न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा एक जनाको मृत्यु, पाँच घाइते
न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेशनमा सोमबार साँझ गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएको एबीसी न्युजले प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
कृषिबाटै आर्थिक समृद्धि सम्भव छः मन्त्री भुषाल
नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुषाल नेपालमा कृषिबाटै समृद्धि सम्भव रहेको बताउनुभएको छ ।
विराटनगरमा शङ्कास्पद वस्तु फेला, डिस्पोज गर्ने तयारी
कोशी प्रदेशको विराटनगरमा शङ्कास्पद वस्तु फेला परेको छ । विराटनगर महानगरपालिका–३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय छेउमा प्रेसर कुकरलाई टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।
झापाको ‘फेवाताल’मा बढ्यो पर्यटकीय आकर्षण
प्राकृतिक सिमसारलाई चारैतिरबाट बाँध बाँधेर सामुदायिक वनको बीचमा निर्माण गरिएको उक्त ताललाई ‘फेवाताल’ नामकरण गरिएको छ । सामुदायिक वनको तीन सय ९० हेक्टर वन क्षेत्रमध्ये सिमसार र खाली रहेको ३२ बिघा जग्गामा पर्यटकीय क्षेत्र निर्माण भएको हो । यसमध्ये २० बिघाभन्दा बढी क्षेत्रफलमा ताल रहेको छ ।
लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफैँ सक्रिय छु: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताउनुभएको छ।
समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीलाई स्वावलम्बी बनाउन आवश्यक: राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनै पर्ने बताउनुभएको छ ।
समलिङ्गी विवाहलाई कानुनी मान्यता
बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ । बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ निवासी गुरुङ दुवै महिला हुनुहुनुहुन्छ ।
परिवर्तनकारीहरू एकै ठाउँमा गोलबन्द हुने बेला आएको छ: प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरू एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताउनुभएको छ ।
किशोर विवेक सागरद्वारा ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी
बझाङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहँदा किशोर विवेक सागर निकै चर्चामा रहनुभयो । ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेपछि उहाँ चर्चाको शिखरमा पुग्नुभएको हो ।
एउटै सडकको काम गर्न चार टुक्राको आयोजना
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीदेखि नेपाल भारतको दशगजा क्षेत्रलाई जोड्ने उर्लाबारी– आमवारी–गाईघाट– सिजुवा –भद्र चौक सडक जिल्लाको सबैभन्दा पुरानो सडक मानिन्छ । नेपाल भारत सीमाको ३८ नं. पिलर हुँदै भारतको डोरियासँग जोड्ने यो सडक निर्माण कथा जस्तै बनिसकेको छ ।
नर्सरीबाट करोडपति
तराईको शीतलहर सात डिग्रीमा झरेपछि कठ्याङ्ग्रिँदो बिहानीमा घुर ताप्न छाडेर ५७ वर्षीय नारायण श्रेष्ठ फलफूलका ग्राफ्टिङमा तल्लीन देखिनुहुन्छ । यस्तै जाँगर र उत्साहले उहाँको परिचय ‘नर्सरी म्यान’ भएको छ । यो
चक्रपथ निर्माण सुस्त
सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा निर्माण थालिएको चक्रपथको निर्माण गति सुस्त बनेको छ । सडक डिभिजन कार्यालय खुर्कोट अन्तर्गत सदरमुकामको माझीटार–पानीट्याङ्की–नुनथला–
टिङ्कर सडक निर्माणको प्रगति न्युन
नेपाली सेनामार्फत निर्माण भइरहेको दार्चुला–टिङ्कर सडक निर्माणको गति बढ्न सकेको छैन । विगतदेखि नै कछुवा गतिमा निर्माण भइरहेको यो सडक पूरा हुनेमा स्थानीयवासीले शङ्का गर्दै आक्रोश पोख्न थालेका छन् । टिङ्कर सडकमा चालु आर्थिक वर्षको छ महिनामा जम्मा ७२० मिटर नयाँ ट्र्याक खोल्ने र ४८० मिटर सडक स्तरोन्नति गर्ने काम भएको छ । व्यास गाउँपालिका–२, तुसारपानीदेखि दुम्लिङ हुँदै तम्बाकुसम्मको क्षेत्रमा सेनाले सडक निर्माण गरिरहेको छ । चालु आवमा तीन किलोमिटर नयाँ ट्र्याक निर्माण र दुई किलोमिटर सडकको स्तरोन्नति गर्ने लक्ष्य भए पनि पछिल्लो छ महिनाको निर्माण गति हेर्दा सन्तोषजनक प्रगति देखिँदैन ।
गाउँपालिका पुग्न एक दिनको यात्रा
सिगास गाउँपालिका–१ का स्थानीयवासीलाई जिल्ला सदरमुकाम पुग्न तीन घण्टा लाग्छ तर आफ्नै गाउँपालिका केन्द्र पुग्न भने एक दिन लाग्ने गरेको छ । गाउँपालिका केन्द्र जाने सडक नहुँदा सिगास गाउँपालिकाका–१ का दाब, बल्लेकाना, जुकेपानी, सुङ्रखाल, बेसरा, अङ्डेगाडा, भौनी, गोलेधार, खन्तड, विन्द्रावन, दुदिलाखान, टकरे, डोबा, माणैं, गिवाडी खोला, बजकोट, इरानालगायतका गाउँका स्थानीयलाई पालिका केन्द्रमा सेवा लिन एक दिन पैदल हिँड्नुपर्ने बाध्यता छ ।
अरुण तेस्रोको भौतिक प्रगति ७० प्रतिशत
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । बाँध निर्माण क्षेत्र, सुरुङ र विद्युत्गृहको निर्माण कार्यलाई एकमुस्ट मूल्याङ्कन गर्दा त्यस्तो प्रगति देखिएको हो ।
सुधार हुँदै टीकापुर गौशाला
टीकापुर गौशाला सुधार योजना सुरु भएको छ । गौशाला सुधार गर्न २०८० जेठ १४ गतेदेखि नगरपालिकाबाट व्यवस्थापनको जिम्मा लिएको सामुदायिक पशु चौपाया व्यवस्थापन समिति सक्रिय रहेको छ ।
आरन व्यवसाय सङ्कटमा
बाजुरामा आरन व्यवसाय सङ्कटमा परेको छ । यो व्यवसायबाट जीविका चलाउँदै आएका विश्वकर्मा समुदायको पुर्खौली पेसा आरन सङ्कटमा परेको हो । बडीमालिका नगरपालिका–७, जिल्लीका ६० वर्षीय अङ्गे लोहार २० वर्षदेखि आरन व्यवसाय गर्दै आउनुभएको छ । उहाँको २० वर्षको आरन व्यवसायको अनुभव र मेहनतको काम हेर्दा कमाइ भने निकै कम छ । लोहारले पाँच वर्षयता कैलाश आरन व्यवसाय दर्ता गरेर सञ्चालनमा ल्याएका छन् । मार्तडी–कोल्टी सडकखण्डको छेउमा आफ्नै लगानीमा आरन व्यवसाय गर्ने घरसमेत निर्माण गर्नुभएको छ । पछिल्लो समयमा व्यवसाय लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै “युवापुस्ता आरनसम्बन्धी सिप सिक्न छाडेर विदेशतिर लागे, गाउँमा बसेर पुरानो पेसा सम्हाल्ने नहुँदा आरन व्यवसाय झन् हराउँदै गएको लोहारले बताउनुभयो ।
सार्वजनिक सुनुवाइमा न्यून सहभागिता
पाल्पा जिल्लाका १० वटा स्थानीय तहले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सर्वसाधारणको सहभागिता न्यून देखिएको छ । स्थानीय तहबाट भइरहेका विकास निर्माणका काम, दैनिक सेवा तथा अन्य विविध विषयमा गुनासो सुन्नका लागि गरिएको उक्त कार्यक्रममा सर्वसाधारणको सहभागिता कमजोर देखिएको हो । यस जिल्लाका दुई नगरपालिका तानसेन, रामपुरसहित आठ पालिकाले गत आव र चालु आवको अर्धवार्षिक कार्यक्रमको सार्वजनिक सुनुवाइ गरिरहेका छन् । उक्त सुनुवाइमा जनप्रतिनिधि र कर्मचारीको मात्र बढी सहभागिता हुने गरेको रैनादेवी छहरा–४ का स्थानीय कमल घिमिरेले बताउनुभयो । पालिकाले आयोजना गरेको कार्यक्रममा सर्वसाधारण नागरिकलाई सहभागिता गराउन कन्जुस्याइँ गरिएको उहाँको भनाइ छ ।
आवधिक योजना बनाउँदै प्रदेश सरकार
लुम्बिनी प्रदेश सरकारले दोस्रो आवधिक योजना बनाउँदै छ । आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने गरी बनाउन थालिएको आवधिक योजनाको विषयमा सरोकारवालाको राय सुझाव सङ्कलन थालिएको छ । आवधिक योजनामा सबै क्षेत्रलाई समेटेर सबैले अपनत्व लिने गरी नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गर्ने भएकाले सरोकारवाला क्षेत्रबाट योजना निर्माणमा सहयोग गर्न प्रदेश योजना आयोगले आग्रह गरेको छ ।
हाटबजारमा छैन चहलपहल
रुपन्देहीको पुरानो सूर्यपुरा हाटबजारमा आर्थिक मन्दीको प्रभाव देखिएको छ । यहाँका व्यापारीले गत दुई वर्षदेखि हाटबजारमा आउने ग्राहकको सङ्ख्यामा भारी कमी आएको र त्यो क्रम अहिलेसम्म कायमै रहेको बताएका छन् । हरेक बुधबार लाग्ने उक्त हाटमा १० हजार बढी ग्राहक घरायसी सामान खरिद गर्न आउने गर्थे तर अहिले मुस्किलले दुई हजार ग्राहक आउने गरेका व्यापारी रमेश मल्लाहले बताउनुभयो । व्यापारी मल्लाहका अनुसार ग्राहक हाटबजारमा आए पनि पहिले जस्तो सामान नकिन्ने र बजार हेरेर फर्कने गरेका छन् । उता रुपन्देहीकै पुरानोमध्येकै फर्साटिकर बजारको अवस्था पनि उस्तै रहेको व्यापारीको गुनासो छ । उक्त बजारमा ग्राहकको सङ्ख्या घट्दै गएको र ग्राहक आए पनि थोरै सामान किनेर फर्किने गरेका स्थानीय व्यापारी सीता भण्डारीको गुनासो छ । जुत्ता चप्पल पसलमा एक डेढ वर्षअघिसम्म दिनमा आठ हजार रुपियाँसम्मको
सिद्धगुफा नवप्रवर्तन कार्यक्रममा छनोट
बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफा गण्डकी प्रदेश सरकारको नवप्रवर्तन कार्यक्रमका लागि छनोट भएको छ । कार्यक्रमबाट पर्यटन प्रवर्धनका भई पर्यटक बढ्ने विश्वासमा व्यवसायी उत्साहित भएका छन् । नवप्रवर्तन कार्यक्रमका लागि बन्दीपुरमा जनपर्यावरणमैत्री तथा सिद्धगुफा विकास कार्यक्रम छनोट भई सम्झौतासमेत भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय, पोखरा र बन्दीपुर गाउँपालिकाबिच सम्झौता गरिएको हो । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले अवधारणा माग गरेको थियो । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले अवधारणापत्र पेस गरेपछि दुवै पक्षबिच सम्झौता भएको हो ।
कम्प्युटर इन्जिनियरको चियापसल : उनी भन्छन्– ‘कुनै पछुतो छैन’
जनकपुरधाम, फागुन १ गते । सूचना प्रविधिको युग । त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा । यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस् त ? सोही विषयमा स्नातकोत्तर अध्ययनको तयारीमा जुटेका, रोजेखोजेको कार्यालयमा सफ्टवेयर बनाइरहेका, बहुचर्चित विधा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटीलगायत काममा नयाँ–नयाँ प्रयोग गर्न अभ्यस्त । त्यसै नभए पनि आफ्नो सीप र कला प्रयोग गरेर जीवनयापन गरिरहेका त पक्कै होलान् ! हरेकको मानसपटलमा यस्तै चित्र बन्छन् । तर धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी कम्प्युटर इन्जिनियर राजेश कर्णको दिनचर्या भने हामीले कल्पना गरेभन्दा भिन्न छ । कम्प्युटरका पाटपुर्जा र थरिथरि सफ्टवेर बनाउन किबोर्ड चलाउनुपर्ने उहाँका हात यतिखेर स्वादिलो चियाका लागि चियापत्ती,पानी र चिनी अड्कल्दै छन् । जनकपुरधाम–२ स्थित किशोरी चोकमा एउटा सानो सटरमा चियापसल सञ्चालन गरिरहेका छन् राजेशले ।घरी असरल्ल राखिएका चिया गिलास टिप्छन्, घरी चिया पकाउँछन् । सपना विश्वविद्यालयमा आर्जन गरेको कम्प्युटर शिक्षा प्रयोग गर्नेछ तर विपनामा भने यसैगरी चियाको मात्रा नापिरहनुपरेको छ उहाँले । “आफ्नै क्षेत्रमा काम गर्ने रहर त कसैलाई हुदैन र १ त्यस्तै रहर मलाई पनि थियो । तर रहरले मात्रै कहाँ हुँदोरहेछ ! त्यसैको उदाहरण हुँ म”, उहाँले भन्नुभयो । रहरले त हुँदैन तर प्रविधिको ज्ञान त छ नि ! प्रयास गरेपछि कसो नहोला रु लामो सुस्केरा हाल्दै राजेशले भन्नुभयो, “खै ! नहुँदोरहेछ । मसँग त रहर र सीप दुवै छ । प्रयास पनि कहाँ नगरेको हुँ र... !”पछाडिबाट आवाज आयो, “दाई चिया ।” कुरा छाडेर काममा लाग्नुभयो उहाँ । ग्राहकलाई चिया दिइसकेपछि छेउमै आएर सोध्नुभयो, “तपाईँहरूको नि ?” जवाफमा हामीले पत्रकार भएको बताएपछि एउटा कुर्सी तानेर बस्नै लाग्दा फेरि ग्राहक थपिए । “मेरो त काम नै यस्तै छ । सुरुका केही दिन त नरमाइलो लाग्थ्यो, अहिले भने अभ्यस्त हुँदैछु”, पाक्दै गरेको चिया चलाउँदै राजेशले भन्नुभयो, “पारिवारिक परिबन्ध र खराब समय चलेपछि जति प्रयास गर्दा पनि हुँदैन रहेछ । विज्ञानमा विश्वास गर्ने म अचेल त भाग्यमा यस्तै गर्नुरहेछ भनेर चित्त बुझाइरहेको छु ।” यसरी तुहियो सपनाजनकपुरधामस्थित एक निजी विद्यालयबाट विसं २०६६ मा पहिलो श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण राजेशले स्नातकसम्मको शिक्षा भारतमा पढ्नुभएको छ । भारतको डाएनसी कलेज बेनीपट्टी, मधुबनीबाट प्लस टु साइन्स (प्रथम श्रेणी) र हिमाञ्चल प्रदेशस्थित बद्दी युनिभर्सिटी अफ इमर्जिङ साइन्स एण्ड टेक्नोलोजीबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक (बि–टेक)सम्मको अध्ययन पूरा गर्नुभएको छ । सन् २०१८ मा स्नातकसम्मको पढाइ सकेपछि राजेशले विश्वविद्यालयकै सिफारिसमा मासिक ५२ हजार भारु पाउनेगरी चण्डिगढको एउटा कम्पनीमा काम सुरु गरिसक्नुभएको थियो । तर जनकपुरस्थित घरमा रहनुभएकी आमा ‘थ्रोट’ क्यान्सरबाट सिकिस्त भएपछि तीन महिनामै जागिर छाड्नुपरेको उहाँले सुनाउनुभयो । “स्नातक सकिएपछि काम सुरु गरिसकेको थिएँ, तर तीन महिनामै छाडेर नेपाल आउनुपर्यो । त्यसपछिको सम्पूर्ण समय आमाको उपचारमा खर्चिए । एक वर्ष त दिल्लीस्थित एम्स अस्पताल धाउँदै बित्यो । त्यसक्रममा करिब रु २५–३० लाख खर्च भयो । त्यसयता हामी सबैको योजना भताभुङ्ग भयो”, उहाँले दुःख पोख्नुभयो । हुँदाखाँदाको जागिर छाडेर नेपाल आएका राजेशको जीवनमा एक समय यस्तो आयो कि कसैले लाखौँ तलब दिन्छुभन्दा पनि काम गर्ने अवस्था रहेन । किनकि घरको काम उहाँले नै गर्नुपर्ने भयो । यहीबीचमा साढे चार वर्षअघि बुवाको मृत्यु भयो । “बुवा बितेपछि आमाको सम्पूर्ण सहारा गुम्यो, हाम्रो भरोसा । त्यसपछि आमालाई एक्लै छाड्ने अवस्था रहेन । जागिरको अवसर पाएका बेला घरायसी समस्याले घेर्यो । आमालाई ठिक भएपछि सँगै बसेर केही गर्न पाए हुन्थ्यो भनेर जनकपुरमै धेरै प्रयास गरेँ, धेरैलाई गुहारे तर जागिर पाइँएन”, उहाँले भन्नुभयो । नेपाल टेलिकमको जागिरबाट अवकाशप्राप्त बुवाको पेन्सनबाट घरव्यवहार चलाइरहेको बताउने राजेशले आफ्नो शिक्षा र ज्ञान प्रयोग गर्नुपर्छ भन्ने योजना नबनाएका पनि होइनन् तर आर्थिक अभावले पूरा गर्न सकेनन् । “जागिर पाइएन । खर्च बढ्दै गयो तर आम्दानी छैन”, एकछिन निःशब्द हुँदै उहाँले भन्नुभयो, “श्रमको मूल्य पाउने जागिर नै पाइँएन । दश–बाह्र हजारमा काम गर्न सकिएन ।”नेपालमा विकल्प नभएपछि उहाँले विदेशिने निधो गर्नुभयो । त्यसबेला स्वास्थ्य बाधक बन्यो । राजेशले दुबईमा साइबर सेक्युरिटीका क्षेत्रमा काम गर्न एउटा कम्पनीमा विभिन्न चरण पार गरेँ । तर मेडिकल परीक्षण गर्दा रगतमा सङ्क्रमण देखिएपछि त्यहाँ पनि जान पाउनुभएन । अहिले औषधि सेवन गरिरहेको उहाँले बताउनुभयो । सामान्य मध्यमवर्गीय परिवारका उहाँले ‘प्लस टु साइन्स’ आफ्नै लगानीमा पढे पनि बि–टेकचाहिँ छात्रवृत्तिमा पढ्नुभएको हो । उहाँमात्रै होइन उहाँका दाजुले पनि बायोटेक्नोलोजीमा स्नातकोत्तर (एमटेक) सम्मको अध्ययन भारतबाट र चीनबाट विद्यावारिधि गर्नुभएको छ । लकडाउनको समयमा अध्ययन सकेर नेपाल फर्किएका उहाँ पनि पारिवारिक समस्याकै कारण घरमै अल्झिरहनुपरेको भाइ राजेशले राससलाई जानकारी दिनुभयो ।आठ हजार तिर्नुपर्ने भएपछि...आमालाई क्यान्सर भयो । त्यहीबीचमा बुवा बित्नुभयो । परिवारको लय बिथोलियो, राजेश दाजुभाइको सपना र योजना । जागिरका लागि गरिएका प्रयास सफल भएनन् । भएको सीप प्रयोग गरेर केही गरौँ भन्ने सोचमा पुँजी बाधक बन्यो । “सबै प्रयास असफल भएपछि अहिले चिया पसल चलाइरहेको छु । ? एक लाख ऋण काढेर यो व्यवसाय सुरु गरेको पनि तीन महिना भयो । ठूलो चोट, सिकाइ र विवशतापछिको प्रतिफल हो”, उहाँले मलिन मुद्रामा भन्नुभयो ।यो व्यापार पनि एउटा पसलमा रु आठ हजार उधारो तिर्नुपर्दाको सकसपछि जन्मिएको हो । चियाका अम्मली राजेशले गएको दसैँ तिहारकै समयमा उधारो खाने गरेको चियापसलेलाई रु आठ हजार तीन सय तिर्नुपर्ने भयो । अनुमानभन्दा बढी पैसा तिर्नुपरेपछि त्यसै दिन चिया छोड्ने वा आफैँ चियापसल खोल्ने सङ्कल्प लिएको राजेशको कथन छ । उहाँ भन्नुहुन्छ, “त्यहीँ घटनापछि चियापसल खोल्ने निर्णयमा पुगेँ । एकातिर अरुलाई तिर्नुपर्ने चियाको पैसा जोगिने अर्कोतिर समयको सदुपयोग र दुई पैसा आम्दानी पनि हुने । त्यसपछि चियापसल सुरु गरेको हुँ ।” राजेशले पसलको नाम ‘इन्जिनियर क्याफे’ राख्ने निधो गरेर बोर्ड बनाउन दिनुभएको छ । उहाँ विभिन्न प्रकारका चिया, कफी बनाउने सोचका साथ बजार अध्ययन गरिरहेको र अब यहीँ व्यवसायलाई व्यवस्थित बनाउने योजनामा हुनुहुन्छ ।“सुरुमा पढियो एउटा गरियो अर्कै भनेर निराश हुन्थे तर अहिलेचाहिँ कुनै पछुतो छैन । देशको अवस्था, विदेशिएका युवाको पीडाका साथै पसलमा आउनेहरूले दिने प्रतिक्रियाबाट पनि उत्साहित भइरहेको छु । आगामी दिनमा के–के हुन्छ हेर्दै जाऔँ”, उहाँले भन्नुभयो । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठ पनि एउटा शिक्षित र प्राविधिक शिक्षा पढेको युवाले रोजगारी नपाउनु चिन्ताको विषय भए पनि राजेशले रोजेको बाटोबाट आम युवाका लागि प्रेरणाको ठूलो सन्देश प्रवाह भएकामा खुसी व्यक्त गर्नुभयो । “देशमा कुनै पनि क्षेत्र र मान्छे उत्साहित छैनन् । युवाहरू विदेश धाइरहेका छन् । यो भीडमा एउटा शिक्षित युवाले चियापसल खोल्ने आँट गर्नु राम्रो कुरा हो । यसबाट अरुले पनि पाठ सिक्न जरुरी छ”, उहाँले भन्नुभयो । रासस
केन्द्र विवादले सेवाग्राहीलाई सास्ती
सुर्खेतको पूर्वीउत्तर क्षेत्रको चिङ्गाड गाउँपालिकाको केन्द्र विवाद नसुल्झँदा सेवाग्राहीले दुःख भोग्दै आएका छन् । दैलेख र जाजरकोटसँग सीमा जोडिएको चिङ्गाड गाउँपालिका दुर्गम क्षेत्रमा पर्छ । भौगोलिक विकटता र घरबस्ती टाढा टाढा हुँदा पालिकाको बजेटले सडक, बिजुली जस्ता विकासका पूर्वाधार निर्माण सम्भव छैन । त्यसमा पनि पालिकाको केन्द्र विवाद छ वर्षसम्म पनि टुङ्गिन सकेको छैन ।
केन्द्रीकृत मानसिकता मुख्य चुनौती
छायाक्षेत्रस्थित छत्रेश्वरी देवी प्रख्यात धार्मिक स्थल मानिन्छ । सल्यान जिल्लाका साबिक दमाचौर, कोर्बाङझिम्पे, लेखपोखरा र छायाक्षेत्र गाउँ विकास समितिको भूगोल छत्रेश्वरी गाउँपालिका नामकरण गरिएको छ । छत्रेश्वरी गाउँपालिकाको दोस्रो कार्यकालको अध्यक्षमा निर्वाचित ओजबहादुर बुढाथोकीले शैक्षिक, सामाजिक र पूर्वाधार विकासको क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गर्दै आउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट अध्यक्षमा निर्वाचित बुढाथोकीसँग विकास निर्माण र आगामी योजनाका विषयमा कुराकानी गरिएको छ । प्रस्तुत छ, अध्यक्ष बुढाथोकीसँग गोरखापत्रका सल्यान समाचारदाता प्रतीक इच्छुक शर्माले गर्नुभएको कुराकानी–