कोरिया-नेपाल मोडेल डेरी भिलेज उद्घाटन, होलिस्टाइन जातको बाच्छी हस्तान्तरण
सिन्धुलीको कमलामाई नगरपालिका-५ मा कोरिया-नेपाल मोडेल डेरी भिलेजको उद्घाटन गरिएको छ । नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेल र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले संयुक्तरुपमा उक्त भिलेजको आज उदघाटन गर्नुभयो ।
रुविनाको अलराउन्ड प्रदर्शनमा नेपालको कीर्तिमानी जित
पूर्व कप्तान रुविना क्षेत्रीको अलराउन्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा मालदिभ्समाथि नेपालले कीर्तिमानी जित निकालेको छ । समूह ‘डी’ अन्तर्गत अन्तिम खेलमा मालदिभ्सलाई दुई सय २४ रनले हरायो ।
चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक
नेपाली चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक भएको छ । मङ्गलबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो ।
दक्ष जनशक्ति उत्पादन गर्न नयाँ विश्वविद्यालय : राज्यमन्त्री कुमारी
शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले दक्ष, सिर्जनशील, उद्यमशील तथा प्रतिस्पर्धी मानव स्रोत उत्पादन गर्न उत्कृष्ट प्राज्ञिक केन्द्र आवश्यक भएकाले नयाँ विश्वविद्यालय स्थापना गर्न लागेको बताउनुभएको छ ।
‘स्वास्थ्य बीमा महानगरवासीलाई उपहार दिए बराबर हो’
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य बीमा महानगरवासीका लागि उपहार दिए बराबर भएको बताउनुभएको छ ।
'नाँ गाउँमा' सोलार प्लान्टमार्फत् विद्युत सेवा
दोलखाको गौरीशङ्कर गाउँपालिका-९ को भौगोलिक विकट 'नाँ गाउँमा' सोलार प्लान्टमार्फत् विद्युत सेवा पुगेको छ । जिल्लाको अति दुर्गम गाउँको रूपमा चिनिने नाँ उपत्यकामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले वर्ष विद्युत् सेवा पुर्याएको हो ।
सिँचाइको व्यवस्था भएपछि किसान हर्षित
सिँचाइका लागि मोटरपम्पको व्यवस्था भएपछि आकासे पानीको भरमा खेती गर्दै आएका रौतहटका एक दर्जनभन्दा बढी साना किसान हर्षित भएका छन् ।
नाइजेरियामा ३०७ जना अपहरणकारी पक्राउ
नाइजेरियाली प्रहरीले राजधानी अबुजाका विभिन्न ठाउँमा गरेको पछिल्लो छापामार कारबाहीका क्रममा ३०७ जना संदिग्ध अपहरणकारीलाई पक्राउ गरेको छ ।
किसानको आन्दोलनलाई लिएर भारतमा सुरक्षा व्यवस्था कडा
दिल्ली प्रहरीले किसानहरूको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारेको छ । सोमबारदेखि पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन निषेध गर्ने आदेश जारी गरिएको छ।
माओवादी युद्धका सहयात्रीलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको अपिल
नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गर्नुभएको छ ।
दुई वर्षभित्र धनीपुर्जा वितरण गरिसक्ने दमकको लक्ष्य
झापाको दमक नगरपालिकाले भूमिसम्बन्धी समस्या आगामी दुई वर्षभित्रमा टुङ्गोमा पुर्याएर जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने तयारी गरेको छ । दमकका १० वटा वडामा भूमिसम्बन्धी समस्या रहेका परिवारको सङ्ख्या छ हजार बढी रहेको छ ।
विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउँदै विद्यालय
सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई जीवन उपयोगी सीप दिन थालिएको छ । सुनसरीको वराहक्षेत्र १० प्रकाशपुरमा रहेको श्री प्रकाश मावि प्रकाशपुरले विद्यार्थीहरूलाई दुना, टपरी बनाउने सीप दिन थालेको हो ।
नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध मुद्दा दायर
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै पोखरास्थित श्रीराम प्राथमिक विद्यालयमा कार्यरत शिक्षकमाथि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।
सन्दर्भ विश्व रेडियो दिवस : दुर्गम बस्तीमा रेडियोको लोकप्रियता उस्तै
सञ्चार क्षेत्रमा ठुलो परिवर्तन आएको छ । बिहान चियाको चुस्कीसँगै पत्रिका पढ्ने पुस्तादेखि अहिले बिहान ओछ्यानबाट आँखा खोल्ना साथ सामाजिक सञ्जालमा रमाइरहेका छन् युवा पुस्ता । हिजो सूचना प्राप्त गर्न पत्रिका, रेडियो र टेलिभिजन भएका घरमा गएर कहाँ के भइरहेको छ समाचारबाट थाहा हुन्थ्यो । सूचनाको स्रोत पनि यी नै हुन्थ्यो । तर अहिले प्रत्येक व्यक्तिसँग सञ्चारको साधन छ ।
प्रथम लालबन्दी महोत्सव हुँदै
उद्योग वाणिज्य सङ्घ लालबन्दीले फागुन १० गतेदेखि १९ गतेसम्म प्रथम लालबन्दी महोत्सव आयोजना गर्ने भएको छ ।
समावेशी राज्यको चरित्रलाई सरकारी निकायले अनुसरण गर्नुपर्छ : सञ्चार सचिव सुवेदी
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् रेडियो प्रचार सेवा विकास समितिका अध्यक्ष रामकृष्ण सुवेदीले समावेशी राज्यको चरित्रलाई सरकारी निकायले पनि अनुसरण गर्नुपर्ने बताउनुभएको छ ।
आजको दिन ऐतिहासिक जनयुद्ध दिवस हो : गृहमन्त्री श्रेष्ठ
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवसका रूपमा मनाइने बताउनुभएको छ ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कोहलपुरलाई
१५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधि कोहलपुर नगरपालिकाले हात पारेको छ ।
ट्राफिक व्यवस्थापनका लागि त्रिपक्षीय सहकार्य
नेपालगञ्ज उप-महानगरपालिकाभित्र ट्राफिक व्यवस्थापनका लागि स्थानीय तह, प्रहरी र उद्योग वाणिज्य सङ्घ मिलेर सामुहिक पहल अघि बढाएका छन्।
१३ वर्षपछि सामूहिक जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
सामूहिक जबरजस्ती करणी मुद्दाका फरार एक प्रतिवादीलाई १३ वर्षपछि इलाका प्रहरी कार्यालय धरानले पक्राउ परेको छ ।
एक महिनाभित्रमा हेटौँडा ४०० केभी सब-स्टेसन निर्माण सकिने
देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा निर्माणाधीन सब-स्टेसनको काम अन्तिम चरणमा पुगेको छ ।
जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्ने बताउनुभएको छ ।
फापरथुममा बृहत् साहित्य सम्मेलन
आधीँखोला गाउँपालिका-५ फापरथुममा बृहत् साहित्य सम्मेलन गरिएको छ । आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानले यहाँ दुई दिने बृहत् साहित्य सम्मेलन गरेको हो ।
पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट
बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट राखिएको छ । पञ्चकोटलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना अनुसार उक्त महाघण्ट राखिएको हो ।