यून विद्यार्थी मात्र अध्ययनका निम्ति भर्ना हुन थालेको विषयले गम्भीर बनाएको छ । समकालीन नेपालको सबैजसो राजनीतिक नेताहरू त्रिविकै उत्पादक हुन् । विधायकदेखि राज्यका तीनै अङ्गमा यसै विश्वविद्यालयबाट दीक्षितकै लभग
जलवायु सम्मेलनको अवसर
जलवायु परिवर्तन विश्वभर पेचिलो विषय बन्दै गइरहेको छ । बढ्दो तापमानको चिन्ताले चिन्तनतिर डो¥याउँदै लगेको मानव समाजलाई विश्व तापमान वृद्धिमा न्यूनीकरण गर्ने चुनौती सामना गर्न अहिले पनि असिनपसिन नै भएको छ । भौतिक विकासको सपना साकार पार्न विगत दुई सय वर्षमा कतिपय मुलुकले दोहन गरेको जैविक ऊर्जा, बेपर्वाह प्राकृतिक स्रोतको दुरुपयोगसमेतले औद्योगिक क्रान्तिमार्फत हासिल गरेको समृद्धि अहिले क्रमशः समग्र जलवायुका निम्ति विश्वलाई महँगो पर्दै गएको
लगानी सम्मेलनको तयारी
कुनै पनि मुलुकको अर्थतन्त्रमै नागरिक जीवन निर्भर रहेको हुन्छ । अर्थतन्त्रका मूलभूत आयामहरू आय, उत्पादन र रोजगारी बढ्दै जाँदा जीवनस्तरमा सकारात्मक परिवर्तन हुन्छ । व्यक्तिको आय बढ्दा उसको जीवनयापन सहज हुँदै जान्छ । सामान्यतया सर्वसाधारणको आम्दानीको स्रोत भनेको रोजगारी वा स्वरोजगारी नै हो ।
आयुर्वेदको विरासत
आयुर्वेदको जीवनपद्धति हो । प्राकृतिक चिकित्सा अभ्यास परापूर्वकालदेखि नै हुँदै आएको छ । ऋषिमुनिको तपोभूमि नेपालमा मानव स्वास्थ्य, रक्षानिम्ति अपनाइएको प्राचीन पद्धति नै आयुर्वेद हो । यहाँको खास गरी हिमाली र पहाडी जडीबुटी तथा खनिजजन्य जडीबुटी अनि प्राकृतिक चिकित्साको अभ्यास अनुपम छ । नेपालको
शिक्षा लिनुपर्ने उच्चशिक्षा
नेपालमा शैक्षिक संरचना विस्तारको क्रम चलिरहेको छ । सिलेट, गुन्द्री बोकेर कौमुदीदेखि इङ्लिससमेतको पढाइ गरेको नेपाली पुस्ताले कृत्रिम बौद्धिकताको प्रतिस्पर्धामा लागेको विश्व समाजका चमत्कार बेहोरिरहेको छ । तक्षशीलाको जलाधार भूमिमा आधुनिक उच्च शिक्षा दिलाउने झन्डै दुई दर्जन विश्वविद्यालय/प्रतिष्ठान स्थापना भइसकेका छन् तर यी विश्वविद्यालयका प्रध्यापकका विद्यार्थीले जिज्यूगुरु वाल्मीकिले दिएको पाठको सिङ र पुच्छर कता छ भन्ने भेउ पाउन नसकेर ब
अग्रगामी गणतन्त्र
जननिर्वाचित संविधान सभाको अत्यधिक बहुमतद्वारा विसं २०७२ मा जारी नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेसँगै नेपालको राजनीतिक, आर्थिक, सामाजिक/सांस्कृतिक परिवेश नयाँ युगमा प्रवेश गरेको छ । एउटै आन्दोलनले एकै पटक बहुआयामिक फड्को मा¥यो, त्यसैले त्यो क्रान्ति भयो । व्यक्तिपूजक सामन्तवाद गल्र्यामगुर्लुम ढल्यो । राजनीति, अर्थनीति, संस्कृति– समाजका हरेक अवयवमा रहेको सामन्तवाद उखेल्ने त्यो क्रान्तिको शक्ति आधा
शान्ति यात्रामा विलम्ब
सरकार र तत्कालीन विद्रोही नेपाल कम्युनिस्ट पार्टी माओवादीबिच सशस्त्र द्वन्द्व अन्त्य गर्न बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको मङ्गलबार १७ वर्ष पुगेको छ । २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताले १० वर्षे सशस्त्र द्वन्द्व अन्त्य ग¥यो । त्यही जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बन्यो । समानुपातिकता, समावेशिताका आधारमा सङ्घीयतामार्फत शासकीय विकेन्द्रीकरण भयो । जननिर्वाचित तीन तहका सरकारमार्फत गाउँमा विकासको लहर
अर्थतन्त्रको गहन चिन्तन
अर्थतन्त्र सुधारका लागि सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत विभिन्न सुधारका कार्यक्रम ल्याए पनि ती कार्यक्रमको कार्यान्वयन सन्तोषजनक हुन नसक्दा अर्थतन्त्रमा अपेक्षित सुधार हुन सकेको देखिँदैन । कतिपय परिसूचक नराम्रा पनि छैनन् । ब्याजदर घट्दै गएको छ र अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर सुधार हुँदै गएको छ । विप्रेषण आप्रवाह बढेको छ भने पर्यटन क्षेत्र उत्साहपूर्र्वक चलायमान भएकाले आगामी दिनमा अर्थतन्त्रले गति लिने आधार भने बनेको
शौचालयको दुरवस्था
तगारो कटेपछि आफ्नै दिसा कुल्चँदै हिँड्नुपर्ने वा लिस्नोमुनि खाल्डो खनेर दिसापिसाब गरी पराल वा भुसले छोप्ने शौच अभ्यासबाट अहिले अधिकांश नेपाली मुक्त छन् । यसो छेउकुनो पारेर वा बर्कोले टाउको ढाकेर कसैले नदेखेको ठानेर खुला रूपमा मलमूत्र त्याग्ने अभ्यास लाजभन्दा फोहोरका कारण घातक हो । शरीर स्वस्थ राख्न खाने र विकार त्याग्ने अपरिहार्य प्रव्रिmया हो तर त्यो विकार जथाभाबी त्याग्दा त्यसका हानीकारक जीवाणुको सङ्क्रमणले व्यक्ति, परिवार र समुदायमै
जलवायु अधिकार
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २८ औँ सम्मेलन (कोप–२८) यही मङ्सिर १४ देखि २६ गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा हुँदै छ । जलवायु परिवर्तनसम्बन्धी यो विश्व सम्मेलनमा निरन्तर सक्रिय भूमिका खेलिरहेको नेपालले यो सम्मेलनको अन्तिम राष्ट्रिय तयारीका लागि मङ्सिर ५ गते काठमाडौँमा राष्ट्रिय जलवायु सम्मेलन गर्दै छ । यही बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोलुखुम्बुको सगरमाथा आ
सञ्जालको सदुपयोग
सूचना प्रविधिको तीव्रतर विकासका कारण सिनेमा भवनहरू भत्काएर व्यापारिक भवनहरू बनाइएका छन् । ठुलो पर्दा (स्क्रिन) मा सिनेमा हेर्न नपर्ने गरी हातको मोबाइलमै सिनेमा हेर्न मात्र होइन, आफैँले बनाउन सक्ने अवसर दुनियाँले पाएको छ । अनेकौँ मोबाइल एप्स विकास गरी मानिसलाई सूचना, शिक्षा, मनोरञ्जन, आर्थिक अवसर उपलब्ध भएका छन् । मोबाइलमा दिने समय, गर्ने डाउनलोड र खर्च लगातार बढिरहेको छ । विश्वको जुनसुकै कुनादेखि विषयगत जानकारी तत्का
तत्काल अस्थायी बास
कात्तिक १७ गते ६.४ रेक्टर मापनको जाजरकोट रामीडाँडा भूकम्पमा घरबास भत्केर चौरमा पुगेका हजारौँ नागरिकको बिचल्ली यथावत् छ । कैयौँको तिहार पर्व त थुनियो नै, दुःखलाई आँसुले बगाउँदै टीका लगाउन पाएकाहरूलाई पनि तिहारको रमाइलोभन्दा बास र तिहुनको पिरलो भयो । निःसन्देह, ध्वस्तपछिको सहज बसोबास र जीविकाका लागि समय लाग्ने छ तर दुई सातासम्म पनि चिसो छल्ने ओतको अभावमा चिसोकै कारण दुई जनाको मृत्यु भएको दुःखद समाचारले २