• १२ साउन २०८१, शनिबार

किसानको आन्दोलनलाई लिएर भारतमा सुरक्षा व्यवस्था कडा

blog

नयाँदिल्ली, फागुन १ गते । दिल्ली प्रहरीले किसानहरूको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारेको छ । सोमबारदेखि पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन निषेध गर्ने आदेश जारी गरिएको छ।

दिल्ली वरपरको अन्तर–राज्य सिमानाहरूमा भारी सुरक्षा तैनाथी गरिएको छ सयौँ किसानहरू यी प्रवेश र निकास बिन्दुहरूमा चिसो जाडोको सामना गर्दै सडकहरूमा धर्नामा बसिरहेका देखिन्छन् ।

किसानले आफ्नो बालीको न्यूनतम समर्थन मूल्य वृद्धि, किसान र कृषि मजदुरलाई पेन्सन, कृषि ऋण माफी, विगतका आन्दोलनमा  लागेका प्रहरी मुद्दा फिर्ता गर्नुपर्नेलगायतका विभिन्न माग राखेका छन् ।

उनीहरूले विभिन्न राज्यका करिब २०० किसान सङ्घले मङ्गलबार दिल्लीमा आयोजना गरिने विरोध प्रदर्शनमा भाग लिने  बताएका छन् । यसैबिच किसान युनियन र सङ्घीय मन्त्रीहरूको समूहबिच समस्या समाधानका लागि वार्ता सुरु भएको बताइएको छ । रासस/सिन्ह