• १२ साउन २०८१, शनिबार

सिँचाइको व्यवस्था भएपछि किसान हर्षित

blog

जडान गरिएको भूमिगत पानी तान्ने मोटरपम्पले सिँचाई हुँदै । तस्बिर : यादवराज पुरी

यादवराज पुरी
रौतहट, फागुन १ गते ।
 सिँचाइका लागि मोटरपम्पको व्यवस्था भएपछि आकासे पानीको भरमा खेती गर्दै आएका रौतहटका एक दर्जनभन्दा बढी साना किसान हर्षित भएका छन् ।

कतार च्यारेटीको सहकार्य र ग्रामीण विकाश केन्द्र नेपालद्वारा सञ्चालित ‘नेपाल एकीकृत विकास कार्यक्रम’अन्तर्गत गौर नगरपालिकासहित दुर्गा भगवती र यमुनामाई गाउँपालिकाका १३ जना किसानलाई सो सुविधा उपलब्ध गराइएको हो ।

“विपन्न साना किसानको समूह बनाइ अत्याधुनिक सुविधासहितको भूमिगत पानी तान्ने मोटरपम्प जडान भएपछि किसानले अब व्यवसायिकरुपमा तरकारी र अन्य खेती गरी जीवनस्तर उकास्ने छन् । जडान भएका एउटा पम्पबाट दश बिघाभन्दा बढी खेतमा सिँचाई सुविधा पुग्ने छ । किसान खुसी भएका छन् ।” कार्यक्रम प्रबन्धक बालकृष्ण झाले बताउनुभयो ।

वर्षात नभएको बेला अति खर्चिलो सिँचाइको समस्या भोग्दै आएका किसान सस्तो र सुलभ सिँचाई सुविधा उपलब्ध भएपछि खुसी लागेको यमुनामाइ गाउँ पालिकाका तरकारी उत्पादक कृषक हरदेव यादवले बताउनुभयो । उहाँकाअनुसार समूह तयार गरी जडान गरिएको सिँचाइले समूहमा रहेका सबै किसानका उत्पादनमा वृद्धि भई आम्दानी बढ्ने छ ।