नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सम्झौता
नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता भएको छ ।
नेपाल सन् २०४० सम्म विकसित देशको स्तरमा पुग्छ : डा बाबुराम भट्टराई
नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाल सन् २०४० सम्म विकसित देशको स्तरमा पुग्ने बताउनु भएको छ ।
पाथीभरा केबलकार निर्माण कामलाई अघि बढाइने
ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको पाथीभरा केबलकारको कामलाई अघि बढाइने भएको छ । जिल्ला समन्वय समिति ताप्लेजुङको समन्वयमा सोमबार बसेको सर्वपक्षीय बैठकले केबलकार निर्माणको कामलाई अघि बढाउने निर्णय गरेको हो ।
महालक्ष्मीखोला–मातातीर्थ–सतुङ्गल सडक बन्द
मकवानपुर भएर काठमाडौँ जोड्ने छोटो दूरीको कुलेखानी–महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल स्तरोन्नतिका लागि मंगलबारदेखि बन्द हुने भएको छ ।
सम्पदा संरक्षणमा सञ्चारकर्मी जागरूक हुनुपर्ने
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले स्थानीय सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
राजस्व र खर्चको अनुमान घटाइयो
सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै राजस्व र खर्चको अनुमान घटाएको छ । चालू आर्थिक वर्षका लागि सुरुवाती विनियोजित बजेटको ८७ दशमलव ३८ प्रतिशत अर्थात् १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख खर्च गर्ने गरी संशोधित अनुमान गरिएको छ ।
सुदूरपश्चिम र गण्डकी प्रदेश विजयी
बाँकेको कोहलपुरमा सञ्चालन भइरहेको सुशील कोइराला मेमोरियल यु-१९ महिला क्रिकेट राष्ट्रिय प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् ।
न्यायाधीश आचार्यको मुगु सरुवा
बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा अनियमितता प्रकरणमा दुई दिनभित्रमा अनुसन्धान पूरा व्यवसायी अरुणकुमार चौधरीलगायतलाई हाजिरी जमानतमा छाड्न आदेश गर्ने जिल्ला अदालत काठमाडौँका न्यायाधीश यज्ञप्रसाद आचार्य मुगु सरुवा भएको छ ।
जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी पक्राउ
इलाका प्रहरी कार्यालय कोहलपुरले शारीरिक अपाङ्गता भएकी महिलालाई जबरजस्तीकरणी गरी फरार भएका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
नेपालमा अझै २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि
नेपालमा २० प्रतिशतभन्दा बढी जनसङ्ख्या अझै पनि गरिबीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार काठमाडौँमा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/०८०) नेपालमा अझै पनि २०.२७ प्रतिशत मानिसहरू गरिबीको रेखामुनि रहेको उल्लेख गरिएको हो ।
कांग्रेस आर्थिक उपसमितिमा संयोजक र सदस्य चयन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन ७ गते प्रारम्भ हुने पार्टी महासमितिको बैठक तयारीका लागि आर्थिक उपसमितिमा संयोजक र सदस्यहरू चयन गर्नुभएको छ ।
चार जना स्रष्टा सम्मानित
समथिङ फाउण्डेसनले चार जना साहित्यकारलाई सम्मान सहित पुरस्कृत गरेको छ । पुरस्कृत हुनुहुनेमा साहित्यकारद्वय मोहन दुवाल र प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई हुनुहुन्छ ।
सरकारलाई राष्ट्रिय सतर्कता केन्द्रको १८ बुँदे सुझाव
सरकारलाई राष्ट्रिय सतर्कता केन्द्रले भ्रष्टाचार नियन्त्रण एवम् सुशासन कायमका लागि १८ बुँदे सुझाव पेस गरेको छ ।
खेलाडीका लागि देशमै राम्रो वातावरण बनाउनुपर्छ : ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीका लागि स्वदेशमै राम्रो वातावरण बनाउन सके विदेश पलायन हुनबाट रोक्न सकिने बताउनुभएको छ ।
माओवादी केन्द्रले सहरी क्षेत्र र तराई-मधेशमा विशेष अभियान सञ्चालन गर्ने
नेकपा (माओवादी केन्द्र) ले सहरी क्षेत्र र तराई-मधेशमा विशेष अभियान सञ्चालन गर्ने भएको छ । साङ्गठनिक संरचना कमजोर भएको भन्दै माओवादी केन्द्रले उक्त अभियान सञ्चालन गर्न लागेको हो ।
त्रिविको उपकुलपति छनौटको प्रक्रिया कानुनसम्मत छ : शिक्षा राज्यमन्त्री
शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको प्रक्रिया कानुनसम्मत रहेको बताउनुभएको छ ।
भ्यालेन्टाइन ‘डे’ लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ
भ्यालेन्टाइन ‘डे’ अर्थात् प्रेम दिवस लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ भएका छन् । १८ औँ संस्करणको फुड फेष्टिवलसँगै आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका हुन् ।
पौडीमा नासिर र गौरीकाद्वारा कीर्तिमान भङ्ग
नासिर याहा हुसेन र गौरीका सिंहले कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा पुरानो कीर्तिमान भङ्ग गर्नुभएको छ ।
सन् २०२३ मा युरोपतर्फ हुने रुसी निर्यातमा दुई तिहाइले कमी
युरोपेली सङ्घ (इयू) ले रुसी तेल तथा ग्यासको खरिदमा भारी कटौती गरेपछि सन् २०२३ मा युरोपमा हुने रुसी निर्यातमा दुई तिहाइभन्दा बढीले गिरावट आएको रुसको भन्सार कार्यालयले सोमबार जनाएको छ ।
सीमामा हुने अवैध ओसारपसारलाई नियन्त्रण गर्न अर्थमन्त्री महतको निर्देशन
सङ्घीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व सङ्कलन लक्ष्य पुरा गर्न सीमा क्षेत्रमा हुने अवैध ओसारपसारलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न निर्देशन दिनुभएको छ। उहाँले सो निर्देशन दिए लगत्तै सशस्त्र प्रहरी बल, नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म काँकरभिट्टाले सीमा सहजीकरण समितिको बैठक बोलाएर सीमामा कडाइ गरिने बताइएको छ ।
झण्डै दुई करोड नक्कली नेपाली नोटसहित भारतीय नागरिक पक्राउ
सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी चेकजाँचको क्रममा ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
विवाहेत्तर सम्बन्धका कारण प्रमीला दमाईको हत्या : प्रहरी
काठमाडौँको एक होटलमा यही माघ २७ गते मृत अवस्थामा फेला परेकी प्रमीला दमाईको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको प्रहरीले बताएको छ ।
जनवरीमा पाकिस्तानको विप्रेषण २६.२ प्रतिशत वृद्धि : केन्द्रीय बैङ्क
सन् २०२४ जनवरीमा विदेशमा कार्यरत पाकिस्तानी कामदारहरूले पठाएको विप्रेषण अघिल्लो वर्षको तुलनामा २६.२ प्रतिशतले बढेको पाकिस्तानको केन्द्रीय बैङ्क (एसबिपी)ले सोमबार जनाएको छ ।
सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीयले लिए अमेरिकी नागरिकता
सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीय नागरिकहरूले स्थायी अमेरिकी नागरिकता लिएका छन् । यो सङ्ख्या मेक्सिकोपछि अमेरिकी नागरिकता लिनेहरूको दोस्रो ठुलो सङ्ख्या भएको अमेरिकी नागरिकता र अध्यागमन सेवा (यूएससीआईएस) द्वारा जारी गरिएको वार्षिक प्रगति रिपोर्ट २०२३ ले जनाएको छ ।