क्यानडाले दियो नेपाललाई २३३ रनको लक्ष्य
क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा क्यानडाले नेपाललाई जितका लागि दुई सय ३३ रनको लक्ष्य दिएको छ ।
मुग्लिन–पोखरा सडक विस्तार : पोखरामा कालोपत्र सुरु
मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डस्थित पोखरामा कालोपत्र गर्न सुरु गरिएको छ । कास्की र तनहुँको सिमाना कोत्रेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्मको १९ किलामिटरमध्ये पोखरा प्रवेशको लामेआहालमा हाल अस्पाल्ट कालोपत्रको काम सुरु भएको हो ।
हाइकिङमार्फत नुवाकोटको इतिहासलाई पर्यटनसँग जोड्दै हाइकर्स क्लब
स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ हाइकिङका माध्यमबाट पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ४३ औँ शृङ्खलाका लागि स्याङ्जाको धार्मिक एवं ऐतिहासिकस्थल नुवाकोटलाई रोजेको छ ।
सरकारले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुङ्ग्याओस्ः सांसद गैरे
नेकपा (एकीकृत समाजवादी) की राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे सरकारले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुङ्ग्याउनुपर्ने बताउनुभएको छ ।
म्याराथनमा विश्व कीर्तिमानी केल्भिनको दुर्घटनामा निधन
हालको म्याराथनमा विश्व कीर्तिमानधारी केल्भिन किप्टम र उहाँका प्रशिक्षक गेर्भाइस हाकिजिमानाको आइतबार राति सडक दुर्घटनामा मृत्यु भएको केन्याली प्रहरीले पुष्टि गरेको छ।
विश्वका मानिसको मन लोभ्याउने मनाङ
हिमाली जिल्ला मनाङ सौन्दर्यले भरिपूर्ण जिल्लाका रूपमा परिचित छ । गण्डकी प्रदेशमा अवस्थित मनाङ प्राकृतिक सौन्दर्यले भरिएको छ । यहाँ पुग्ने जोकोहीले मनाङलाई हिमालभित्रको जिल्ला पनि भन्ने गर्छन् ।
बजार मूल्य स्थिर नहुँदा च्याउखेती गर्ने किसान मर्कामा
बाँकेमा पछिल्लो समयमा च्याउखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ ।
चितवनको बाँदरझुला अझै अँध्यारोमा
चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला)मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन ।
फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय
सरकारले फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ ।
सहरी गरिबका कुरा सरकारलाई सुनाउन मायादेवी–सिंहदरबार यात्रा
सहरी गरिब, सडक व्यवसायी र अनौपचारिक क्षेत्रका बासिन्दाले भोग्नुपरेको समस्या सरकारलाई सुनाउन सामाजिक अभियन्ता ‘ईः’ ले बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवीबाट सिंहदरबारसम्मकाे पदयात्रा सुरु गर्नुभएको छ ।
स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको दन्त सेवा
मानिसलाई सुन्दर बनाउने मुख्य काम दाँतले पनि गर्दछ । बाहिरी अङ्ग भएकाले पनि पहिलो नजर मासिनको दाँतमा नै पर्ने गर्दछ । दाँत सफा, चट्ट मिलेको र हाँस्दा राम्रो देखियो भने मानिसको सुन्दरता झल्किन्छ ।
राष्ट्रिय सुरक्षामा सधैँ चनाखो हुनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षा परिषदको आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
सुर्तीजन्य पदार्थ सेवन गर्नेमा क्षयरोगको जोखिम बढी
डा.श्रेष्ठका अनुसार क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । डा. श्रेष्ठका अनुसार क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो ।
राष्ट्रिय सभा बैठक(प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद् अन्तर्गतको राष्ट्रियसभा बैठक सुरू भएको छ ।
एकै पटक नौ जनालाई टोक्ने कुकुर नियन्त्रणमा
पाँचथरको सदरमुकाम फिदिम बजारमा सोमबार बिहान एउटै कुकुरले टोक्दा नौ जना घाइते भएका छन् । बिहान सदरमुकाम फिदिमको वडा नम्बर १ र ४ का मा कुकुरले यत्तिका नागरिकलाई टोकेको हो ।
गण्डकी मन्त्रिपरिषद् बैठक बागलुङको पञ्चकोटमा सुरु
गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक बागलुङ नगरपालिका ६ स्थित ऐतिहासिक, धार्मिक स्थल पञ्चकोटमा सुरु भएको छ । पञ्चकोटमा आगामी फागुन ९ गते देखि सुरु हुने अनन्त श्री ब्रह्माण्डीय महायज्ञको प्रचारप्रसारलाई सहयोग पुर्याउन गण्डकी सरकारको मन्त्रिपरिषद्को बैठक पञ्चकोटमा बसेको हो ।
प्रधानमन्त्रीका निर्देशन कार्यान्वयनबारे थालियो अनुगमन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालको दोस्रो वर्षको सुरुआतमा गर्नुभएको मन्त्रालयगत समीक्षाका क्रममा मन्त्री तथा सचिवलाई दिएका निर्देशन कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री तथा तथा मन्त्रिपरिषद् कार्यालयले अनुगमन थालेको छ ।
फरार प्रतिवादी भटाभट पक्राउ
इलाका प्रहरी कार्यालय कोहलपुरले चालु आर्थिक वर्षमा विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका विभिन्न १३ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको जनाएको छ ।
म हर्क साम्पाङको प्रशंसक हुँ: शिक्षामन्त्री राई
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले आफू धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ)को प्रशंसक रहेको बताउनु भएको छ । आइतबार केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित धरानमा विशिष्टिकृत अनुसन्धान केन्द्रिय कृषि तथा खाद्य प्रविधि योजना उन्मुख कार्यशाला’ स्थापना गर्ने कार्यक्रममा बोल्दै शिक्षा मन्त्री राईले नगर प्रमुख राईको प्रशंसक रहेको बताउनुभयो ।
भलाकुसारी गर्न शान्ति सङ्ग्रहालय
एकल महिलाले भलाकुसारी गर्नका लागि कैलाली जिल्लाको कैलारी गाउँपालिका–६ स्थित वनकट्टामा शान्ति सङ्ग्रहालय निर्माण गरिएको छ । यस सङ्ग्रहालयमा एकल महिला र द्वन्द्वपीडित जमघट भएर आआफ्ना दुःखसुखका कुरा आपसमा साटासाट गर्ने जनाइएको छ । सङ्ग्रहालयमा डिजिटल बोर्डसमेत लगाइएको छ । सङ्ग्रहालयमा आएर एकल महिलालाई एक अर्काबिच भलाकुसारी र दुःखसुख साटासाट गर्न सहयोग पुग्ने मानव अधिकार एकल महिला समूह सुदूरपश्चिम अध्यक्ष सुमन शर्माले बताउनुभयो ।
गयल घटाउन स्कुलमै भातभान्सा
यस जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाका ९, डप्कमा रहेको सिद्धेश्वरी आधारभूत विद्यालयले विद्यार्थीको गयल घटाउन विद्यालयमै भातभान्सा लगाउने गरेको छ । हिउँदमा विद्यालय नआउने विद्यार्थीलाई नियमित गर्ने उद्देश्यले विद्यालयले विद्यालयमै बसेर पढाइ गर्ने गरी भातभान्सा लगाउने गरिएको हो । बुढीनन्दा नगरपालिका ७, ८, ९ र १० का अधिकांश स्थानीयको जीविकोपार्जनको मुख्य पेसा भेडाबाख्रापालन हो । यहाँका अधिकांश स्थानीय हिउँदमा भेडासँगै औल झर्ने भएकाले बालबालिका पनि उतै जाने गरेपछि यो विद्यालय हिउँदमा विद्यार्थीविहीन हुने गर्दछ ।
दुई वर्षमा बन्ने संरचनालाई १० वर्ष
सभा हलको उपयोग र आयआर्जनसमेत हुने उद्देश्यले दोलखाको भीमेश्वर नगरपालिका–३ मा निर्माण सुरु गरिएको सभा हलको करिब एक दशकपछि संरचना मात्र निर्माण भएको छ । ठेकेदारको लापरबाहीले दुई वर्षमै सम्पन्न हुनुपर्ने यो सभा हल करिब एक दशकपछि संरचना मात्र निर्माण सम्पन्न भए पनि अख्तियारमा ठेकेदारविरुद्ध मुद्दा परेकाले काम अगाडि बढ्न नसकेको सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीका साइट इन्चार्ज असिस्टेन्ट सब इन्जिनियर रामशरण न्यौपानेले जानकारी दिनुभयो ।
बारपाक सडक कालोपत्रे
गोरखा बारपाक सुलीकोट गाउँपालिका–१ र २ वडा जोड्ने सडक कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको छ । सडक आयोजनका इन्जिनियर आस्था देवकोटले साढे १६ किलोमिटरमा १२ किलोमिटर कालोपत्रे र साढे दुई सय मिटर ढलान गर्ने काम सकिएको जानकारी दिनुभयो । “साढे पाँच मिटर चौडाइका दरले कालोपत्रे भएको छ,” उहाँले भन्नुभयो, “केही उकालो, अप्ठ्यारो र घुम्ती बाटोमा साढे दुई सय मिटर ढलान भएको छ ।” २०७२ सालमा ठेक्का सम्झौता भई काम अघि बढाए पनि ठेकेदारको ढिलासुस्तीका कारण सडक कालोपत्रे कामले गति लिन नसकेको इन्जिनियर देवकोटाको भनाइ छ ।
क्यानडाविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर क्यानडालाई पहिले ब्याटिङको निम्तो दिनुभएको हो ।