• १२ साउन २०८१, शनिबार

माओवादी केन्द्रको प्रथम विधान अधिवेशन सुरु, २० समूहमा छलफल

blog

मङ्गलबारबाट सुरु भएको नेकपा (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशन । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, फागुन १ गते । नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन सुरु भएको छ । पार्टीअध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अधिवेशनको उद्घाटन गर्नुभयो ।

पार्टी महासचिव देवप्रसाद गुरुङले २० वटा समूहमा विभाजन गरेर प्रस्तावित विधानमाथि छलफल गरिने बताउनुभयो । सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना रहनेछन् । बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्नुपर्नेछ ।

तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरुप दिइनेछ ।