• १२ साउन २०८१, शनिबार

नाइजेरियामा ३०७ जना अपहरणकारी पक्राउ

blog

अबुजा, फागुन १ गते । नाइजेरियाली प्रहरीले राजधानी अबुजाका विभिन्न ठाउँमा गरेको पछिल्लो छापामार कारबाहीका क्रममा ३०७ जना सन्दिग्ध अपहरणकारीलाई पक्राउ गरेको छ ।

सङ्घीय राजधानी क्षेत्रका प्रहरी प्रमुख बेनेथ इग्वेहले पत्रकार सम्मेलनमा दिएको जनाकारी अनुसार खोजतलास अबुजाको देई–देई–जुबा अक्षको क्षेत्र गिदान डाम्बेमा गरिएको थियो । त्यस क्षेत्रमा छिमेकी नाइजरबाट शङ्कास्पद रूपमा अपहरणकारीहरूको बसोबास रहेको बताइएको छ ।

‘त्यस क्षेत्रमा छापा मार्दा २९३ पुरुष र १४ महिला सन्दिग्ध अपरहणकारीहरूलाई पक्राउ गरिएको,’ इग्वेहले  बताउनुभएको छ ।

सन्दिग्धहरूबाट हातहतियार र अन्य खरखजाना बरामद भएको बताइएको छ । प्रहरीले छापा मार्दा उनीहरूको साथबाट अवैध लागूऔषध तथा आपराधिक कार्यमा प्रयोग हुने मोटरसाइकल समेत फेला परेको छ। सन्दिग्ध व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको छ । रासस/सिन्ह्वा