सुनिश्चित खाद्य सुरक्षा
मानिसको दैनिक जीवन अन्नबिना सम्भव छैन । अन्नको सम्बन्ध जमिनसँग हुन्छ । अन्नबाली मात्र होइन, सबै खालका खानेकुराको अन्तिम स्रोत धर्ती अर्थात् प्रकृति नै हो । भन्न नै अन्नपानीको शरीर भनिन्छ । भूमिबाट प्राप्त हुने अन्नबाली कृषिबाट मात्र सम्भव छ । मानव सभ्यता निर्माणको महत्वपूर्ण ऐतिहासिक विकासको आधारस्तम्भ पनि कृषि नै हो । कृषिले नै मानिसको स्थायी बसोबास र घरजमको विकास गरेको थियो । राज्यहरूको विकास क्रमसँगै संस्थागत रूपमा कृषिको विकास हुँदै गयो । राज्यले सबै नागरिक
समाज रूपान्तरणमा रेडियो
रेडियो शब्दको प्रयोग सर्वप्रथम फ्रान्सका भौतिकशास्त्री बान्लीले सन् १८९७ मा गरेका हुन् । यसअघि रेडियोलाई वायरलेस टेलिग्राफी भन्ने चलन थियो । रेडियोको जन्म हुनुमा धेरै जना वैज्ञानिक/अन्वेषकको अतुलनीय योगदान रहेको पाइन्छ । यीमध्ये म्याक्सवेल, मार्कोनी, लिडी फोरेस्ट, फ्लेमिङ, फेसेन्डेल आदि प्रमुख हुन् । सन् १९१० तिर रेडियोलाई पानीजहाजमा सूचना दिने काममा प्रयोग गरिएको पाइन्छ । यस्तै दोस्रो विश्वयुद्धमा रेडियोको प्रयोग प्रचुर मात्रामा भएको थियो ।
रोजगारीको आधार प्राविधिक शिक्षा
शिक्षाको औपचारिक सुरुवात धेरै पहिलेदेखि भए पनि सिपयुक्त तथा दैनिक व्यवहारसँग प्रत्यक्ष सम्बन्ध भएको शिक्षाको विकास आधुनिक युगमा मात्र भएको पाइन्छ । शिक्षाको मानव जीवनको व्यावहारिक पक्षसँग पनि प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । यसले मानिसलाई साधारण सिपदेखि जटिल विधाका विषयवस्तुमा आएका चुनौतीलाई सामना गर्न सक्ने बनाउँछ । विश्वविद्यालयको शिक्षाले व्यक्तिलाई विभिन्न क्षेत्रमा रोजगार बनाउनुका साथै सम्बन्धित क्षेत्रको विषयविज्ञ बनाउँछ तर विश्वविद्यालयको शिक्षा आज प्रमाणपत्र प्राप्त गर्ने मोसो मात्र भएको छ । त्यसैले देशको द्रुत विकास गर्न प्राविधिक शिक्षा आवश्यक छ तर प्राविधिक जनशक्ति हाम्रा विश्वविद्यालयले उत्पादन गर्न सकेका छैनन् ।
‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण पुनःदेखियो
गण्डकी प्रदेशमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोगको सङ्क्रमण पुनः देखिएको छ । सुँगुर, बङ्गुर तथा बँदेलमा लाग्ने सो रोग सर्भिलेन्सको निरन्तरताका क्रममा कास्की, तनहुँ, लमजुङ र गोरखामा सङ्क्रमण पुष्टि भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले जनाएको छ ।
आदिवासी रङ्गशाला निर्माण छिटो सम्पन्न गर्न मन्त्री लिम्बूद्वारा निर्देशन
युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित आदिवासी रङ्गशालाको निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सोमबार रङ्गशालाको स्थलगत अवलोकन गर्नुहुँदै उहाँले यसलाई समयमै सम्पन्न गराउन सरकारको साथ र सहयोग रहने जानकारी समेत दिनुभयो ।
सामाजिक परिवर्तनको जग
नेपाल नयाँ युगमा प्रवेश गरेको छ । सैद्धान्तिक रूपमा सङ्घीय नेपाल निर्माण भएदेखि व्यावहारिक रूपमा सोही अनुसार लैजान सङ्घीय, प्रादेशिक र स्थानीय तहबाट दिनानुदिन काम भइरहेको छ । विसं २०४६ को जनआन्दोलनबाट निर्माण भएको संविधानले पनि अपरिवर्तनीय भनेको २४० वर्षको राजतन्त्र ‘जनयुद्ध’ को जग र माओवादी शक्तिसहितको सात दलीय मोर्चाद्वारा आह्वान गरिएको जनआन्दोलनले ढालेको थियो । जसको प्रतिफल मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहित धर्मनिरपेक्षता, समानुपातिक र समावेशी शासन व्यवस्था सुरु भयो । त्यसैले पनि जनयुद्ध र नेतृत्वकर्ताको भूमिकालाई सम्मान गर्नु पर्छ ।
अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन बिहीबारदेखि
काठमाडौँ विश्वविद्यालय (केयू)ले नेपालको शैक्षिक इतिहासमा पहिलो पटक विश्वविद्यालयका ‘अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन’ को आयोजना गरेको छ । केयूले आगामी बिहीबारदेखि शनिवारसम्म धुलिखेलमा उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन आयोजना गरेको विश्वविद्यालयले जनाएको छ ।
लोकतान्त्रिक समाजवादको परिदृश्य
सुशासन पद्धति, सामाजिक न्याय र नागरिक जीवनको चित्रणले मात्र कुनै पनि देशको राजनीतिक परिदृश्य र त्यसको धरातल स्पष्ट पारेको हुन्छ । देशको भावी योजना र पद्धति, स्वास्थ्य, शिक्षा, संस्कार, संस्कृति, राष्ट्र र जनताको सुरक्षाको अवधारणा जस्ता विषयलाई कसरी संस्थागत गर्ने र सुनिश्चितता प्रदान गर्ने भन्ने स्पष्ट मार्गचित्र लोकतान्त्रिक समाजवादी व्यवस्थाको मूल आधार हुनु पर्छ । यही पद्धतिका आधारमा राज्यको भविष्य सुनिश्चित बन्ने हुँदा स्पष्ट दिशाबोध गर्न सक्ने राज
५१ थरिका आयुर्वेद औषधी केन्द्रमै पाइने
दोलखाको सदरमुकाम चरिकोट स्थितको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले पाँच लाख रुपियाँ बराबरको ५१ थरिका आवश्यक औषधी व्यवस्था गरेको छ । बिरामीको सहजका लागि केन्द्रमा सञ्चालित औषधी पसलमा सशुल्कका ५१ थरी औषधि व्यवस्था गरिएको केन्द्रका आयुर्वेद चिकित्सक डा.मनोजकुमार चौधरीले जानकारी दिनुभयो ।
निकुञ्जको चेतावनीले बाँदरझुला अँध्यारोमै
चितवनको माडी नगरपालिका–९, बाँदरझुला (हनुमानझुला) मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । शतप्रतिशत विद्युतीकरणको लक्ष्य साकार पार्न लागिपरेको नेपाल विद्युत् प्राधिकरणले सो क्षेत्रमा विद्युतीकरणका लागि दुई वर्षपहिले नै काम थाल्यो तर चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले पत्र पठायो, “बाँदरझुालामा विकास नलग्नु अन्यथा कारबाही हुने छ ।” नेपाल विद्युत् प्राधिकरणले बाँदरझुलामा विद्युतीकरणका लागि दुई वर्षअघि नै साढे दुई करोड रुपियाँ बजेट विनियोजन गरी टेन्डर आह्वान गरेको थियो तर चितवन राष्ट्रिय निकुञ्ज कार्यालयलले आफ्नो मध्यवर्ती क्षेत्रमा सो बस्ती रहेको र बिजुली पु¥याउँदा अतिक्रमणलाई बढावा मिल्ने गरी कुनै योजना सञ्चालन नगर्न पत्राचार ग¥यो ।
आर्थिक असहजतालाई सहज बनाउन लचिलो नीति
आर्थिक असहजतालाई सहज बनाउन लचिलो नीति अवलम्बन गर्दै नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । चुनौतीमा रहेको अर्थतन्त्रको सुधारका नीति अवलम्बन गर्दै नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत अर्थतन्त्रको अवस्थालाई सुधार गर्नेतर्फ केन्द्रित रहँदै पछिल्लो आन्तरिक एवं बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक नीतिमा लिइएको कार्यदिशालाई निरन्तरता दिएको छ ।
सिमानामा राष्ट्रिय झन्डा
दाङको गढवा गाउँपालिका ८ कोइलाबासस्थित नेपाल भारत सिमानामा सोमबार दाङ जिल्ला सुरक्षा समितिको आयोजनामा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदी, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, सशस्त्र प्रहरी,नेपाल प्रहरी,एसएसबीको सहभागितामा नेपालको राष्ट्रिय झन्डा राखिँदै ।
‘भ्यालेन्टाइन डे’ : नेपालमा पनि पर्वका रूपमा मनाइँदै
‘भ्यालेन्टाइन डे’ अर्थात् ‘प्रेम दिवस’ । हरेक वर्ष फेबु्रअरी १४ मा यो उत्सव प्रेमिल जोडीले विशेष रूपमा मनाउँछन् । विश्वभरका युवकयुवतीले माया साटासाट गरेर यो दिवस मनाउने गरेको पाइन्छ । पश्चिमा देशमा मनाइँदै आएको ‘भ्यालेन्टाइन डे’ पछिल्लो समयमा नेपालमा पनि धेरैले मनाउन थालेका छन् । साताव्यापी मनाइने भ्यालेन्टाइन डे युवा पुस्ता मात्र नभएर कलाकारका बिच पनि अति प्रिय हुन थालेको छ । गायक प्रमोद खरेलले ‘भ्यालेन्टाइन डे’ साथीहरूसँगै मनाउने योजना बनाएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “भ्यालेन्टाइन डे’ का लागि भनेर छुट्टै समय भने छुट्टाएको छैन । यो माया गर्ने पर्व भएकाले साथीभाइसँग माया साट्ने योजना बनाएको छु ।” मातृत्वमा व्यस्त नायिका प्रियङ्का कार्की भने ‘भ्यालेन्टाइन डे’ मा यस पटक आफू बेफुर्सिदी भएको बताउनुभयो । कार्कीले भन्नुभयो, “यस पटक घरमै बसेर परिवारसँगै माया प्रेम र रमाइलो गर्ने योजना बनाएकी छु ।” एक दिन निकै प्रेम गर्ने र अरू दिन वास्ता नगर्ने प्रवृत्तिले प्रेमको सम्मान नहुने उहाँको भनाइ छ । आफन्त होस् वा मन परेको मानिस आफ्नो नजिकै भए भेटेर रातो गुलाफ र विभिन्न उपहार दिएर शुभकामना आदानप्रदा
गोपीकृष्ण सिनेमा हल बन्द
गोपीकृष्ण सिनेमा हल फागुन १ गते मङ्गलबारबाट बन्द हुने भएको छ । गोपीकृष्ण सिनेमा गोपीकृष्ण मुभिज प्रालिले विज्ञप्ति जारी गरी मङ्गलबारबाट गोपीकृष्ण सिनेमा हल बन्द हुने जनाएको छ । कोरोनाकालदेखि चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दी र राज्यको विद्यमान कर प्रणालीले हल बन्द गर्ने निर्णय लिइएको प्रबन्धनिर्देशक निरक पौडेलले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । गोपीकृष्ण सिनेमा हल २०५२ सालदेखि सञ्चालनमा आएको थियो ।
जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् भन्नुभएको छ ।
आबुधाबीमा नेपाली श्रमिकको न्यूनतम तलब निर्धारण प्रस्ताव
संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न भएको आबुधाबी डायलगमा नेपालले नेपाली श्रमिकको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव गरेको छ । श्रमिक पठाउने र श्रमिक लिने २१ देशका उच्च श्रम अधिकारी सहभागी भएको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी नेतृत्वको टोलीले रोजगारदाता देशले श्रमिकको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव गरेको हो । भण्डारीले श्रम गन्तव्य देशहरूसमक्ष श्रमिकको न्यायोचित भर्ना, कार्यस्थलमा श्रमिक बिरामी वा दुर्घटनामा पर्दा स्वास्थ्य सुरक्षाको सुनिश्चितता र एकै प्रकृतिको करारपत्रलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा नेपालले जोड दिनुभयो । खाडी देश अन्तर्गत युएई, साउदी अरेबिया, कुवेत, बहराइन, ओमान र कतारमा नेपाली श्रमिक जाने गरेको भए पनि कतारले मात्रै श्रमिकको न्यूनतम तलब निर्धारण गरेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
घटाइयो बजेटको आकार
अनुमानित स्रोत अनुसारको व्यवस्थापन सम्भव नदेखिएपछि सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको आकार घटाएको छ । चालु बजेटको अर्धवार्षिक समीक्षामार्फत सरकारले दुई खर्ब २१ अर्ब रुपियाँले बजेटको लक्ष्य संशोधन गरेको हो । अर्थ मन्त्रालयमा आयोजित बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले लक्ष्य अनुरूपको आम्दानी हुने अवस्था भइनसकेकाले बजेटको लक्ष्य घटाइएको बताउनुभयो । “अर्थतन्त्रले बिस्तारै सकारात्मक लय लिन थाले पनि बजेट व्यवस्थापनमा विद्यमान कतिपय चुनौतीका कारण लक्ष्य हासिल गर्न सक्ने अवस्था देखिएन,” उहाँले भन्नुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
साठी लाख गरिबीको रेखामुनि
नेपालमा गरिबीको रेखामुनि रहेको कुल जनसङ्ख्या २०.२७ प्रतिशत रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) मा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २०६६/६७ को २५.२ प्रतिशतबाट २०.२७ प्रतिशतमा झरेको देखाएको हो । सर्वेक्षणले प्रतिव्यक्ति वार्षिक ७२ हजार ९०८ रुपियाँ खर्च गर्न नसक्ने व्यक्तिलाई गरिब मानेको छ । त्यस्तै सहरमा वार्षिक दुई लाख ६३ हजार र गाउँमा ७१ हजार खर्च गर्न नसक्ने गरिबीको रेखामुनि परेका छन् । तथापि दुई सर्वेक्षणका मापक भने फरक रहेका छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग ‘जनयुद्ध’
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ साल फागुन १ गतेदेखि जनयुद्धको थालनी गरेको आज २८ वर्ष पुगेको छ । यो सशस्त्र द्वन्द्व २०६३ सम्म चलेको थियो । युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रुपमा परिचित थियो ।
जनयुद्ध दिवस सबैको साझा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध दिवस परिवर्तन प्रेमी नेपालीको साझा दिवस भएको बताउनुभएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सञ्चालन गरेको २९ औँ जनयुद्ध दिवसका अवसरमा मङ्गलबार प्रधानमन्त्रीले जनयुद्ध दिवसलाई देशैभर विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन अपिल गर्नुभएको छ ।
अझै टुङ्गिएन सङ्क्रमणकालीन न्याय
सशस्त्र द्वन्द्व सुरु भएको २८ वर्ष र शान्ति प्रक्रियाको पनि १७ वर्ष नाघिसक्यो तर पनि सङ्क्रमणकालीन घाउ अझै पुरिएको छैन । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २०५२ साल फागुन १ गते रोल्पाको होलेरी, रुकुमको आठबिसकोट, सिन्धुलीको सिन्धुलीगढी चौकीमा आक्रमण र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैङ्क कब्जा गरी सशस्त्र द्वन्द्व सुरु गरेको थियो र त्यसलाई उसले जनयुद्धको नाम दिएको थियो ।
नेपालको कानुन पालना गर्ने प्रतिबद्धता
भिडियो प्ल्याटफर्म सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारलाई पत्र लेख्दै औपचारिक रूपमै प्रतिबन्ध खुला गर्न आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टिकटकले लेखेको पत्रमा पाँचबुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ । टिकटकले नेपालको कानुनी प्रक्रियाप्रति प्रतिबद्ध रहेको प्रस्ट पारेको छ । त्यसै गरी टिकटकमा प्रसारित सामग्रीलाई प्रत्यक्ष रूपमै रिपोर्टिङ गर्ने पहुँच र सामग्रीसँग सम्बन्धित सरोकारलाई सम्बोधनका लागि सम्पर्क सूत्र बनाउने पनि प्रस्ट पारेको छ । टिकटकले प्रसारित सामग्रीका सन्दर्भमा फिल्टरिङ र मध्यस्थता अझै वृद्धि गर्न नेपालीभाषी स्रोतलाई अझ विस्तार गर्ने पनि जनाएको छ ।