महिला आयोग नारायणहिटी सर्दैन : अध्यक्ष पराजुली
राष्ट्रिय महिला आयोग नारायणहिटी नसर्ने भएको छ । आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले नारायणहिटी पीडित महिला मैत्री नहुने भएकाले त्यहाँ नसर्ने जानकारी दिनुभएको हो ।
राष्ट्रपति पौडेलद्वारा गायिका मेनुका पौडेल सम्मानित
राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गर्नुभएको छ ।
अनिल र भीमको शतकसँगै सिरिजमा नेपालको ‘क्लिन स्विप’
अनिल शाह र भीम सार्कीले अविजित शतकीय इनिङ्स खेलेपछि क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको छ । तीन खेलको सिरिज नेपालले ३–० ले जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले क्यानडालाई नौ विकेटले हरायो ।
कानुनले निषेध गरेको सुगाको व्यापार
धनुषाको धनुषाधाम मेलामा कानुनले निषेध गरेको सुगाको व्यापार निर्बाधरूपमा भइरहेको छ । तराई क्षेत्रबाट समेत लोपजस्तै भइसकेको तथा कानुनले वर्जित गरेको सुगाको अवैध व्यापार धनुषाधाम मेलामा भइरहेको हो ।
विद्युत पोलको भाडा लिने नगरपालिकाको निर्णय
दमक नगरपालिकाले नगरभित्र गाडिएका विद्युत पोलहरू र विद्युत ट्रान्स्फर राखेको बापतमा भाडा लिने निर्णय गरेको छ । दमक विद्युत प्राधिरकणले महसुल नतिरेको भन्दै दमकका सडक बत्तीहरू धमाधम काट्न थालेपछि नगरपालिकाले भाडा लिने निर्णय गरेको हो ।
गण्डकी मन्त्रिपरिषद्को बैठक पञ्चकोटमा
बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक आज बसेको छ । प्रदेश राजधानी पोखरादेखि बाहिर बसेको यो गण्डकी सरकारको पहिलो मन्त्रिपरिषद् बैठक हो ।
फिनल्याण्डको राष्ट्रपतिमा स्टब विजयी
फिनल्याण्डको राष्ट्रपतिमा राष्ट्रिय गठबन्धनका लागि राष्ट्रपति पदका उम्मेदवार अलेक्ज्याण्डर स्टब विजयी हुनुभएको छ । आइतबार राति सम्पन्न भएको फिनल्याण्डको राष्ट्रपतीय निर्वाचनमा उहाँले सहज जित हासिल गर्नुभएको हो ।
इरानले लेबनानमा युद्ध विस्तार हेर्न चाहेको छैन: इरानी विदेशमन्त्री
इरानका विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियानले इरानले लेबनानमा युद्ध विस्तार भएको हेर्न नचाहेको बताउनुभएको छ ।
उपत्यकाका सडकमा एआई जडित क्यामेरा
काठमाडौँका विभिन्न ठाउँमा एआई जटित सिसिटिभी क्यामेराको फ्ल्यास लाइटका कारण रातिमा सवारी चालकलाई समस्या हुने गरेको छ ।
विद्युत कटौती हुन थालेपछि उद्योगीले गुहारे प्राधिकरण
रुपन्देहीका उद्योगीहरूले अघोषित विद्युत कटौती (लोडसेडिङ) ले उद्योगमा उत्पादनको काम ठप्प भएको भन्दै विद्युत प्राधिकरणसँग समस्या समाधानको माग गरेका छन् ।
सहरेका विभिन्न बस्तीमा खानेपानीको समस्या
दोलखाको तामाकोसी गाउँपालिका ५ सहरेमा खिम्ती १ जलविद्युत आयोजनाले खानेपानीको पाइपलाइन काटेपछि सो गाउँका विभिन्न बस्तीमा खानेपानीको समस्या भएको छ।
स्थानीयद्वारा एम्बुलेन्स माग
गुल्मीको रेसुङ्गा नगरपालिका–१४ पराल्मीका स्थानीयले एम्बुलेन्सको माग गरेका छन् । रेसुङ्गा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा त्यहाँका स्थानीयले एम्बुलेन्सको माग गरेका हुन् ।
गाजाको रफाहमा इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या सय नाघ्यो
दक्षिणी सहर रफाह र गाजापट्टीको वरपरका क्षेत्रमा इजरायली सेनाले गरेको भारी आक्रमणमा सोमबार सयभन्दा बढीको मृत्यु भएको छ । आक्रमणमा महिला तथा बालबालिकासहित सयौँ घाइते भएको आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी डब्ल्एफएले जनाएको छ ।
स्वादिष्ट परिकार बनाउँदै–बेच्दै विद्यार्थी
खोटाङमा रैथाने बाली कोदोबाट स्वादिष्ट परिकार बनाएर विद्यार्थीले आम्दानी गर्न थालेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् फाउन्डेसनका विद्यार्थीले कोदोको पिठोको मःम, बिस्कुट लगायतका स्वादिष्ट परिकार बनाएर विक्री गर्न थालेका छन् ।
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित
राष्ट्रियसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ पारित भएको छ । सभाको आजको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो ।
कार्य सम्पादनमा वराहक्षेत्र नगरपालिका उत्कृष्ट
सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा जिल्लाका पालिकाहरूमध्ये पहिलो स्थान प्राप्त गरेको छ । जिल्लाका १२ वटा पालिकाहरूमध्ये वराहक्षेत्र नगरपालिकाले सय पूर्णाङ्कमा ९१ अङ्क प्राप्त गरेको हो ।
राष्ट्रिय सभा बैठक : देशभित्रै रोजगारी सृजना गर्न सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभाका सांसदहरूले नेपाली नागरिक विदेश पलायन हुनबाट रोक्न देशभित्रै पर्याप्त रोजगारीको सृजना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
गहुँ बालीमा सिन्दुरे रोगको प्रकोप
यस पटकको हिउँदमा पर्याप्त पानी नपर्दा गहुँ उत्पादन घट्ने चिन्तामा रहेका किसानको गहुँ बालीमा पहेलो सिन्दुरे रोग देखा परेको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक स्वीकृत
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
स्वास्थ्य शिविरबाट २८३ जना लाभान्वित
बाँकेको नेपालगन्जमा आयोजना गरिएको विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविरमा नौ जिल्लाका २८३ जनाले विशेष स्वास्थ्य सेवा लिएका छन् ।
सदरमुकाममै सडक निर्माण कार्य सुस्त
सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा सुरु गरिएको सडक निर्माण कार्य सुस्त बनेको छ ।
अमेरिकी नेतृत्वको गठबन्धन मिसन अन्त्य गर्न इराक र अमेरिकाबिच पुनः वार्ता सुरु
इराकमा अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनको मिसन अन्त्य गर्ने विषयमा छलफल गर्न इराक र संयुक्त राज्य अमेरिकाबिच आइतबार नयाँ चरणको वार्ता सुरु भएको इराकी सरकारले जनाएको छ ।
गाजामा इजरायली आक्रमणमा दुई बन्धकको मृत्यु : हमास
गाजापट्टीमा विगत दिनको अवधिमा इजरायली आक्रमणमा परी दुई इजरायली बन्धकको मृत्यु भएको छ ।
घट्खोलामा मोटरेबल पुल निर्माण
देशकै पहिलो ग्रामीण गाउँ सिरुवारी तथा पर्वत जिल्ला जोड्ने अर्जुनचौपारी ३ घट्खोलामा मोटरेबल पुल निर्माण थालिएको छ ।