• १२ साउन २०८१, शनिबार

चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक

blog

काठमाडौं, फागुन १ गते । नेपाली चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक भएको छ । मङ्गलबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो ।

सार्वजनिक कार्यक्रममा बोल्नुहुँदै अभिनेता नबल खड्काले चलचित्र काँडेतारको प्रचारप्रसार गर्दै जाँदा जनकपुरमा प्रमुख जिल्ला अधिकारीले सिनेमा घर सञ्चालकहरूलाई चलचित्र नदेखाउन निर्देशन नै दिएको बताउनुभयो ।

उहाँले वीरगञ्जमा त्रिमूर्ति सिनेमा घरका मालिकले भारतविरोधी चलचित्र रहेछ नदेखाउनू भन्ने आदेश दिएर सो रोक्न लगाएको आरोप लगाउनुभयो । उहाँले सरकारले सेन्सर गरेर चलचित्र देखाउन अनुमति दिइसकेपछि केही व्यवसायी र व्यक्तिहरूले चलचित्र प्रदर्शन रोक्न खाज्ला कानुन आकर्षित हुन्छ कि हुँदैन ? भन्दै प्रश्न गर्नुभयो । यस चलचित्रमा चलचित्र विकास बोर्डको सहकार्य रहेकाले सबै ठाउँमा चल्न दिनुपर्ने बताउनुभयो ।

अभिनेता खड्काले चलचित्र काँडेतारसँग अन्य चलचित्र जुधाइरहँदा विकास बोर्ड किन मौन रहेको भन्दै प्रश्न गर्नुभयो । अभिनेता नबल खड्काकै निर्देशन एवम् शिवम् अधिकारी र नबल खड्काको लेखन रहेको काँडेतार सामना फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण गरिएको हो ।

काँडेतारमा नबल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश  गिरी र बाल कलाकारमा नादिया खड्का र सनया खड्का लगायतको अभिनय छ ।

नबल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्र काँडेतारको कार्यकारी निर्माता सत्यकला राई हुन् । राष्ट्रवादी, चेतनामूलक एवम् ऐतिहासिक विषयवस्तुका चलचित्रहरू निर्माण गरी नेपाली चलचित्र क्षेत्रमा अलग पहिचान बनाएका नायक एवं निर्माता खड्काको काँडेतार राष्ट्रवादी धाराको एक सशक्त चलचित्रको रूपमा लिइएको छ । चलचित्र फागुन २५ गते देशभरका सिनेमा घरमा प्रदर्शन हुनेछ ।