स्वदेशी फूल प्रवर्धन
भूगोल र हावापानीको अनुपम विविधतायुक्त नेपालमा फूल फुल्ने साढे छ हजारभन्दा बढी प्रजातिका बोट विरुवा पाइए पनि ४२० प्रजातिका फूलको मात्र उत्पादन भइरहेको छ । साँझ बिहानदेखि मन्दिरसम्मका नित्य पूजापाठ, धार्मिक, सांस्कतिक, सामाजिक संस्कार पर्वमा फूल (पुष्प) पवित्र मान्ने प्रचलन परापूर्वकालदेखिकै हो । आफ्ना बारीबगैँचा, आँगनका डिलमा हुर्काइएका फूल, पाती, दुबोले नै दैनिक कर्मदेखि तिहार जस्ता फूलमालाको बढी प्रयोग हुने पर्वसम्मको माग धानिएको थि
प्राज्ञिक नेतृत्वको मार्गचित्र
शैक्षिक संस्थाहरू नितान्त ज्ञान केन्द्रित हुन् । उच्च शिक्षाप्रदायक विश्वविद्यालयहरू त झन् मुलुकलाई आवश्यक बहुआयामिक ज्ञानयुक्त जनशक्ति उत्पादक प्राज्ञिक थलो हुन् । मुलुकलाई स्वदेशी आवश्यक जनशक्ति स्वदेशमै तयार पार्न विसं. २०१६ मा पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्थापना गरिएको थियो । यही
लगानीको सुरक्षित गन्तव्य
दुई विशाल अर्थतन्त्र र बजारले घेरिएको नेपाल सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्न प्रयासरत छ । उच्च आर्थिक वृद्धिदर हासिल नगरी त्यो लक्ष्यमा पुग्न सकिँदैन । आर्थिक वृद्धिका लागि उत्पादन चाहिन्छ, उत्पादनका लागि लगानी विस्तार तर पर्याप्त लगानीका निम्ति राष्ट्रिय क्षमता पर्याप्त छैन । लगानी जुटाउन सरकारले तीनखम्बे अर्थनीति अँगालेको छ, स्वदेशी लगानीले मात्र नपुग्ने हुँदा विदेशी लगानी आह्वान र प्रोत्साहनका नीति अख्तियार गरेको छ । आह्वान गरेर
भूगोल बुझेर पुनर्निर्माण
चिनियाँ कथाका ‘खजाना खोज्ने मानिस’ भूगर्भविद् ली सिकुआङको नाममा खगोलशास्त्रीहरूले एक क्षुद्रग्रहको नामकरण गरेका छन् । साम्राज्यवादी आक्रमण र प्रतिरोध युद्धका बेला बेलायतको नामी विश्वविद्यालयमा भूगर्भ विज्ञान पढेर उत्कृष्ट हैसियत, जागिरको अवसर पाएका लीलाई जनवादी क्रान्ति सम्पन्न गरेको कम्युनिस्ट पार्टीले मुलुकमा बोलाएर खनिज स्रोत खोज्ने जिम्मेवारी दियो । तिनले पढाए, सरकारी निकायको नेतृत्व गरेर सँगसँगै भौगर्भिक अध्यापन, अध्ययन गरिरहे । सन् १९६६ मा हेपेई प्रान्तमा ठुलो भूकम्प आएपछि अब बेइजिङमा भूकम्प आउने हल्लाबा
प्रकोप प्रतिकार्य व्यवस्थापन
भाँचिएका हड्डी, च्यातिएका छाला, भत्किएका घर ! कोही आफन्त गुमेका छन्, तिनको सनाखत हुन सकेको छैन, कोही आफन्त उपचार शय्यामा छट्पटिएका छन् ! कता हेर्ने, कसलाई सम्हाल्ने ? परिवारका सदस्य र घर गुमाउनु परेकाहरूको यस्तो मनोदशा अनि बाँचेका पनि पलाउँदो शरदीय चिसो आकाशमुनि भोको पेटको बास ! आफू भएर सोच्दा कहालीलाग्दो यो अवस्थामा रहेका जाजरकोट/रुकुम पश्चिमका भूकम्प प्रभावित नागरिकको पीडा समन गर्न राज्य /नागरिक तहबाट यथासम्भव सक्रियता प्रदर्शन भएको छ । शुक्रबार मध्यरातमा भूकम्पले थिचिएका नागरिकको खोज, उद्धारमा शनिबार बिहानैदेखि स्वयम् सक्रिय प्रधानमन्त्री पुष्पकमल दाहा
खुसीसँगैको भूकम्प पीडा
शुक्रबार दिउँसो मात्र नेपालीमा ठुलो खुसी छाएको थियो । आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि एसिया क्षेत्रबाट नेपाल छनोट भएको हर्षोल्लाष थियो । खुसीसँगैको नेपालीको आरामदायी निद्रा भूकम्पले मध्यरातअघि खोसिदियो । मध्यरात नहुँदै जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्प र लगातारका परकम्पबाट खास गरी जाजरकोट र रुकुमपश्चिममा अकल्पनीय मानवीय एवं
सङ्क्रमणकालीन न्याय
दया, माया, सद्भाव र शान्तिपूर्ण नेपाली समाजमा २०५२ देखि एक दशक क्रूर सशस्त्र द्वन्द्वले समाजलाई आक्रान्त पा¥यो । राजनीतिक उद्देश्य प्रेरित त्यो सशस्त्र द्वन्द्व अन्ततः शान्तिपूर्ण ढङ्गले नै व्यवस्थापन गर्न सम्बन्धित राजनीतिक पक्ष तयार भए । द्वन्द्वपीडित नागरिकले पीडाको वास्ता नगरी तिनलाई सत्तामा पु¥याए । दलहरू मिलेर नै शासन सत्ता चलाए तर शान्ति सम्झौता भएको दुई दशक पुग्न लाग्दासमेत शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउन सकेका छैनन् । त्यसैले द्वन्द्वपीडितले न्याय पाएका छैनन् । क्षमाशील नागरिकको यो सांस्कारिक धैर्यलाई राज्य र त्यो द्वन्द्वका पक्षले अब पनि शक्तिको दुरुपयोगबाट बेवास्तामा पार्न खोज्नु दिगो शान्तिको नेपाली चाहना विपरीत हुने छ । शान्ति सम्झौताबमोजिम शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउन द्वन्द्वपीडित, मानव अधिकार पक्षधर अनि विश्व समुदायबाट
लज्जास्पद अन्तरविभेद
विगतमा शासकीय वर्गले जनतालाई विभाजन वा लडाएर सत्ता साम्राज्य दह्रो बनाउन रचेको प्रपञ्चस्वरूप जातीय भेदभावले नेपालको संविधान, राज्य नीति, घोषणा, कानुन अर्थात् राज्यलाई नै निरीह बनाइरहेको छ । सन् १९७१ मै जातीय तथा रङ्गभेदविरुद्ध संयुक्त राष्ट्रसङ्घीय महासन्धि पारित गरेर शृङ्खलाबद्ध रूपमा जातीय भेदभाव उन्मूलनसम्बन्धी नीतिगत व्यवस्था गरेको ‘छुवाछुतमुक्त राष्ट्र’ नेपालको मानव समुदायमा अहिले पनि जातीय भेदभावपूर्ण व्यवहार छुवाछुत कायम छ । करिब सवा स
हिमालयको त्रासदी
पृथ्वीमा उत्तर तथा दक्षिण धु्रवीय क्षेत्रपछि बढी हिउँको आयतन हिन्दकुश हिमालय शृड्खलामा पर्दछ । त्यसैले यो क्षेत्रलाई विश्वको जलस्रोतको अपार तेस्रो स्रोत मानिन्छ । यही स्रोतबाट समय अनुकूल पानी उपलब्ध हुने गर्छ । नेपालको उच्च हिमाली क्षेत्रमा अवस्थित गोक्योलगायत तीन हजारभन्दा बढी हिमताल पनि जलस्रोतका प्रमुख स्रोत हुन् । जलबिना कुनै पनि सजीवको अस्तित्व सम्भव छैन । विकसित मुलुकहरूबाट उत्सर्जित कार्बनका कारण स्थलीय एवं जलीय पारिस्थितिकी प्रणाली सञ्चालनको मुख्य आधार जल र वायुमा प्रदूषण बढ्दो छ र यसले विश्वव्यापी सङ्कट जलवायु परिवर्तन निम्त्याएको छ । कार्बन उत्सर्जनमा शून्यप्रायः भूमिका रहेको नेपाल जलवायु परिवर्तनको असरबाट अति प्रभावित मुलुकको सूचीमा चाहिँ चौथो नम्बरमा छ । चारदिने नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव
विश्वको ध्यानाकर्षण
अति कम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारी गरिरहेको अनि मौलिक शान्ति प्रक्रियाको अन्तिम चरण अन्तर्गत सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माणमा प्रयासरत नेपाललाई अन्तर्राष्ट्रिय सहानुभूति प्राप्त भएको छ । विकसित ठुला देशहरूबाट उत्सर्जित कार्बनका कारण परिवर्तित जलवायुको असमानुपातिक नकारात्मक असरले नेपाललाई आफ्ना प्राथमिकता र लक्ष्यमा हुनुपर्ने एकाग्रतामाथि थप बोझ पारेको छ । विश्वव्यापी कार्बन उत्सर्जनमा शून्यप्रायः भूमि
मेलमिलाप संस्कृति
राजनीतिभन्दा देश माथि हुन्छ । राजनीतिको ध्येय देश र जनताको समृद्धि हो, हुनु पर्छ । व्यक्तिगत, पारिवारिक सुखसयल पनि मुलुकको समृद्धिबिना अर्थहीन र अस्थिर हुन्छ । मुलुकको समृद्धि प्राप्तिका लागि जनअधिकारको सुनिश्चितता चाहिन्छ । जनअधिकारको सुनिश्चितासहित स्वतन्त्रताले शासकदेखि सर्वसाधारण नागरिकसम्मलाई मुलुकको समृद्धि लक्ष्यमा हातेमालो प्रवर्धन गर्छ । मुलुकका लागि राजनीतिक सीमा तोडेर हातेमालोको संस्कृति विकास गर्ने चाहमा राजनेता बिपी कोइरालाले विक्रम संवत् २०३४ देखि राजनीतिमा चियापान संस्कृति प्रारम्भ गर्नुभएको थियो । जहानियाँ राणा शासनविरुद्ध जनताले लडेर ल्याएको प्रजातन्त्र २०१७ मा राजाले खोसेपछि भारत निर्वासनमा रहनुभएका नेपाली कांग्रेसका सभापति बिपी कोइरालाले २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्न थाल्नुभएको चियापान कार्यक्रमलाई नेपाली कांग्रेसले परम्परा बनाएको छ । यस पटक पनि कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित चियापानमा सहभागिता उदाहरणीय देखियो । अलग पार्टीका स्वाभाविक विपक्षीसमेत सम्मुख भए, शुभकामना आदानप्रदान गरे । त्यही परिवर्तनका संवाहक पुराना र ठूला पार्टीका नेतृत्वतर्फबाट सन्तोषप्रद कुरो आयो– हामीमाथि उठाउन प्रयास गरिएका प्रश्नको उचित जवाफ दिने छौँ । छिमेकी भारत र चीनमा जस्तो साम्राज्यवादी बुटधारी अनि घरेलु सामन्तवादविरुद्ध कठोर लडाइँ गर्नु नपरे पनि सँगसँगै कठोर जहानियाँ शासनविरुद्ध लडेर सँगसँगैजस्तो आधुनिक विकासको चरणमा पुगेका थिए नेपाली जनता । नेपालबाट अन्न लगेर खानुपर्ने ती दुई छिमेकी आज अन्तरीक्ष यात्राको होडमा छन्, नेपाली हामी तिनले खाद्यवस्तु, लत्ताकपडा नपठाए भोकै, नाङ्गै बस्नुपर्ने, स्थल तथा हवाईमार्ग नदिए थुनिनुपर्ने अवस्थामा छौँ । हिजो ती देशलाई विश्व पहिचान दिलाउन सकेको स्वतन्त्र, स्वाधीन, स्वाभिमानी मुलुक आज विश्व रङ्गमञ्चको त्यो हैसियतमा कमजोर दृष्टिगोचर हुँदै छ । यो स्खलनको कारक के हो ? प्रजातन्त्र खोसेको शाही शासकीय पञ्चायती राजतन्त्र मात्र होइन, २०४६ को जनआन्दोलन अनि २०६२/६३ को संयुक्त जनआन्दोलनपछि राजनीतिक दलहरूबाट सञ्चालित सत्ता पनि प्रश्नको घेरामा छ । त्यसैले निराश जनताले पछिल्लो संसदीय निर्वाचनमा परिवर्तनकारी दललाई ‘पुराना’ भनाउनुपर्ने गरी नयाँ दल उदाएका छन्, जिलौटाजस्तै । जिलौटो प्राण शून्यप्रायः हुन्छ । तर ती ड्ढ्ने क्रममा हुरी आए डढेलो फैलिन सक्छ । यस्तै नयाँ दलले २०८४ को चुनावमा परिवर्तनका संवाहक पुराना दललाई सखाप पारिदिने चेतावनी दिन तम्सिनु पाठापाठीको बुर्कुसीजस्तै त होला तर अब पनि जिम्मेवार राजनीतिक दलहरूले मेरै सिङ ठूला भन्ने दम्भ राख्ने हो भने नरहे बाँस नबजे बाँसुरी भन्ने आहान चरितार्थ हुन बेर लाग्दैन । प्राथमिकता राष्ट्र र नागरिकप्रतिको गम्भीर जिम्मेवारी हो । हो, त्यस्तो नहोस् भन्ने मनसुवा थियो बिपी कोइरालामा । राजनीतिक परिवेश र सन्दर्भ फरक छन् तर सार एउटै छ– नागरिक सर्वोच्चता र स्वतन्त्रतासहितको लोकतन्त्र अनि मुलुकको स्वाधीनता रक्षा । हिजो निर्दलीय निरङ्कुशता र त्यसको आडमा मुलुकको स्वाधीनता हडपिने खतरा, आज लोकतन्त्रको लाभ अनि जिम्मेवार राजनीतिक शक्तिहरूको लाचारीको फाइदा उठाई जिलौटा सल्काइदिएर डढेलो लगाइदिने खतरा । नेपालको जैविक प्रणाली नै ध्वस्त पारिदिने डढेलोको गुञ्जायसै समाप्त पार्न पनि सबै नेपालीबिच मेलमिलाप आवश्यक छ । अर्थतन्त्र उँभो लगाउन पनि ढिला गर्नुहुन्न । राजनीतिक दलहरू प्रतिबन्धित रहेको निरङ्कुश परिवेशमा सांस्कृतिक परम्परा सदुपयोग गरी चियापान कार्यक्रम आयोजना गर्नुको गूढार्थ थियो मुलुकको स्वाधीनता । बिपी कोइरालाले चाहेका भए भारतमै शासकीय मेजमानी खाएर बसी नेपालको राजतन्त्रलाई प्रजातान्त्रिक लेपन लगाउन सक्नुहुन्थ्यो । तर उहाँले जोखिम मोल्नुभयो । फाँसीको खतरा भए पनि २०३३ सालमा राष्ट्रिय मेलमिलापका नीति लिएर स्वदेश आउनुभयो । मेरो घाँटी पनि राजासँगै जोडिएको छ भन्दै हामी नेपाली विभाजित छैनौँ, हुन्नौँ भन्ने स्वाभिमान प्रदर्शन गर्नुभयो । त्यो राष्ट्रिय स्वाभिमान अजेय, अभेद्य हुनु पर्छ । अहिले मुलुकले समृद्धिका लागि अख्तियार गरेको राजनीतिक प्रणाली, यसका संस्थापक राजनीतिक दलहरू अनि राज्य संस्था, निकायप्रति संशय विस्तारका प्रयत्न भइरहेका छन् । सोझो राजनीतिक बुझाइमा यो संशय जायज देखिए
महासचिवलाई स्वागत
विश्व शान्ति र भाइचाराका पक्षमा क्रियाशील विश्व संस्था संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसलाई आज आइतबार नेपालले स्वागत गर्दै छ । महासचिव गुटेर्रेसले चार दिन शान्तिप्रेरक गौतम बुद्धको जन्मभूमिको भ्रमण गर्दै हुनुहुन्छ । विश्वका विभिन्न देश आपसी द्वन्द्व, कलह र युद्धमा फसिरहेका बेला महासचिव गुटेर्रेस घरेलु द्वन्द्वलाई मौलिक ढङ्गले शान्तिमा परिणत गरिरहेको नेपालको भ्रमणमा लालायित रहनुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जाँदा दिनुभएको निमन्त्रणा स्वीकार गरेर महासचिव गुटेर्रेस यसअघि नै यो भ्रमणमा आउने कार्यक्रम थियो तर प्यालेस्टिनी स्लामिक
बडादसैँको शुभकामना
सारा नेपालीमा असत्यमाथि सत्य तथा अन्यायमाथि न्यायको विजयको प्रतीक विजयादशमीको उमङ्ग छ । सुख, समृद्धिको शुभकामना साटासाट छ । हिन्दु धर्मावलम्बीको मात्र नभई सनातनी यस पर्वले पारिवारिक र सामाजिक पुनर्मिलन गराएको छ । पहेँलपुर फाँट होस् वा पहाडी कान्लाका गोरेटोदेखि पक्की सडकमा नयाँ पहिरनका मानिसको ओहोरदोहोर चलेको छ । बाटोघाटो, घर सरसफाइ गरी पिङमा मच्चिनेहरूको रमिता छ । मङ्गलधुन बजेका छन् । मिठा परिकार पाकेका छन् । नेपालमा सबैभन्दा बढी मानिसको ओहोरदोहोर, चहलपहल, आर्थिक कारोबार हुने यो पर्व एकताको प्रतीक पनि हो । विभिन्न जाति समुदायमा विजयादशमीका दिन आआफ्ना परम्परा अनुसार मान्यजनका हातबाट चामलको राता र सेता अक्षता लगाई शुभ आशीर्वाद लिने यो पर्व समस्त आसुरी प्रवृत्तिमाथि विजयको शुभकामना गर्ने राष्ट्रिय पर्व हो । बडादसैँ वा विजयादशमीमा नवरात्रका नौ दिन नवदुर्गाको पूजा आराधना गरी मुख्य दिन विजयादशमीमा टीका ग्रहण गरिने यो पर्वमा दुर्गा माता र रामलाई शक्ति र न्यायका प्रतीकका रूपमा लिइन्छ । पौराणिक कथा अनुसार संसारको विनाश गर्न खोज्ने महिषासुर नामक राक्षसलाई दुर्गा माताले मारेको अनि अहङ्कारी, अन्यायी, अत्याचारी रावणमाथि रामले विजय गरेको स्मरणमा बडादसैँ मनाइने गरिएको छ । सिङ्गो राष्ट्र नै यस पर्वमार्फत व्रmोध, लोभ, अन्याय–अत्याचार, अहङ्कार, दण्डहीनता, क्रूरता, भ्रष्टाचार तथा भोक र शोकरूपी आसुरी प्रवृत्तिविरुद्ध सत्य, न्याय, सुख–समृद्धिको पक्षमा शताब्दीऔँदेखि प्रस्तुत भए पनि हामी र हाम्रो मुलुक आसुरी प्रवृत्तिको कब्जाबाट मुक्त हुन चाहिँ सकेको छैन । यो विडम्बना छ । दुर्गाका नौ स्वरूप योग साधना, वैराग्य, संयम र सदाचार, हाँसो, चैतन्य, धर्म, अर्थ, काम र मोक्ष, सिद्धि, कलुषिताको अन्त्य आदि सम्बन्धित मानिन्छ । संसार मास्न खोज्ने महिषासुर राक्षसलाई मारेर मानव सृष्टि संरक्षण गर्न सक्ने शक्तिपुञ्जस्वरूप नारीशक्ति हुन् दुर्गा । नारीशक्तिको रौद्र र ममतामयीस्वरूप दुर्गाको पूजक नेपाली समाजमा नारी नै पीडित छन् । नेपालको वर्तमान संविधानले समान अवसर अनि विशेषाधिकारको समेत प्रबन्ध गरे पनि युगौँदेखि हेपिएका, पीडित नारी अझै पनि अवहेलित अवस्थामै छन् । सृष्टिकर्ता नारी कतिपय परिवारभित्रै अछुत ठानिनुपर्ने अवस्था विद्यमान छ । शक्तिपूजक नेपाली समाजमा अब नारी दुर्गास्वरूप प्रकट हुन सकून् – शुभकामना । युवा शून्यप्रायः गाउँघर बडादसैँकै कारण यतिखेर रमाइला बनेका छन् । कार्य परिबन्धले अन्यत्र गएका युवा गाउँमा फर्केका छन् तर यति महान् पर्वमा पनि लाखौँ युवायुवती विदेशमा पसिना चुहाइरहेका छन् । गाउँमा गरिखान नजानेर वा रोजगारी नपाएका कारण बिदेसिएका ती सन्तान सम्झेर कैयौँ बाआमाले आँसुको नुनिलोसँग गाँस निल्नु परेको छ । यही मुलुकमा शान्ति सुरक्षा, सुशासन हुन्थ्यो भने ती सन्तान बाध्यताले विरानो देशमा जानुपर्ने थिएन । हजुरबाआमाहरूले सुख, शान्ति, समृद्धिका शुभकामनासाथ सन्तानले डाँडाकाँडा ढाकून्, ढुङ्गा छोए सुन र माटो छोए अन्न बनोस् भन्ने आशीर्वाद दिनुहुन्थ्यो । आज ती सन्तानले आफ्ना डाँडाकाँडा ढाक्न सकेनन्, विदेशमा गएर विदेशीकै लागि अन्न फलाइदिएका छन्, सुन निकालिदिएका छन् । अब चाहिँ ती नेपाली सन्तानलाई नेपालमै फर्काउन, नेपाललाई नै समृद्ध बनाउन सकियोस् – शुभकामना । विकसित, समृद्ध नेपालका लागि शासकदेखि शासितसम्मको प्रतिबद्धता र समर्पण भए असम्भव छैन । जातीय, धार्मिक, सांस्कृतिक सद्भावसहितको एकताबद्ध समाज छ हाम्रो । प्राकृतिक स्रोत, सम्पदा छन् अनि युवा जनशक्तिको सङ्ख्या धेरै छ । संवैधानिक हिसाबमा समानुपातिक, समावेशी र सहभागितामूलक राज्य प्रणाली छ । स्रोत र जनशक्तिको पूर्ण लाभ उठाउने दूरदृष्टिसहितको प्रभावकारी राजनीतिक नेतृत्वले यस्ता अवसरको सदुपयोग गर्न सकोस् – शुभकामना । वास्तवमा नेपालीका शुभकामनाहरू जीवनमा यथार्थ साबित हुन नसक्नुको जड नै भ्रष्टाचार हो । दसैँ बजारमा खाद्य, लत्ताकपडा, यातायातका साधनको टिकट, होटलको खाना मूल्यदेखि राज्यको सार्वजनिक जग्गासमेत निजी बनाउने तहको भ्रष्टाचार हुने गरेको यथार्थ छ । नीति बनाएरै राज्यकोषको अपचलन हुने गरेको छ । नागरिकप्रति जवाफदेही, उत्तरदायी बन्नुपर्ने राज्यसंयन्त्रमा बस्नेहरूबाट हुने ढिलासुस्ती, अनुचित लेनदेन, भ्रष्टाचारले आजित सेवाग्राहीले देशप्रति नै निराशाभाव व्यक्त गर्नु परेको छ । सुशासनको अभावका कारण नागरिक यस्तो निराशाले गाँजिएका हुन् । अब राज्यले सुशासनमार्फत आसुरी प्रवृत्तिकै रूप भ्रष्टाचारको अन्त्य गरी नागरिकलाई आशावादी बनाउन सकोस् – शुभकामना ।
स्वच्छ ऊर्जाको आय
जलस्रोतमा धनी देश नेपाल यही स्रोतको सदुपयोग गरी आर्थिक समृद्धि हासिल गर्न सक्छ भन्ने सम्भावनाको कथा अब वास्तविकतामा परिणत हुन थालेको छ । ११३ वर्षअघि फर्पिङमा पाँच सय किलोवाट क्षमताको चन्द्रज्योति हाइड्रोपावर स्टेसनको स्थापना हुँदा चीनमा विद्युत् उत्पादन सुरु नै भएको थिएन । त्यतिअगाडि विद्युत् उत्पादन सुरु भए पनि झन्डै एक शताब्दीसम्म नेपालको जलविद्युत् क्षमताका कुरा गरियो, विकासको गति एकदम सुस्त भयो । नेपालका नदी बगेर
एनआरएनएको दायित्व
यस वर्षको दसैँको उमङ्ग सबैभन्दा बढी जन्मभूमि छाडेर विदेशलाई आफ्नो बनाएका गैरआवासीय नेपालीमा छाएको छ किनभने अब उनीहरूले यहाँको पनि नागरिकता पाउन थालेका छन् । कानुनतः विदेशी बनेका गैरआवासीय नेपालीहरूको छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनका सिलसिलामा काठमाडाैँमा आएका बखत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनआरएनए अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्री केसीलाई नेपा
सहुलियत पसलमा आकर्षण
नेपालीको महान् पर्व बडादसैँको रमझम बजार र आवागमन क्षेत्रमा देखिँदै छ । बजारमा भिडभाड छ, सार्वजनिक यातायातका साधनमा यात्रुको चाप छ । घटस्थापनायता काठमाडौँबाट दुई लाख हाराहारीमा मानिस गाउँघरतर्फ लागिसकेका छन् तर तिनले घरपरिवारमा लैँजाने कोसेलीपात किन्न बजारमा जाँदा खल्ती टक्टकिएको छ । खाद्यवस्तु तथा लत्ताकपडाको अचाक्ली मूल्य वृद्धिले दसैँको उमङ्गमा चिसोपानी छम्केको छ । जस्तै महँगी भए पनि मिठै खाने राम्रै लगाउने पर्व चलाउन उपभोक्ताह
मेलम्चीको थप दुःख
चौतिस वर्षअघि दैनिक कुल ५१ करोड लिटर पानी काठमाडौँमा ल्याउन आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प भएको निष्कर्षमा विसं २०५५ देखि निरन्तर कार्य जारी रहेको मेलम्ची खानेपानी आयोजना कतै असफल आयोजनाको नाजुक उदाहरण बन्ने त होइन भन्ने संशय बढेको छ । विसं २०६४ मा नेपाल सरकार र प्रमुख दाता एसियाली विकास बैङ्क (एडिबी) बिच आयोजनाको पुनर्संरचना गरी छ वर्षभित्र सम्पन्न गर्ने सहमतिबमोजिम अगाडि बढाइएको निर्माण कार्य अनेक वि
कोशीमा नयाँ सरकार
संविधानको धारा १६८ (५) अनुसार कोशी प्रदेश सरकार गठन भएको छ । आफू निर्वाचित भएको पार्टी नेपाली कांग्रेस र सङ्घीय सत्ता गठबन्धनका शीर्ष नेताको निर्देशन वा सहमति विपरीत नेपाल कम्युनिस्ट पार्टी (एमाले)को समर्थनमा प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षर जुटाएर सांसद केदार कार्की मुख्यमन्त्री बन्न सफल हुनुभयो । यो परिस्थिति
सबल स्थानीय सरकार
नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माणको सङ्कल्प गरेको छ । विगतमा राज्यको व्यवहारबाट पछाडि पारिएका वा परेका वर्ग, जाति, समुदाय वा सांस्कृतिक समूह वा क्षेत्रको राज्यका सबै प्रक्रियामा अधिकतम पहुँच बढाउने, सहभागी बनाउने, यसका निम्ति उपयुक्त र सहज वातावरण निर्माण गर्ने सङ्घीय राज्य प्रणालीको मूल उद्देश्य हो । समानताको हकबमोजिम सामान्य कानुनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, शा
अख्तियारको दायरा
सुशासनको नागरिक चाहना अनि राज्यको प्रतिबद्धताभन्दा भ्रष्टाचार बलियो छ नेपालमा । भ्रष्टाचार नियन्त्रण र न्यूनीकरणका वैधानिक एवं नीतिगत प्रबन्धहरूलाई नै भर्याङ बनाएर भ्रष्टाचार हुने गरेको घामजत्तिकै प्रस्ट छ । सदाचार र सुशासनका लागि तय गरिएका नीति पालना नगर्ने, नीतिको अपव्याख्या गर्ने अनि भ्रष्टाचार नै वैधानिक बनाउन नीति बनाउने गलत प्रवृत्ति मौजुदा रहँदा नै भ्रष्टाचार न्यूनीकरण हुन नसकेको जानकारहरूको ठहर छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०२२ को भ्रष्टाचार
देशकै निम्ति युवा
आर्थिक वर्ष २०७९/८० मा संस्थागत रूपमा मात्रै चार लाख तीन हजार ६४१ जना नेपालीले वैदेशिक श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । बर्सेनि यो सङ्ख्या बढिरहेको छ । पचासौँ लाख नेपाली कामका लागि विदेश गएका छन् । ती युवा हुन् । देश बनाउने शक्ति हुन् ती । तिनमा ज्ञान, सिप छ । नभए बलिष्ठ पाखुरा छन् । राष्ट्र निर्माणको बलियो स्रोत युवा जनशक्तिलाई विदेशमा श्रमका लागि पठाएर विप्रेषण ल्याए भनी देशले गर्व गरिरहेको अवस्था छ । तीव्र
हुलाक सेवामा सुधार
आधुनिक सूचना तथा सञ्चार प्रविधिको विकास नभएको जमानामा खबर, सूचना र समाचार आदानप्रदान गर्ने माध्यम चिठीपत्र थिए । ती चिठीपत्र आदानप्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोद्दीप सिंहको पालामा विक्रम संवत् १९३८ मा नेपाल हुलाक घरको स्थापना भई हुलाक सेवाको प्रारम्भ भएको इतिहास छ । सन् १९७४ मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरेपछि नेपालमा अन्तर्राष्ट्रिय हुलाक सेवाको पहुँच सम्भव भयो । सञ्चार माध्यममध्ये यस्तो पुरानो इतिहास बोकेको हुलाक सेवालाई नेपालमा थप व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउन विक्रम संवत् २०१९ मा हुलाक सेवा ऐन बनाइयो । त्यहीबमोजिम हुला
इजरायलमा उद्धार प्रयास
गत शनिबार बिहान इजरायलमाथि प्यालेस्टिनी कट्टरपन्थी इस्लामिक समूह हमासले आक्रमण गर्दा दस जना नेपाली विद्यार्थीको हत्या भयो । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका दस जना विद्यार्थीको मृत्यु, चार जना घाइते र एक जना हराइरहेकाले आमनेपाली यतिबेला चिन्तित छन् । मित्रराष्ट्र इजरायलमा ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत नेपालका कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गरी
कोशीमा मध्यावधिको विकल्प
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत लिने दिनमा पदबाट राजीनामा दिनुभएपछि अब त्यहाँको राजनीतिक मोड कता सोझिने हो भन्ने चासो बढेको छ । संविधानको धारा १६८(३) अन्तर्गत सबैभन्दा ठुलो दलको हैसियतले ३० दिनअघि सर्वोच्चको परमादेशबमोजिम मुख्यमन्त्री बन्नु