सिमकोट–सुर्खेत परीक्षण उडान बिहीबारबाट
लामो प्रयासपछि सरकारी स्वामित्वको एयरलाइन्स नेपाल एयरलाइन्सले बिहीबार कर्णाली प्रदेशको राजधानीको सुर्खेत विमानस्थलमा हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलबाट पहिलो पटक परीक्षण उडान भर्ने भएको छ । कर्णालीका चार जिल्ला मध्य हुम्ला जिल्लाबाट सुर्खेतका लागि परीक्षण उडान भर्न लागेको हो ।
भुक्तानी नपाउँदा रोकियो पुलको काम
भेरीगङ्गा नगरपालिका–२ स्थित छिन्चु खोलामा निर्माणाधीन पक्की पुलको भुक्तानी दिने रकम नभएपछि निर्माण ठप्प भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार छिन्चु खोलामा ९० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउन थालिएको छ । सडक डिभिजन कार्यालयले २०७९ साल फागुन १५ गते १७ करोड ७२ लाख रुपियाँमा अञ्जना वाइएसएस जेभी काठमाडौँसँग पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।
एउटै सडकमा चारटुक्रे आयोजना
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीदेखि नेपाल–भारतको दसगजा क्षेत्रलाई जोड्ने उर्लाबारी–आमबारी–गाईघाट– सिजुवा–भद्रचोक सडक जिल्लाको सबैभन्दा पुरानो सडक मानिन्छ ।
दुनाटपरी गाँस्न सिकाइँदै
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५ को यमुनानन्द नमुना माध्यमिक विद्यालयका विद्यार्थी यतिबेला परम्परागत दुनाटपरी बनाउने सिप सिक्न व्यस्त छन् । विद्यालयले पराम्परागत सिपलाई पुस्तान्तरण गर्न र संस्कारका रूपमा विकास गर्न दुनाटपरी बनाउन सिकाउन थालेको हो । विद्यालयका प्रधानाध्यापक कमप्रसाद देवकोटाले व्यावहारिक रूपमा सिप सिकाउनका लागि दुनाटपरी बनाउने सिप सिकाउन थालिएको बताउनुभयो ।
उपराष्ट्रपति यादवद्वारा वसन्त पञ्चमीको शुभकामना
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वसन्त पञ्चमीको शुभकामना दिनुभएको छ । हरेक वर्षको माघ शुक्ल पञ्चमी तिथिमा मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८० को शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना दिनुभएको हो ।
करोडौँका सवारीसाधन पत्रु
सबै जसो प्रहरी कार्यालयमा वर्षौंदेखि सवारीसाधन असरल्ल देखिन्छन् । न सवारीधनीले दाबी नै गर्न आउँछन् न त प्रहरीले उचित व्यवस्थापन नै गर्न सकेको छ । प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालय परिसरमा दशकौँदेखि बेवारिसे बनेका सवारीसाधनले प्रहरी कार्यालयको सौन्दर्यमा मात्र होइन अनावश्यक रूपमा जग्गा ओगट्दा कार्यसम्पादनमा समेत समस्या ल्याउने गरेको देखिन्छ । विभिन्न समयमा फेला परेका
कावासोती आइपुगे मिटरब्याजपीडित
न्यायको माग गर्दै पैदल मार्चपास सुरु गरेका मिटरब्याजपीडितको एउटा टोली १५ औँ दिनमा गए राति कञ्चनपुरको महेन्द्रनगरबाट नवलपुरको सदरमुकाम कावासोती आइपुगेको छ । पूर्वको काँकडभिट्टाबाट पैदल यात्रा सुरु गरेको अर्को टोली भने १५ औँ दिनमै मकवानपुरको हेटौँडा आइपुगेको छ ।
आजको मौसम : हल्का वर्षाको सम्भावना
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिउँदे धान लगाउने चटारो
पूर्वी नवलपरासीमा हिउँदे (चैते) धान रोपाइँ सुरु भएको छ । नवलपुरमा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले हिउँदे (चैते) धान लगाउन व्यस्त रहेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये हुप्सेकोट गाउँपालिकाबाहेक अन्यमा हिउँदे धान गरिँदै आएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । जिल्लाको कावासोती नगरपालिका–८ देखि १७, गैँडाकोट–१०, ११, १२ र १३, देवचुली–१७, मध्यबिन्दु नगरपालिका–२ र ३, विनयीत्रिवेणी गाउँपालिका–१ र ५, बुलिङटार गाउँपालिका–३ र बौदीकाली गाउँपालिका–४ मा हिउँदे धान खेती हुने गरेको छ । चैते धान हुने क्षेत्रका किसानलाई अहिले अर्मपर्म गरेर एकले अर्कालाई सघाउँदै चैते धान लगाउने चटारो रहेको छ ।
घोराही–कमिरेचौर सडक जीर्ण
सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका कारण करिब ३४ करोड रुपियाँ खर्च गरेर कालोपत्रे गरिएको घोराही–कमिरेचौर सडक जीर्ण बनेपछि पुनः सडक धुलाम्मे भई खाल्टाखुल्टीमा परिणत भएको छ । घोराही–मुर्कटी–प्युठान सडक अन्तर्गत घोराही उपमहानगरपालिकाको नवलपुर सिस्नेखोलादेखि बङ्गलाचुली गाउँपालिकाको तापा–कमिरेचौरसम्मको करिब १७ किलोमिटर सडक जीर्ण बनेको छ । सडक डिभिजन कार्यालय दाङमार्फत लुम्बिनी जलजला जेभीले करिब छ वर्षभित्र सडक निर्माण सक्ने गरी ३४ करोड १६ लाख ७७ हजार रुपियाँ बजेटमा २०७२ साल असारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले दुई वर्षअघि गरेको कालोपत्रे अहिले भेट्टाउनै मुस्किल पर्ने अवस्थामा पुगेको स्थानीय छविलाल पाण्डेयले बताउनुभयो । निर्माण कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा उक्त सडक कालोपत्रे गरेको थियो ।
भ्रष्टाचारविरुद्धको लडाइँ
दुःख, सङ्घर्ष, उद्यमशीलता र पौरख गरेर कमाएको धनले मानिसमा आत्मगौरव बढाउँछ तर भ्रष्टाचार, अनियमितता र ठगी गरेर गरेर कमाएको धनले उसमा अस्वाभाविक खालको घमण्ड र अभिमान बढाउँछ । अहिलेको नेपाली समाजको तस्बिर अस्वाभाविक खालको घमण्ड र अभिमानतिर जाँदै गरेको देखिन्छ । त्यसैले सुख र समृद्धिको पूर्वसर्त भ्रष्टाचारको अन्त्य नै हो । भ्रष्टाचारको दाग नहटुञ्जेल मुलुकको मुहार सफा हुन सक्दैन । उद्यमशीलता र नवप्रवर्तनमा पछाडि पर्नु, स्वच्छ व्यावसायिक वातावरणको अभाव खट्किनु, विकासको गति धिमा हुनु, पूर्वाधारमा गरिएका लगानी बालुवामा पानी बगे जस्तै हुनु, प्रशासन सञ्चालनको लागत अत्यधिक बढ्नु तर जनताले पाउनुपर्ने आधारभूत सेवासमेत सहज हुन नसकी तजविजी अधिकार, भनसुन, पक्षपात, विभेद र अन्यायले राज गर्नुको पछाडि भ्रष्टाचार नै हो । यस प्रकारका प्रवृत्ति मुलुक र भावी पुस्ताका लागि निकै घातक छ । समृद्धिको यात्रामा बाधक छ ।
बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रबाट हुने आम्दानी स्थानीय विकासमा लगाउन माग
बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटीलगायतबाट हुने आम्दानीको आधा हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्रदान गर्न माग गरिइएको छ ।
वित्तीय समावेशीकरणमा पहुँच
व्यक्तिको मात्र होइन, मुलुकको विकास गर्न वित्त आवश्यक हुन्छ । वित्तीय क्षेत्रको विकास, विस्तार र व्यवस्थापनले मुलुकको आर्थिक समृद्धिमा टेवा पु¥याउँछ । नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि त हरेक क्षेत्रमा अगाडि बढ्नका लागि वित्तीय सेवाको पहुँच विस्तार हुन जरुरी छ । सबै वर्ग र समुदायका मानिसलाई औपचारिक रूपमा वित्तीय सेवाको पहुँच पुग्नु वित्तीय समावेशीकरण हो । आर्थिक, सामाजिक र भौगोलिक रूपले पछाडि परेका मानिसलाई लक्षित गरेर वित्तीय सेवाको सञ्जाल सहज रूपमा विस्तार गर्ने कार्यमा यसले सहयोग पु¥याउँछ । यसबाट समाजका विपन्न एवं सीमान्तकृत वर्गका मानिसलाई
विदेशबाट फर्केका उद्यमीलाई सम्मान गरिने
सरकारले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय गर्दै आएका युवा उद्यमीलाई पुरस्कारका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचनामार्फत वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यमी बन्न सफल युवाको सम्मानका लागि आवेदन माग गरेको हो ।
जडीबुटी निकासी छत्तिस प्रतिशतले वृद्धि
पश्चिम नेपालको सबैभन्दा ठुलो नाकाका रूपमा रहेको नेपालगन्ज नाकाबाट गत केही वर्षदेखि घट्दै गएको जडीबुटी निकासी चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनामा उल्लेख्य रूपमा वृद्धि भएको छ । नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार गत आव २०७९/८० को छ महिनाको तुलनामा चालु आवको छ महिनामा जडीबुटी निकासी ३६ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।
लुम्बिनी प्रथम बन्यो रुरुक्षेत्र गाउँपालिका
यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरि १२ स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९३.२५ प्रतिशत अङ्क प्राप्त गरेको यस गाउँपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा हालसम्म लुम्बिनी प्रदेशमा पहिलो र देशभरमा चौंथो भएको छ ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. सङ्गीत क्षेत्रको विश्वकै प्रतिष्ठित ग्रामी अवार्डमा लगातार चार पटकसम्म ‘एल्बम अफ दी इयर’ अवार्ड हात पार्न सफल गायिका को हुन् ? अमेरिकी गायिका टेलर स्विफ्ट – लगातार यो अवार्ड पाउने उनी पहिलो व्यक्ति बनेकी छन् । – सन् २०२४ को ६६ औँ ग्रामी अवार्ड हो । – एल्बम अफ दी इयर : मिडनाइटस् (टेलर स्विफ्ट)
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
– सङ्घ तथा प्रदेश सरकारबाट हस्तान्तरण भई प्राप्त हुने राजस्व बाँडफाँट, रोयल्टी, तथा अनुदान तथा आफ्नै आन्तरिक स्रोतसमेतलाई प्राथमिकताप्राप्त क्षेत्रमा लगाई प्रतिफल प्राप्त गर्न विकासको आवधिक योजना तयार गरी कार्यान्वयन गर्ने, – आवधिक योजनालाई वार्षिक बजेटसँग आबद्ध गर्न मध्यमकालीन खर्च संरचना तयार गरी कार्यान्वयन गर्ने, – आवधिक योजनाले निर्देश गरेबमोजिम वार्षिक नीति कार्यक्रम तथा बजेट तर्जुमा गरी कार्यान्वयन गर्ने, – स्थानीय राजस्व असुलीमा सुधार गर्न राजस्व परामर्श समिति गठन गरी परामर्श लिन सक्ने । अधिकार उपयोगको अवस्था – स्थानीय राजस्व परिचालन गर्न आर्थिक ऐन तर्जुमा हुने गरेको छ । स्थानीय तहपिच्छे राजस्वका दर र दायराहरू फरक फरक छन् । सीमित स्थानीय तहबाहेक अधिकांश स्थानीय तहहरू आफ्नो आन्तरिक स्रोतबाट प्रशासनिक खर्च धान्न सक्ने अवस्थामा छैनन् । – स्थानीय राजस्व असुलीमा सुधार गर्न राजस्वका सम्भावना अध्ययन तथा सुधारका कार्ययोजना निर्माण भए पनि कार्यान्वयन गरी राजस्व असुलीमा उल्लेखनीय सुधार गरेका स्थानीय तहहरू न्यून छन् । – अधिकांश स्थानीय तहमा राजस्व प्रशासन प्रभावकारी हुन नसक्दा राजस्व चुहावट न्यूनीकरण हुन सकेको छैन । – ढुङ्गा, गिटी, बालुवा, माटो जस्ता वस्तुको उत्खनन, सङ्कलन र बिक्री गर्नेसम्बन्धी सङ्घ र प्रदेशका कानुन बाझिएका तथा स्थानीय तहका समेत कानुन निर्माण नहुँदा स्थानीय तहको अधिकार कार्यान्वयनमा जटिलता देखिएको छ । – अधिकांश स्थानीय तहहरूले समयमै बजेट पारित गरी कार्यान्वयन गर्दै आएका छन् भने केही स्थानीय तहहरूले निर्धारित समयसीमाभित्र बजेट पारित गर्नसमेत असफल भएका छन् । – योजना र प्राविधिक कामको जिम्मा लिने शाखाहरू व्यवस्थित नहुने, योग्य र सक्षम जनशक्तिको अभाव, राजनीतिक तहबाट अपनत्वको कमी जस्ता कारणबाट आवधिक योजना र मध्यमकालीन खर्च संरचनाको कार्यान्वयन अवस्था फितलो देखिएको छ । – वार्षिक योजना तथा कार्यक्रम छनोटमा प्राविधिक पक्षभन्दा राजनीतिक पक्ष हाबी छ । आयोजनाको लाभ लागत विश्लेषण तथा सम्भाव्यता अध्ययन नगरी छनोट गर्ने, स–साना आयोजनामा बजेट छर्ने प्रवृत्ति कायमै छ । – आन्तरिक ऋण लिने सम्बन्धमा प्रक्रियागत विषयहरू यकिन नहुँदा सोसम्बन्धी अधिकारको उपयोग हुन सकेको छैन । सीमित स्थानीय तहहरूले नगर विकास कोषबाट ऋण लिई परियोजना सञ्चालन गरेका उदाहरणहरू छन् । प्रभावकारिताका लागि सुझाव – स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरूको क्षमता विकास गर्ने, – बाझिएका कानुनहरू संशोधन एवं परिमार्जन गरी स्पष्टता ल्याउने, – सङ्घीय र प्रादेशिक कानुनसँग नबाझिने गरी नमुना कानुन तर्जुमा गरी स्थानीय तहहरूलाई उपलब्ध गराउने, – स्थानीय तहका विषयगत समिति र विषयगत शाखाहरूलाई व्यवस्थित गरी तिनीहरूको भूमिकालाई प्रभावकारी बनाउने, – स्थानीय तहमा आयोजना बैङ्क स्थापना गरी आयोजना अनुशासन कायम गर्ने, – स्थानीय जनप्रतिनिधिलाई प्राप्त अधिकारको
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
पाल्पा दुर्घटना अपडेट: मृतकको सङ्ख्या १० पुग्यो, १६ जना घाइते (विवरणसहित)
पाल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । आठ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
समन्वयको अभावले नौ वटा जलविद्युत् आयोजना सङ्कटमा
सरकारको एउटा निकायले रोयल्टी बुझेर आयोजना विकासका लागि अध्ययन अनुमति दिने तर अर्को निकायले अध्ययन गर्नै नदिने अवस्थाले ४६१ मेगावाट क्षमताका नौ जलविद्युत् आयोजनाको अनुमतिपत्र नै खारेज हुने अवस्थामा पुग्दा ऊर्जा उद्यमीहरू समस्यामा परेका छन् ।
क्रिकेटमा कीर्तिमानी रुबिना
नेपाली महिला क्रिकेटमा प्रमुख योगदान दिने खेलाडीको नाम लिँदा सबैभन्दा अगाडि आउने नाम हो– रुबिना क्षेत्री बेल्बासे । रुबिनाले १४ वर्षदेखि निरन्तर राष्ट्रिय महिला क्रिकेट टिममा रहेर सेवा गरिरहनुभएको छ । उहाँले ११ वर्ष त राष्ट्रिय टिमको नेतृत्व नै गर्नुभयो । रुबिनाले उमेर समूहमा पनि नेपालको नेतृत्व गर्नुभएको छ । यसै वर्ष मात्र उहाँलाई महिला क्रिकेट टिमका कप्तानमा इन्दु वर्माले स्थानापन्न गर्नुभएको हो ।
मानुङकोटको खानेपानी समस्या समाधान हुँदै
तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको पर्यटकीयस्थल मानुङकोटमा पानीको चरम अभाव थियो । सङ्घीय सरकारबाट चालु वर्षमा रु दुई करोड बजेट विनियोजन भएपछि यस स्थानमा पानी ल्याउन ट्याङ्की निर्माण हुन थालेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा